‘म’ र ‘मामा’ को त्यो मधु मुस्कान

– वीरभद्र आचार्य

आजको प्रभातकालीन हिँडाइ पशुपति आर्यघाट हुँदै मिर्गस्थलीसम्मको थियो । चिताहरूमा आगो दन्किरहेको थियो, लास जलिरहेको हर्दै हिँडिरहेको थिएँ । मिर्गस्थली उक्लने भर्‍याङ चढ्ने क्रममा मामाको मुसुक्क हाँसेको तस्वीर पटक पटक मनमा आइरहृयो । आज मामाको देहावसान भएको ७ महिना लाग्यो । मलाई आशीर्वाद दिँदा कसरी मुसुक्क हाँस्नुहुन्थ्यो सम्झिरहेँ । कति मिठो थियो त्यो मुस्कान । अनि मामाको चालचलन बोली, विचार आदि सम्झँदै गएँ । कति शालीन र सौम्य थियो । शरीरमा त्यति शक्ति थिएन तर मुहारमा जहिले पनि तेज र तत्परता झल्किरहेको हुन्थ्यो । अब मामा मेरो सम्झनामा मात्र हुनुहुन्छ । मैले आर्यघाटमा मामाको शरीर जलाएर आएको दिन सम्झेँ ।

त्यहाँदेखि नै मेरो मस्तिष्कमा शरीर ‘म’ होइन भन्ने स्पष्टता आइसकेको थियो । मामाको पार्थिव शरीर जलाइयो । शरीर मामा हुँदो हो त चितामा राखेर डढाउनु जघन्य अपराध हुने थियो होला । तर पनि सम्झनामा त त्यो भौतिक शरीरको मुस्कान नै भयो । यस्तै विचार गर्दै थिएँ, फेरि पुरानै विचार तरङ्गित हुन पुग्यो । शरीर त जड हो, जो एक यन्त्र समान छ । शरीरलाई कुनै ऊर्जाले सञ्चालित गरिरहेको छ । जो चेतन छ । मामाको शरीर जड थियो मृत्युपर्यन्त पञ्चमहाभूतमा मिल्न पुग्यो । सोचेँ शरीर मामा नभए मैले कसलाई मामा भनेर जानको रहेछु त ? अनि फेरि मामाको त्यस निर्दोष अनुहारको मधु मुस्कान सम्झनामा आयो ।

शरीर चलाउने त आत्मा अर्थात् ‘म’ ले नै हो, मनलाई पनि चलाउने आत्मा त हो नि । फेरि अर्को विचार आत्मा त साक्षी भावमा मात्र बसेको हुन्छ । तटस्थ छ । सुखदुःख, जन्ममृत्युको अनुभव नै गर्दैन, जो शाश्वत छ ।

शरीर जड हो भने त्यो अनुहारमा हाँसो कहाँबाट आयो त ? सोचेँ मनले आदेश दियो ओठका दुई तरेलीहरू मुस्कानमा प्रतिबिम्बित भयो । विचार गर्दै गएँ मन आफैँमा जड हो । यो स्वतःस्फूर्त होइन । त्यसो भए फेरि मनलाई कसले चलायो त ? त्यस ओठको पछाडि कुन तत्व छ, जसको आदेशमा ओठमा मुस्कान प्रस्फुटन भएको छ ? सिधा सिधा विचार गरेँ सबै शरीर चलाउने त आत्मा अर्थात् ‘म’ ले नै हो, मनलाई पनि चलाउने आत्मा त हो नि । एकपछि अर्को विचार तरङ्गित भयो, होइन होइन, आत्मा त साक्षी भावमा मात्र बसेको हुन्छ । तटस्थ छ । उसलाई हाँसोको पनि मूल्य छैन, रोदनको पनि मूल्य छैन । सुखदुःख, जन्ममृत्युको अनुभव नै गर्दैन, जो शाश्वत छ ।

अलमल्लमा परेँ, त्यसो भए को हाँस्यो त ? शरीर जड छ, आत्मा साक्षी मात्र छ भन को हाँसेको हो ? अर्थात् ‘म’ र मनका बीचमा के छ त जसले यो प्रपञ्च रचिरहेको छ ? शास्त्रले ठोकुवा गरेको कुरो याद आयो, अविद्या । मेरा आत्मालाई अविद्याले छोपेको छ । प्रश्न गरेँ, त्यसो भए अविद्या के हो ? शास्त्रोक्त जवाफ फर्काएँ, व्यक्तिमा विद्यमान अविद्या ‘माया’ को व्यष्टि रूप हो । ब्रहृम र जगत्का बीचमा मायाको पर्दा छ । त्यस्तै मन र आत्माका बीच अविद्याको जालो छ । त्यसो भए के मेरा मामाको मुस्कान मायाको खेल थियो त ? सोचेँ, हो ¤ मनमा उत्पन्न हुने जति पनि भाव र आवेगहरू छन् ती सबै अविद्याबाट उत्पन्न भएका छन् र हाम्रो भौतिक शरीर मायाको बसमा छ । विद्या भन्नु ज्ञान हो भन्छन् ।

