सामसुङ ग्यालेक्सी एस २१ एफई ५ जी

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (९:२६ AM)

सामसुङ ग्यालेक्सी एस २१ एफई ५ जी

काठमाडौं । सामसुङले २०२२ को आफ्नो पहिलो प्रमुख ग्यालेक्सी उत्पादन एस २१ एफई ५ जी प्रस्तुत गरेको छ । ग्यालेक्सी एस २१ का प्रिमियम गुणहरूको भरपूर शक्ति भएको ग्यालेक्सी एस २१ एफई ५ जी शक्तिशाली कार्य क्षमता, प्रो-श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमतासाथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ट्रिपल क्यामेरा, ६.४ इन्चको एफएचडीका साथै अद्वितीय एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेसदर एवं शक्तिशाली प्रोसेसरयुक्त ग्यालेक्सी एस २१ एफई ५ जी ले युवा ग्राहकलाई हरेक दिन अभूतपूर्व बनाउने कम्पनीका नेपाल बिजिनेस प्रमुख प्रणयरत्न स्थापितले बताउनुभएको छ ।

पृष्ठ भागमा १२ एमपी (युडब्लु) र १२ एमपी (डब्लु) र आठ एमपी (टेली) क्यामेरा र ३२ एमपी क्षमताको अग्र क्यामेरा रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २१ एफई ५ जी ८ प्लस २५६ जिबीको मूल्य ८९ हजार नौ सय रुपैयाँ रहेको छ ।


Top