कृषि बैंकको २० प्रतिशत बोनस पारित

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (९:१९ AM)

कृषि बैंकको २० प्रतिशत बोनस पारित

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारणसभा बिहीबार भर्चुअल माध्यमबाट गरेको छ । देशभर दुई सय ७९ शाखामार्फत् सेवा प्रदान गर्दै आएको बैंकको साधारणसभा बैंक सञ्चालक समिति अध्यक्ष रमेशकुमार केसीको अध्यक्षता भएको बैंकले जनाएको छ । 

साधारणसभाले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभामा बैंकका व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्य रमेश दुवाडी, प्रकाशकुमार सञ्जेल, सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरागाईं, डा. इन्दिरा मास्केलगायतको सहभागिता रहेको बैैंकले जनाएको छ ।

Top