ग्लोबलका ग्राहकलाई इन्टरनेट निःशुल्क

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (६:४२ AM)

ग्लोबलका ग्राहकलाई इन्टरनेट निःशुल्क

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । यस्तो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकलाई उपलब्ध हुने बताइएको छ । 

आफ्ना ग्राहकलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्‍याउने उद्देश्यका साथ आकर्षक योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । उक्त सुविधा प्रदान गर्ने उद्देश्यसाथ ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका बजार व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमका प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।

Top