लक्ष्मीको एक्सटेन्सन धनुषा अदालतमा

हिमालय टाइम्स   POSTED ON : मंसिर ३, २०७८ (६:२७ AM)

लक्ष्मीको एक्सटेन्सन धनुषा अदालतमा

काठमाडौं । लक्ष्मी बैंकले आठौं एक्सटेन्सन काउन्टर जनकपुुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ । पछिल्लो एक्सटेन्सन काउन्टरसँगै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा एक सय ३८ शाखा, आठ एक्सटेन्सन काउन्टर, पाँच हस्पिटल सेवा काउन्टर, एक सय ६८ एटिएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको बैंकले जनाएको छ । एक्सटेन्सन काउन्टर विस्तारसँगै बैंकले ग्राहकको रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, एटिएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

Top