आइएमईका भाग्यशाली दाहाल

हिमालय टाइम्स   POSTED ON : मंसिर ३, २०७८ (६:३७ AM)

आइएमईका भाग्यशाली दाहाल

काठमाडौं । आइएमईले चाडपर्व लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफर विजेता जिवेश दाहाल बन्नुभएको छ । आइएमईले बिहीबार एक कार्यक्रमबीच दाहाललाई विजेता घोषणा गरेको हो । दाहालले दुबईबाट एक लाख ५६ हजार पाँच सय ५८ रुपैयाँ रेमिट्यान्समार्फत् पठाएकोमा कुल १२ लाख ५२ हजार चार सय ६४ रुपैयाँ प्राप्त गर्नुभएको छ ।

आइएमई गु्रपका ब्रान्ड एम्बेसडर दीपकराज गिरी र दीपाश्री निरौलाले लक्की ड्रमार्फत् विजेता घोषणा गर्नुभएको थियो । आइएमईले आठौंं साताको लक्की ड्रमार्फत् मुनाल क्षेत्रीलाई पनि पुरस्कार प्रदान गरेको छ । क्षेत्रीले कुल ८६ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । 

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको भन्दै नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि सुरु भइसकेकाले साथ दिन सबैलाई गर्नुभयो । उहाँले रेमिट्यान्स लगानीमा भन्दा पनि उपभोगमा गइरहेको भन्दै अब लगानीमा जोड दिनुपर्ने बताउनुभयो ।

Top