महासंघ र टियुबीच सहकार्य

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (६:५६ AM)

महासंघ  र टियुबीच सहकार्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (सोमटु) ले संस्थागत सहकार्यका लागि इन्डस्ट्री अकेडेमिया मञ्च गठन गर्ने भएका छन् । 

महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्तरूपमा आइतबार महासंघ सचिवालयमा आयोजित छलफलमा दुवैबीच सहकार्यका लागि सहमति गरेका हुन् । महासंघ अध्यक्ष शेखर गोल्छाले भन्नुभयो, ‘हामी सहकार्य गर्न तयार छौँ । इन्डस्ट्री अकेडेमिया गठन गरी सहकार्य गर्ने कुरामा हाम्रो सहमति छ, वास्तवमा यो दुइटा क्षेत्र नै यस्तो क्षेत्र हो, जसको बलियो सहकार्य हुुन सक्यो भनेमात्र मुुुलुुकले देखेको समृद्धिको सपना साकार पार्न सकिन्छ ।’

अध्यक्ष गोल्छाले महासंघले साना तथा मझौला उद्योग, स्टार्टअप, मेड इन नेपाललगायतका अभियानमा विशेष जोड दिई अघि बढाएकाले दक्ष जनशक्ति विकासमा टियुबाट ठूलो सहयोग हुन सक्ने बताउनुुभयो । सो अवसरमा सोमटुुले तयार गरेको नयाँ कोर्स अफ स्टडीका बारेमा व्यापक छलफल भई त्यसमा उद्यमी व्यवसायीतर्फबाट सल्लाह सुुझावसमेत संकलन गरिएको थियो । 

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरे र विश्वविद्यालय अनुुदान आयोगका पूर्व सदस्य–सचिव एवं व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डाक्टर देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताउनुुभयो ।  

कार्यक्रममा महासंघले दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा लिडर तयार गर्ने गरी शैक्षिक कोर्स संशोधन गर्नुपर्ने सुुझाव दिएको थियो । शैक्षिक कोर्स संशोधन गर्दा शिक्षालाई व्यवहार उपयोगी बनाउने, जनशक्ति व्यवस्थापन, गुणस्तर सुधार, विदेशी केस स्टडीमा भन्दा नेपाली सन्दर्भमा केस स्टडीमा जोड, आपूर्ति शृंखलाको व्यवस्थापन, ई-कमर्सलाई उच्च प्राथमिकता, इन्भेन्टरी म्यानेजमेन्ट, नेगोसिएसन, वाणिज्य मध्यस्थता, ट्रेड डाटा एनालाइसिसलगायतका विशेषतालाई पनि समेट्नुपर्ने महासंघको सुझाव छ । 

कार्यक्रममा सहायक प्राध्यापक डा. गंगाराम विश्वकर्मा, सहायक प्राध्यापक डा. ध्रुवलाल पाण्डे, सहायक प्राध्यापक डा. जितेन्द्र डंगोलले नयाँ कोर्स अफ स्टडीका बारेमा जानकारी गराउनुभएको महासंघले जनाएको छ । 

Top