विद्यालयलाई उद्यमस्थल बनाउनुपर्नेमा जोड

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (६:५० AM)

विद्यालयलाई उद्यमस्थल बनाउनुपर्नेमा जोड

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उहाँले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुप¥यो । विद्यालय उद्योग हुनुप¥यो, एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुप¥यो ।’ समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने उहाँको भनाइ छ ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने र त्यो समाजवादको आधार बन्ने उहाँले जिकिर गर्नुभयो । अर्थमन्त्री शर्माले भन्नुभयो, ‘विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ, त्यस्तै किसिमको अरू सामुदायिक पुँजी निर्माण गर्ने समूह÷समुदाय बनाउनुपर्छ । त्यसमा व्यक्तिगत सम्पत्ति आर्जन गर्न रोकावट हुँदैन ।’ उहाँले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको भन्दै अब ठूलो/मेगा विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसो गर्दा शिक्षा क्षेत्रमा गुणात्मक प्रभाव पर्ने उहाँको दाबी छ । एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रिकृत गर्नुपर्ने उहाँले बताउनुभयो । शिक्षकका माग शिक्षा मन्त्रालयबाट पूरा हुने र कतिपय माग आगामी बजेटमा सम्बोधन गरिने उहाँले आश्वासनसमेत दिनुभयो ।

Top