गुहृयेश्वरीको १० प्रतिशत बोनस सेयर

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (९:२० AM)

गुहृयेश्वरीको १० प्रतिशत बोनस सेयर

काठमाडौं । गुहृयेश्वरी फाइनान्सले लाभांश पारित गरेको छ । कम्पनीको बिहीबार सम्पन्न वार्षिक साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा ०.५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ९५ करोड चार लाख पुग्ने बताइएको छ । कम्पनीले देशभर २२ शाखा र दुई एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Top