शास्त्रले आत्मालाई नै ज्ञानस्वरूप मानेको छ । तर, पनि जाग्रत् अवस्थामा हाम्रा अगाडि त माया मात्र छ । सोचेँ, त्यसो भए ब्रहृम र माया एकै सिक्काका दुई पाटा हुनुपर्छ । अर्थात् ज्ञान र अज्ञान वा विद्या र अविद्या, अर्को शब्दमा आत्मा र भौतिक शरीरमा एकत्व छ र आत्माकै विक्षेदित रूप ‘अविद्या’, मन, बुद्धि, चित्त, अहंकारमा बाँडिएको छ । भन्नुको अर्थ आत्मामा पुग्न मायाको पर्दा हटाउनुपर्‍यो । त्यो कसरी त ? सोच्दै गएँ, मायाको जालोबाट पार पाउन सर्वप्रथम मनलाई अधीनमा राख्न सक्नुपर्‍यो । मन नै त्यस्तो सेतु हो जसले जीवलाई बाहृयजगत्बाट अन्तरजगत्सम्म लैजान सक्छ । जबसम्म मन इन्द्रियको बसमा हुन्छ, बहिर्मुखी हुन्छ ।

इन्द्रियको लगाम घोडाजस्तो छ । विषय भोगमा लिप्त रहन्छ । जहाँ विषयका वस्तुहरू पायो उतै लर्कन्छ । तसर्थ मनलाई इन्द्रियको बसमा रहन दिनुभएन । मनमा विषयभोगको चाहना पैदा भएपछि पाप कर्ममा पनि डोहोर्‍याउँन सक्छ भने त्यसको उल्टो अध्यात्ममा पनि उत्प्रेरित गर्न सक्छ । तसर्थ मनलाई इन्द्रियजन्य कर्ममा फस्न नदिनका लागि घोडालाई लगाम लगाएजस्तै मनले इन्द्रियहरूलाई लगाम दिन सक्नुप¥यो । यसका लागि इन्द्रियलाई मनमा भएको आत्मिक शक्ति प्रयोग गरेर अन्तर्मुखी बनाउनुप¥यो । सोच्दै गएँ, मन कसको अधीन छ त ? मनलाई बुद्धिले मात्र अधीनमा राख्न सक्छ । मन विषयभोगमा रुमल्लिरहेको हुन्छ भने बुद्धिले मात्र यो सही यो गलत भन्ने निश्चय गर्न सक्छ र मनलाई विषयभोगबाट फर्काएर अन्तरमुखी बनाउन सक्छ ।

तर, मन त बलवान् छ, यसले बुद्धिलाई बेवास्ता पनि गर्न सक्छ । तसर्थ मनलाई बुद्धिको प्रयोगले बिस्तारै तालिम दिएर अन्तरमुखी बनाउनुप¥यो । सोचेँ, कठिन छ तर माउतेले हात्तीलाई बसमा लिएजस्तै, बुद्धिको प्रयोग विवेकशील तरिकाबाट हुँदै गयो भने मनलाई शान्त पार्न त्यति कठिन त हुँदैन होला भन्ने लाग्यो । बुद्धिको प्रयोग गरेर मनलाई त शान्त परियो तर चित्त शुद्धि नभईकन आत्मतत्वको ज्ञान हुन मुस्किल छ भन्छन् । चित्तमा पूर्वजन्मदेखि लिएर यस जन्मसम्मको संस्कार विद्यमान हुन्छ रे । यो संस्कारजन्य कुराहरूलाई निमिट्यान्न नपारेसम्म चित्त वृत्तिको कारण मैले सुख र दुःखको अनुभव गरि नै रहेको हुन्छु । अथवा भावना र आवेगको बसमा नै हुन्छु । जसको लागि चित्त शुद्धि आवश्यक हुन जान्छ ।

