नबिल र एनबी बैंक मर्जर सम्झौता

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (९:२८ AM)

नबिल र एनबी बैंक मर्जर सम्झौता

काठमाडौं  । नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनबी) बैंक बीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै बैंकबीच बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  बिहीबार सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकले प्राप्तिसम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

सोसम्बन्धी प्रक्रियाका लागि नबिल बैंकतर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहनुभएको थियो भने एनबी बैंकतर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्रबहादुर थापा, सञ्चालक अमन शाह र सदस्य-सचिवमा नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर÷एक्विजिसन कमिटी बनेको थियो । 

सम्झौताअनुसार एनबी बैंकको सय कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर कायम हुनेछ ।  सम्झौतापत्रमा नबिलतर्फबाट कृष्ण उपाध्याय र एनबी बैंकतर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको दुवै संस्थाद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्राप्तिपछि बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२ खर्ब पाँच करोड, कर्जा तीन खर्ब, निक्षेप रकम तीन खर्ब १४ खर्ब हुने बताइएको छ । गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ३० अर्बभन्दा माथि, शाखा सञ्जाल दुई सय ३५ र ग्राहक संख्या १६ लाखभन्दा माथि रहने बताइएको छ  ।

Top