डेढ करोड बढीको कोरोना मृत्यु दाबी भुक्तानी

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (६:३८ AM)

डेढ करोड बढीको कोरोना मृत्यु दाबी भुक्तानी

काठमाडौं । नागरिक लगानी कोषले कोरोनाबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तान गरेको छ । कोषले सुरुवातदेखि नै कोरोनाबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले हकवालालाई जनही दुई लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । सोही क्रममा २०७८ साउन ५ सम्म कोरोनाबाट मृत्यु हुनेलाई उक्त रकम उपलब्ध गराउँदै आएको जनाएको छ । 

हालसम्म कोरोनाबाट मृत्यु भएका ८४ जनाका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट उक्त रकम प्रदान गरिएको कोषले जनाएको छ । उक्त शाखाका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोरोनाबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई दुई लाखको चेक हस्तान्तरण गर्नुभएको कोषले जनाएको छ ।

Top