जबसम्म म मेरो देहको, आफन्तजन र जगत्प्रतिको मोहको यो जन्जालबाट उम्कन सक्दिन तबसम्म म यो अविद्याको जालो अर्थात् काम, क्रोध, लोभ, मोह, इष्र्या आदिमा नै फसिरहेको हुन्छु, तसर्थ मैले वैराग्य प्राप्तिका लागि देह, परिवारजन र भौतिक जगत्प्रतिको मोहलाई त्याग्न सक्नुपर्छ ।

शास्त्र भन्छ, विवेकको सही प्रयोगबाट चित्त शुद्ध हुँदै जान्छ । निष्काम कर्म र इन्द्रिय निग्रहबाट जब मन अन्तर्मुखी हुन्छ र चित्तको पनि शुद्धि हुँदै जान्छ । यो कसरी हुन सक्छ त ? यसका लागि वैराग्य परम आवश्यक स्थिति रहेछ । वैराग्य भन्नाले भौतिक जगत्को अर्थात् अनात्मको आकर्षणमा नफसेर आत्मचिन्तनमा लीन हुनु हो । यहाँ शङ्कराचार्यको मत अनुसार सम (निरन्तर ब्रहृममा ध्यान लगाएर बस्ने), दम (इन्द्रिय निग्रह अर्थात् आत्मसंयम गर्ने), उपरती (मनलाई बाहृय विषयबाट प्रभावित हुन नदिने) तितीक्षा (सहनशीलताको विकास गर्ने), श्रद्धा (शास्त्रको अक्षरशः ज्ञानमा निश्चयात्मकता राख्ने) अनि समाधान (ब्रहृममा चित्त अड्याएर राख्ने) आत्मतत्वमा पुग्नका लागि खुड्किलाहरू हुन् ।

यी खुड्किला पार गर्नु भनेको नै वैराग्य धारण गर्नु हो । भन्नुको अर्थ मैले मायाको जालो काटेर बोधमा पुग्नका लागि वैराग्य धारण अत्यन्त आवश्यक देखेँ । फेरि आफैँलाई प्रश्न गरेँ, वैराग्य प्राप्तिका लागि मैले आफ्नो तहमा के गर्नुपर्छ त ? भौतिक वस्तु, म र मेरो, काम, क्रोध, लोभ, मोह र इष्र्याभन्दा माथि उठ्नुपर्‍यो । यहाँ आएर फेरि एक पटक त्यागको महत्वपूर्ण भूमिका देखेँ । जबसम्म म मेरो देहको, आफन्तजन र जगत्प्रतिको मोहको यो जन्जालबाट उम्कन सक्दिन तबसम्म म यो अविद्याको जालो अर्थात् काम, क्रोध, लोभ, मोह, इष्र्या आदिमा नै फसिरहेको हुन्छु, तसर्थ मैले वैराग्य प्राप्तिका लागि देह, परिवारजन र भौतिक जगत्प्रतिको मोहलाई त्याग्न सक्नुपर्छ ।

यस्तै तर्क गर्दै थिएँ, एक गुरुले भेनको कथा याद आयो, ‘तिमीले एउटा गिट्टीलाई एक महिनासम्म सँगै राख्यौ भने एक महिनापछि त्यो गिट्टी फाल्न हिचकिचाउँछौ । अर्थात् त्यस गिट्टीप्रति तिम्रो आशक्ति बढिसकेको हुन्छ ।’ त्यो कुरो खुबै घत लागेको थियो र आजको सन्दर्भमा यस तर्कलाई अझै अगाडि बढाउन खोजेँ । जुन देह जन्मदेखि हामीले लिएर आएका छौँ त्यस देहप्रतिको मोह त झन् प्रगाढ हुने नै भयो ।

त्यसो भए के त देहप्रतिको मोह त्याग्न सकिन्छ त ? सकिन्छ, तर अभ्यासको जरुरी छ, त्यागको र वैराग्यको सहारा लिएर । वैराग्यद्वारा नै बोधको परम स्थितिमा पुगिन्छ । यस प्रकार शास्त्रोक्तसिद्ध तर्क गर्दै जाँदा मामाको त्यो मुस्कानलाई सही अर्थमा जान्नु भनेकै मायाको जालोलाई चिरेर परम तत्वसम्म पुग्नु रहेछ । अर्थात् म ‘म’ सम्म पुग्नु रहेछ । जीवले आत्मालाई जान्नु रहेछ । ॐ विशुद्धाय नमः ।

…तैपनि किन आक्रामक देखिन्छन् नेताहरू ?

