हिमालयन डिस्टिलरीको लाभांश पारित

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (९:२४ AM)

हिमालयन डिस्टिलरीको लाभांश पारित

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको २१औँ साधारणसभाले गत वर्षको नाफबाट प्रस्तावित शतप्रतिशत लाभांश पारित गरेको छ । बुधबार वीरगञ्जमा सम्पन्न साधारणसभाले चुक्ता पुँजी ८६ करोड ७७ लाख रुपैयाँको ७५ प्रतिशत बोनस सेयर अर्थात् ६५ करोड सात लाख र २५ प्रतिशत बराबरको २१ करोड ६९ लाख रुपैयाँ नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।


Top