सामसुङ विन्टर योजनाका २१ भाग्यशाली

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (६:४५ AM)

सामसुङ विन्टर योजनाका २१ भाग्यशाली

काठमाडौं । सामसुङ मोबाइलले ग्राहकलाई लक्षित गरेर नोभेम्बर १ देखि ३० सम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ । जुन योजनाअन्तर्गत प्रत्येक दिन तीनजना ग्राहकले पाँच ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् ।  विजेता घोषणा लक्की ड्रद्वारा गरिने योजनाको तेस्रोे लक्की ड्र मंगलबार सम्पन्न भएको छ । जुन लक्की ड्रमा नोभेम्बर १३ देखि १९ तारिखसम्मको अवधिलाई समेटिएको छ । 

योजनामा सहभागी हुन सो अवधिमा सामसुङ मोबाइल वा ट्याब खरिद गर्नुहुने ग्राहकले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनुपर्नेछ । पछिल्लो लक्की ड्रमा २१ भाग्यशाली विजेताले पाँच ग्राम सुनका सिक्का प्राप्त गरेको कम्पनीले जनाएको छ । विजेतालाई सात दिनभित्र आवश्यक कागजातसहित उपहार दाबी गर्न कम्पनीले आग्रह गरेको छ ।

Top