‘मर्दहरू इतिहास बनाएर जान्छन्, नामर्दहरू इतिहास भजाएर खान्छन्’ यो अरू कसैको भनाइ हो । मैले यसपूर्व पनि मेरा लेखहरूमा यो घतलाग्दो वाक्यको प्रयोग गरेको छु । नेपालको हकमा यो वाक्य धेरै व्यक्तिहरूमा चरितार्थ हुँदै गइरहेजस्तो लाग्छ । कुनै कालखण्डमा लगाएको बालीबाट जीवनभर आयस्ता लिइरहन चाहने समुदाय नेपालमा धेरै देखियो । मैले यसो गरेको थिएँ, मैले उसो गरेको थिएँ भनेर आफ्नो योगदानलाई निरन्तर भजाइरहन चाहने वर्गकै पोल्टामा नेपालको राजनीति परिरहेको छ । हाम्रा क्रान्तिकारी नेताहरू सधैंभरि आफ्नो इतिहासलाई अगाडि राखेर सधैं आक्रामक शैलीमा जनता सामु प्रकट भइरहेका देखिन्छन् । मानिसको योग्यतामापन गर्ने आधार के होला ? सायद आफ्नो योग्यताको सामथ्र्यले अरूको योग्यताको मापन गरिन्छ । सामुन्नेमा भएको मानिसको योग्यता हेरेर कसैको योग्यताको मापन हुन्छ । आफ्नो सामु उभिएको मानिसको भन्दा भिन्न विचार राख्न सकेको अवस्थामा वा उसले जानेका विषयभन्दा फरक विषयमा कुरा गर्ने हो भने सायद मानिस जान्ने हुनसक्छ । अर्को आधार उसैले जानेको कुराका आधारमा पनि मानिस योग्य हुन सक्छ ।

नेता छ सामाजिक सेवा गर्नुको सट्टा ठेकेदारी गर्छ, दलाली गर्छ । डन बन्छ र जनतालाई अधीनमा राख्न चाहन्छ । डाक्टर छ, डाक्टरभन्दा बढी समाजसेवी हुँ भन्छ । प्राध्यापक छ प्राध्यापनभन्दा बढी राजनीति गर्छ, विश्लेषक हुँ भन्छ, विज्ञ हुँ भन्छ तर विज्ञता प्रदर्शन गर्ने ठाउँमा उसको निर्णायक उपस्थिति हुँदैन । मास्टर छ पढाउनेभन्दा बढी अरू नै काम गर्छ ।

मभन्दा अग्लो मानिसको योग्यता सायद मैले मापन गर्न सक्दिन । जब अयोग्यले योग्यता नाप्न थाल्छ बेथिति पनि त्यहीँबाट प्रारम्भ हुन्छ । अरू माथि औँला उठाउन जस्तो सजिलो आफू बन्न हुँदैन । साहित्यशास्त्रमा नवरसको कुरा गरिएको छ । भक्तिमार्गीहरूले भक्तिरस पनि थपेर रसको संख्या दश हुने कुरा गरेका छन् । जतिवटा रस हुन्छन् त्यति नै वटा भाव हुन्छन् । मानिसभित्र माथि भनिएका सबै प्रकारका भाव विद्यमान रहन्छन् । जुन भावको अवस्था सिर्जना हुन्छ त्यही भाव रसरूपमा प्रकट हुन्छ भनिएको छ । अरू प्राणीमा पनि ती भावहरू अवश्य हुँदा हुन् तर सबै प्राणीमा प्रकट हुने भावका बारेमा हामीलाई थाहा नभए पनि मानिसमा हुने विभिन्न भावका बारेमा हामीलाई जानकारी हुन्छ । मानिसमा विद्यमान ती भावको आधार मानिस नै हो । यसरी हेर्दा मानिस धेरै प्रकारको भएको देखियो । शृङ्गार, हास्य, करुण, वीर, रौद्र, बीभत्स, भयानक आदि धेरै प्रकारका भाव प्रकट गर्ने मानिस कति प्रकारको हुन्छ होला ? सायद यो पनि रहस्यकै कुरा भयो ।

