नेप्से परिसूचक २१.४८ अंकले गिरावट

हिमालय टाइम्स   POSTED ON : मंसिर १३, २०७८ (६:२१ PM)

नेप्से परिसूचक २१.४८ अंकले गिरावट

काठमाडौं । आइतबार भारी अंकले गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार पनि ओरालो लागेको छ । सोमबार पनि नेप्से कारोबारमा मौद्रिक नीतिको असर देखिएको हो । 

नेप्से परिसूचक आज २१.४८ अंकले घटेर २ हजार ६२९.९८ अंकमा पुगेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको किनबेच भएको छ । नेप्सेका १३ उपसमूह मध्येका जलविद्युत र सामूहिक लगानीका कम्पनिका सूचकबाहेक सबै सूचकहरु घटेका छन् ।  

आज सबै भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएको छ । जसमा बैंकिङ समूहको १०.८९, विकास बैंक ६७.४४, फाइनान्स ३१.९२, निर्जीबन बीमा ६७.४३, माइक्रोफाइनान्स ४०.८३ र जीवन बीमा समूहको उपसूचक ११७.०४ अंकले घटेको छ । कारोबारमा भारी गिरावट आएता पनि न्यादी हाईड्रोपावर र सामालिङ पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर,आइसिएफसि फाइनान्सको शेयर मूल्य १० प्रतिशत र चन्द्रागिरि हिल्सको ५ प्रतिशतले मूल्य घटेको छ ।

 


Top