ओपोद्वारा फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (६:४८ AM)

ओपोद्वारा फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

काठमाडौं । ओपोले डुअल साइड्स र र्‍यापएराउन्ड डिस्प्लेसहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ । वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिस (डब्ल्युआइपिओ) मा दर्ता गरिएको प्याटेन्टमा ओपोले  दुई साइड भएका उपकरण एसेम्बल र डिस एसेम्बल गर्ने तरिकाको वर्णन गरेको छ ।

प्याटेन्टभित्र उपकरणका लागि ओपोले बनाएको सोचको रेखाचित्र र योजना सम्मिलित रहेका छन् । तथापि उपकरणको सम्भावित लुक्सबारेमा कुनै जानकारी भने दिइएको छैन । अवधारणाका निर्माता र लेट्सगो डिजिटलसँगको सहकार्यमार्फत् ओपो उपकरणको सम्भावित रूपरेखा रेन्डर गरिएको छ । जसलाई हेर्दा ओपोले अत्यन्त रोचक उपकरण प्रस्तुत गर्ने तयारी गरिरहेको देखिन्छ । 

Top