यसभन्दा पहिले मानिसले देखाउने भित्री-बाहिरी चरित्र र उसका विभिन्न अवस्था, रूप र क्षमताका कारेमा कुरा गर्ने गरकै हुँ । मानिसले गर्न सक्ने कामको सूची तयार गर्ने हो भने लामै हुन सक्छ । मानिसले गर्ने कामका आधारमा मानिसमा उपाधिहरू चढ्दै जान्छन् । जस्तै जागिरे मानिस, बेरोजगार मानिस । जागिरमा पनि विभिन्न क्षेत्र र तहका मानिस । मानव अधिकारवादी, सामाजिक अभियन्ता, राजनीतिक नेता आदि । यतिमात्रै भएर पनि पुग्दैन एउटै मानिस धेरै प्रकारका भूमिकामा आउन थाल्छ । नेता छ सामाजिक सेवा गर्नुको सट्टा ठेकेदारी गर्छ, दलाली गर्छ । डन बन्छ र जनतालाई अधीनमा राख्न चाहन्छ । डाक्टर छ, डाक्टरभन्दा बढी समाजसेवी हुँ भन्छ । प्राध्यापक छ प्राध्यापनभन्दा बढी राजनीति गर्छ, विश्लेषक हुँ भन्छ, विज्ञ हुँ भन्छ तर विज्ञता प्रदर्शन गर्ने ठाउँमा उसको निर्णायक उपस्थिति हुँदैन ।

मास्टर छ पढाउनेभन्दा बढी अरू नै काम गर्छ । कर्मचारी छ ऐन, नियम, कानुन र कार्यालयको पदीय कामभन्दा बढी अन्य निकायको काम गर्छ । कवि छ कविताभन्दा बढी राजनीति लेख्छ र साहित्यकार बस्ने ठाउँ खोज्न थाल्छ । पत्रकार हुँ भन्छ समाचार लेखेरभन्दा बढी नलेखेबापत पैसा कमाउने मेसो खोज्छ । एवम् क्रमले नेपालमा त आफू जुन विषयको विज्ञ हुनुपर्ने हो त्योभन्दा अरू नै विषयको विज्ञ बन्न थाल्छ । आफ्नो क्षेत्रमा आफ्नो सुरक्षा देख्दैन र अर्कै क्षेत्रतर्फ लालायित हुन्छ । यहाँ कसैलाई पनि आफ्नो पेसा फापेको दखिँदैन । आफ्नो पेसामा कोही पनि सफल छैन बरु अरूकै पेसामा ऊ सफल भएको ठान्छ । यद्यपि यी कुरा सबैमा लागु हुँदैनन् तर आजका मानिसको प्रवृत्ति यस्तै प्रकारको देखिन्छ । यसरी हेर्दा मानिसभित्र कति क्षमता छ भनेर कसैले मापन गर्न सक्ने अवस्था नै छैन । समाजसेवा त हाम्रो देशको सबैभन्दा बढी फस्टाएको क्षेत्र हो जहाँ हरेक क्षेत्रका मानिसहरू आएर सफल भएका छन् । सफल यस मानेमा छन् कि समाजसेवाको नाममा सबैभन्दा बढी अनियमितता भएको छ । बढी भ्रष्टाचार भएको छ । समाजसेवीको त कुनै योग्यता नै हुनुपर्दो रहेनछ । नामजस्तै काम गरेर बस्न यहाँ कसैलाई मान्य छैन ।

आज यस्तै पेचिलो कुराले जिज्ञासा जन्माएको हो । नेपाली राजनीतिमा सबै प्रकारका अभ्यास भइरहेका छन् । के गर्दा के हुन्छ ? भन्ने विषयमा समीकरण र ध्रुवीकरणका प्रायः सबै अभ्यास भइसकेका छन् । कुन पार्टी कुन पार्टी मिल्दा के हुन्छ ? भन्ने परिणाम जनताका सामु आई नै सकेको छ । अब कुनै पार्टी हाम्रो पार्टी वा व्यक्तिले म फलानो पदमा पुगेँभने यसो गरिनेछ भन्ने कुनै विकल्प बाँकी रहेको छैन । कुनै पार्टीभित्रका व्यक्तिहरू परीक्षण हुन बाँकीजस्ता लागेका बाहेक अरू सबै परीक्षण भइसकेपछि मात्र नेपाली जनतामा यति सारो निराशा बढेको हो । जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ भएपछिको प्रतिक्रिया ठाउँठाउँमा हुँदै आएको छ । जस्तातस्ता पार्टी वा व्यक्तिका गफका खेती त्यसै हलक्क सप्रेजस्ता लागेकोलाई आहा ! अब त हाम्रा दिन आएछन् भनेर भ्रमित हुने परिस्थितिको पनि ढिलोचाँडो अन्त्य हुन्छ । अनि दाउ थाप्ने ठाउँ खोज्न कहाँ जाने होला ? फेरि आश गर्ने ठाउँ र आश्वासन लिने ठाउँ यही थलो हो । त्यसैले अझैसम्म नेताको खेती सुकिहालेकै छैन । धेरै खाले अनुभवहरू जनताले पनि गरिसकेका छन् । कुन नेता आएर के बोल्छ ? कुन नेता आएर के भनेर जाला भन्ने अनुमान पनि जनताले गरिसकेका हुन्छन् ।

