एनसिसीको ८.०२ प्रतिशत लाभांश पारित

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (९:२३ AM)

एनसिसीको ८.०२ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी) को सञ्चालक समितिद्वारा प्रस्तावित ८.०२ प्रतिशत लाभांश पारित गरेको छ । बिहीबार बसेको २४औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आठ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।

साधारणसभाबाट पारित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार पुग्ने बताइएको छ । बैंकले गत आवमा एक खर्ब १० अर्ब ८० करोड निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ भने एक अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले सातवटै प्रदेशमा एक सय ३७ शाखा, १२ एक्सटेन्सन काउन्टर र एक सय १४ एटिएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Top