एकान्तकुनामा सोवा हेल्थ केयर सेन्टर

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (६:२८ AM)

एकान्तकुनामा सोवा हेल्थ केयर सेन्टर

काठमाडौं । सोवा हेल्थ केयर सेन्टर बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । ललितपुरको एकान्तकुनास्थित स्वीस एम्बेसी नजिकै सोवा हेल्थ केयर सेन्टर सञ्चालनमा आउने भएको हो । सोवाले प्याथलोजी ल्याब, अल्ट्रासाउन्ड, इको, एक्सरे, टिएमटी, पिएफटी, हल्टर, एवीपीलगायतका सेवा प्रदान गर्ने जनाएको छ ।

विशेष सेवाअन्तर्गत कस्टमेटिक, इन्डोस्कोपी र भ्याक्सिनेसनलगायतका सेवा पनि रहेको बताइएको छ । सेवा सञ्चालनको अवसरमा डिसेम्बर २५ सम्म एक महिना हरेक सेवामा २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ । सोवाले जनरल हेल्थ केयर प्याकेज, वुमेन हेल्थ केयर प्याकेज, कार्डियाक हेल्थ केयर प्याकेज, डाइबिटिज केयर प्याकेज र थाइराइड प्याकेजसहितका सेवा प्रदान गरिने जनाएको छ


Top