छि ! कस्तो दिगमिगै लाग्ने भइसकेको छ राजनीति ? अब त नेता देखे पनि दिक्क लाग्न थालेको छ । साँझ अमुक पार्टी सत्तामा छ बिहान उठ्दा समीकरण फेरिएको छ । अर्को पार्टी सत्ताधारी हुँदैछ । नेताले अचम्म लाग्दो मन्तव्य दिन्छ । जनतालाई के ठान्दा हुन् यिनले ? जस्ता कुरा गर्न पनि सङ्कोच नमान्ने नेता र नेतृत्वका बेसुरा बयान सुन्न जनता बाध्य छन् । अझ अचम्म त कतिसम्म भने आफू नै त्यो विषयको आधिकारिक विज्ञ हो । मैले जे भन्दैछु खासमा भएको र हुनुपर्ने कुरा नै त्यही हो भनेर आफ्नो विज्ञताको दाबी पेश गर्न कुनै नेतालाई लाज लागेको छैन । अनि चर्कोचर्को स्वरमा आफू योग्य भएको दलिल प्रस्तुत गरेर मख्ख पर्ने नेतृत्वको धुत्र्याइँको पनि पराकाष्ठा भइसकेको छ । यसै महलमा केही आशालाग्दा नेताहरू पनि बाँकी छन् जस्तो लागेर आश गर्ने जमातले यदाकदा गरिदिने सकारात्मक व्याख्याले कसैकसैलाई थेगिराखेको छ । खासगरी नेतृत्व पङ्तिमा रहेका धेरै नेताहरूप्रति पटक्कै भरोसा छैन अब उनीहरूले कुनै भ्रम नपाले पनि हुन्छ । दोस्रो पङ्तिमा रहेका केही युवाहरूबाट अझै पनि विश्वास हट्न सकेको छैन ।

मौका पाए केही गर्छन् कि भन्ने झिनो आशा बाँकी रहेका छन् । हो तिनी नेताहहरूमा यही क्रान्तिकारिताको समस्या देखापर्दैछ । चर्को बोलेर, अरूलाई गाली गरेर वा सस्तो लोकप्रियता देखाएर अबको राजनीति चल्दैन । कमसेकम ती नेताहरू यसरी क्रन्तिकारी हुने नाउँमा न पात्तिए हुन्थ्यो । तिनीहरूले त कम्तीमा शालीन मुद्रामा कुरा गरिदिए हुन्थ्यो । तिनी त आक्रामक नभइदिए हुन्थ्यो ।

नेपाली राजनीतिमा सक्रिय रहेका केही नेताहरू जसको बोली बिक्ने गरेको छ वा जसले सार्वजनिक सभासमारोह वा अन्तर्वार्तामा वा आफ्ना विचार राख्न रहर गरेर उपस्थित हुन्छन् तिनका हाउभाउ र अभिव्यक्तिका बारेमा केही कुरा भन्न मन लागेको छ । नेपाली राजनीतिको हविगत सबैले देखेकै छन् । अब नेताका कुरा सुन्न मानिस त्यति इच्छुक छैन तैपनि नेताका कुरा सुन्न नागरिक बाध्य जस्तै छ । विश्वास गुमाउँदै गएका नेपाली नेताहरू तैपनि आफ्नो विचार शाश्वत हो भनेझैँ गरेर सभासमारोहमा बोल्न भने कत्ति हिचकिचाउँदैनन् । सभामा यसरी कुर्लिरहेका हुन्छन् कि मानौं हामीहरू राजनीतिका मसिहाहरू नै हौं । अनि बोल्दा लाग्छ उनीहरू अत्यन्त आक्रामक, उत्तेजक अनि क्रान्तिकारीहरू हुन् । देश जनताको निम्ति माखो मार्नु छैन तैपनि यस्तो आक्रामक मुद्रा किन ? जब कि जनताको धारणा छ यिनीहरूकै बेइमानी, अकर्मण्यता र स्वार्थलोलुपताले गर्दा देश रसातलतिर धकेलिइरहेको छ । यसमा यो वा त्यो भन्ने नै छैन । प्रधानमन्त्री कुनै समारोहमा जान्छन् र अत्यन्त क्रोधित मुद्रामा प्रतिपक्षलाई गाली गर्न थाल्छन् । आफ्नो नेतृत्वको प्रशंसा गर्न थाल्छन् । आफूले काम गर्न नसक्नुमा आफूबाहेक अरू सबै दोषी भएको निष्कर्ष निकाल्छन् र भन्छन् मलाई अवरोध गर्नेलाई लात्ताले हिर्काउँदै अघि बढ्न चाहन्छु ।

