छायाँ सेन्टरमा जिई फेस्ट हुने

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (६:३९ AM)

छायाँ सेन्टरमा जिई फेस्ट हुने

काठमाडौं । बडवाइजरले जिई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आइएसएस साउन्डले गोल्डस्टारसँगको सहकार्यमा डिसेम्बर ४ मा छायाँ सेन्टर ठमेलमा जिई फेस्ट आयोजना गर्ने भएको छ । फेस्टको प्रमुख आकर्षणमा लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्ट्स रहने बताइएको छ ।

साथै अन्य कलाकारमा ओएसिस थापा, प्रवेशकुमार श्रेष्ठ, सुशान्त घिमिरे, समिर श्रेष्ठ, आकाश खड्का, सितुसित र अंकित वैद्य रहनुभएको छ । नेपाली संगीतप्रेमीमाझ चर्चित बेक्चा सोही कार्यक्रममार्फत् पहिलोपटक श्रोतासामु आउने आयोजकले जनाएको छ । इभेन्टको प्रवेश शुल्क पाँच सय तोकिएको छ । कार्यक्रममा विभिन्न उत्पादन प्रदर्शन र बिक्री स्टलसमेत रहने बताइएको छ ।


Top