स्प्राइटका चार भाग्यशालीलाई बजाज पल्सर

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७८ (८:०८ AM)

स्प्राइटका चार भाग्यशालीलाई बजाज पल्सर

काठमाडौं । लेमन-लाइम पेयपदार्थ स्प्राइटको ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ अन्तर्गत  ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेनमा चार भाग्यशाली विजेताले बजाज पल्सर १२५ प्राप्त गरेका छन् । बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरुममा विजेतालाई मोटरसाइकल हस्तान्तरण गर्नुभयो । 

त्यसैगरी विराटनगर, चितवन र हेटौँडाका विजेतालाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बाँकी पाँच विजेतालाई ४३ इन्चको सामसुङ टिभी र दुई सय ६३ जना विजेतालाई सामसुङ मोबाइल पनि प्रदान गरिएको छ ।

बजाज पल्सर १२५ सिसी विजेता सौगात पुलामीले भन्नुभयो, ‘यो क्याम्पेनमा सहभागी लाखौंँमा छानिएर मैले बाइक जितेकोमा खुशी लागेको छ । यो मेरो पहिलो बाइक भएकाले म यसलाई अत्यन्तै सम्हालेर राख्नेछु । पुरस्कारका लागि स्प्राइट नेपाललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

Top