प्रधानमन्त्रीको पदलाई कत्ति शोभा नदिने यस्ता अभिव्यक्तिलाई उनले क्रान्तिकारी विचार ठान्छन् । अर्को सत्ताधारी पार्टीका नेता जान्छन् र आफूबाहेकका अरू सबै पार्टीका नेता र कार्यकर्तालाई भित्तामा पुग्ने गरी कटाक्ष गर्छन्, प्रहसनको मुद्रामा गैरजिम्मेवार कुरा गर्छन् अनि आफू अकबरी सुन भएको दाबी गरेर निस्कन्छन् । प्रतिपक्षी दलका नेता कुनै समारोहमा जान्छन् र सत्तापक्षलाई त्यसरी नै आक्रमण गर्दछन् आफू नै यो मुलुकको जिम्मेवार पार्टी भएको फुइँ हाकेर बाहिरिन्छन् । देशको अवस्था र उनीहरूको योगदानलाई हेर्दा लाग्छ न त प्रधानमन्त्रीले त्यस्तो हैसियत राख्न सकेका छन् न अन्य सत्ताधारी पार्टी वा प्रतिपक्षीले नै आफ्ना भूमिका राम्ररी निर्वाह गर्न सकेको छ ।

हाम्रा विचारमा नेता हुनु क्रान्तिकारीजस्तो देखिनुमात्रै हो जस्तो लाग्दैन । यस क्रममा केही आशा लाग्दा नेताहरू पनि छन् जसबाट जनताले अझै भरोसा मेटेको छैन । ती सबै पार्टीभित्र केही वैचारिक नेतृत्वका पक्षमा कुरा गर्छन् र मौका पाए केही गर्छन् कि भन्ने झिनो आशा बाँकी रहेका छन् । हो तिनी नेताहहरूमा यही क्रान्तिकारिताको समस्या देखापर्दैछ । चर्को बोलेर, अरूलाई गाली गरेर वा सस्तो लोकप्रियता देखाएर अबको राजनीति चल्दैन । कमसेकम ती नेताहरू यसरी क्रन्तिकारी हुने नाउँमा न पात्तिए हुन्थ्यो । तिनीहरूले त कम्तीमा शालीन मुद्रामा कुरा गरिदिए हुन्थ्यो । तिनी त आक्रामक नभइदिए हुन्थ्यो । तिनले जनताको भावना बुझिदिए हुन्थ्यो भन्ने हाम्रो अभिलाषा रहेको छ ।

क्रिपया आशालाग्दा नेताहरू जनताको मनोभावना बुझिदिने कष्ट गर्नुहोस् । आक्रामक भएर होइन सभ्य र शालीन भएर देशका समस्याको दिगो समाधान खोज्नुहोस् । मैले यसो भनिरहँदा प्रिय नेता गगनलाई अलि बढी सम्झिएको छु । उनी कुनै सभामा वा कतै संवार्तामा गएको बेला अलि बढी उत्तेजक भएर घरिघरि आक्रामक नै भएर जबाफ दिइरहेका हुन्छन् । गगनको राजनीतिक पृष्ठभूमि बुझेका, उनको स्वभाव थाहा पाएकाहरूलाई त ठीकै होला तर आमनागरिकलाई उनी बोल्दा रिसाएका हुन् कि जस्ता लाग्छन् । नेतृत्वको त्यो उचाइमा पुगेका वा त्यसभन्दा पनि माथिको उचाइमा पुग्न इच्छुक नेतामा सरलताको अपेक्षा बढी गरिन्छ । र आफैंलाई पनि हरेक अवस्थामा खरो भइरहन उचित हुँदैन । निश्चय मुलुकको अवस्था र परिस्थितिले सहज रहिरहन दिएको छैन तापनि गगनजत्तिको वैचारिक नेता संयमित हुनुपर्छ । साथै म आज यो देशका विश्वप्रकाश, प्रदीप, चन्द्र, योगेश, गोकर्ण, रामकुमारी, ठाकुर, हिमाल आदि दर्जनौं आशा लाग्दा नेताहरूको अनुहार र तिनीहरूका विचारलाई सम्झिरहेको छु । आगे तपाइँहरूकै मर्जी ।

मुकुन्द पौडेलको ‘मन मूर्छना’

