प्रगतिनगर र डण्डामा कामनाको शाखा

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (६:३६ AM)

प्रगतिनगर र डण्डामा कामनाको शाखा

नवलपरासी । कामना सेवा विकास बैंकले नवलपरासीको सुस्तापूर्व जिल्ला देवचुली नगरपालिका १५ प्रगतिनगर तथा सुस्तापूर्व जिल्ला कावासोती नगरपालिका १६ डण्डामा एकै दिन दुई शाखा सञ्चालनमा ल्याएको छ । सुविधासम्पन्न कार्यालयद्वारा अझै सहज र छरितोरूपमा सेवा प्रदान गर्न हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरी सोमबार बैंकका अध्यक्ष सुदिप आचार्यले उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

Top