अन्तरिक्षसम्बन्धी ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुने

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (६:३२ AM)

अन्तरिक्षसम्बन्धी ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुने

काठमाडौं । अन्तरिक्ष गतिविधि र नेपाली युवाले गरेको सफलताबारेमा जानकारी दिने उद्देश्यले पहिलोपटक स्पेस टेक इनोभेसन प्रदर्शनी हुने भएको छ । युथ फर नेसनले नेपालमै पहिलोपटक मंसिर १४ र १५ गते दुईदिने प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनीमा नेपाली युवाहरूले तयार पारेको रकेट, स्याटेलाइट, अन्तरिक्षसम्बन्धी उपकरण, टुलहरू, सफ्टवेयरलगायत राखिने आयोजकले जनाएको छ । 

धुम्बाराहीको शंखपार्कमा आयोजना हुने प्रदर्शनीले नेपाली युवालाई आगामी दिनमा अन्तरिक्षबारेमा थप चासो जगाउने र सो क्षेत्रमा आकर्षित गर्ने आयोजकको अपेक्षा छ । स्पेस टेक इनोभेसन प्रदर्शनीमा नियर स्पेस, नास्ट, नेसनल एजुकेसन हब, एक्सप्लोर ग्रुप, रिकास्ट, काठमाडौं महानगरपालिका ४, साइन्स टिचर एसोसिएसन नेपाल तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ओरेल पार्क क्यान महासंघले सहआयोजन गरेका छन् ।

Top