मन मूर्छना मुकुन्द पौडेलको नवीनतम पुस्तक हो । यो पुस्तक हालैमात्र सार्वजनिक भएको छ । यो मुक्तकसङ्ग्रह हो । पौडेल मुक्तकमै रमाउँदै आउनुभएको स्रष्टा हुनुहुन्छ । यसअघि पनि उहाँका केही मुक्तकसङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । यस पुस्तकको प्रकाशक आवरण प्रकाशक रहको छ भने यसको सर्वाधिकार मुक्तककारमै रहेको छ । भूमिका खण्डमा १६ र पाठ्यखण्डमा ११६ गरी १३२ पृष्ठको पुस्तकको मूल्य ३०० रुपैयाँ छ । पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । डिएमआई साइजको आवरण प्रसिद्ध कलाकार रमेश पौडेलले तयार पार्नुभएको छ । आवरण आकर्षक छ ।

प्रकृति चित्रण, सामाजिकता, व्यङ्ग्य, विद्रोह, विकृति र विसङ्गतिको उजागर, राजनीतिप्रतिको वितृष्णा, प्रेम र प्रणय, राष्ट्र र राष्ट्रियताजस्ता कुरालाई विषय बनाएर यस पुस्तकका मुक्तहरू लेखिएका छन् । मुक्तक सरल र मीठासपूर्ण पनि छन् ।

अमूर्त कलामा तयार पारिएको यस आवरणमा एकजना स्त्रीको अमूर्त चित्र छ । माथि मुक्तककार पौडेलको नाम छ । सँगै ठूला अक्षरमा पुस्तकको शीर्षक ‘मन मूर्छना’ दिइएको छ । पृष्ठ आवरणमा मुक्तककारको फोटोसहितको सानो चिनारी दिइएको छ । जसनुसार पौडेलको जन्म रिस्ती बाहुनपोखरा तनहुँमा भएको र पछि रत्ननगर १३ चितौनमा बसाइँ सरेर बस्नुभएको भए पनि हाल जरङ्कु, काठमाडौंमा बस्तै आउनुभएको उल्लेख भएको छ । उहाँका मझधार कवितासङ्ग्रह, मनसिन्धु, मनशिला र मन मूर्छना गरी तीन मुक्तकसङ्ग्रह प्रकाशित भएको जनाइएको छ ।

बीचमा यसै पुस्तकको भूमिका खण्डबाट उद्धृत गरिएको गोविन्दराज विनोदी र रामबाबु घिमिरेका भनाइहरू राख्नुका साथै तल लोगोसहित प्रकाशक संस्था आवरण प्रकाशनको नाम उल्लेख गरिएको छ । यस पुस्तकको लेआउट आवरण डेस्कटपबाट तयार भएको जनाइएको छ । पुस्तक सिद्धकाली अपसेट प्रेस प्रा.लि.पुतली सडक काठमाडौंमा मुद्रण भएको जानकारी पाइन्छ ।

पुस्तकको भूमिका खण्डको सुरुमा कविका पिता-मातामा एउटा मुक्तकद्वारा समर्पण व्यक्त गरिएको छ । केशवराज आमोदीको यस पुस्तकसम्बन्धी ‘मन मूर्छनाको मृदुल मोहमा मुकुन्दको मुक्तकीय मोह’ शीर्षकको लामो भूमिका छ । त्यसपछि मुक्तककार पौडेलको ‘मेरो मन मूर्छना’ लेखकीय विचार व्यक्त भएको छ । यो मुक्तकको पुस्तक भएका कारण यसमा विषयसूची र विभिन्न शीर्षक उपशीर्षक दिइरहनु नपर्ने भएकाले यति भूमिका पछि मुक्तकहरू सुरु हुन्छन् । पुस्तकमा ३४८ वटा मुक्तक सङ्गृहीत छन् ।

मुक्तक साहित्यको एउटा लोकप्रिय विधा हो । छोटो समयमा लेख्न र पढ्न सकिने भएकाले पनि सबैले मन पराएका हुन् । यतिमात्र होइन छोटो र छिटोमा भाव संप्रेषण गर्न वा भाव ग्रहण गर्न सकिने भएका कारण वर्तमान समयमा बढी रुचाइएको छ । चार हरफमा लेखिने मुक्तकको पहिलो दोस्रो र चौथो पाउमा अनुप्रास हुन्छ । तेस्रो पाउ अनुप्रासविहीन बनाइनाले यो मीठासपूर्ण बन्न जाने गर्छ । मुकुन्द पौडेलका यस सङ्ग्रहका मुक्तकहरू विविध विषयलाई समेटेर लेखिएका छन् ।

प्रकृति चित्रण, सामाजिकता, व्यङ्ग्य, विद्रोह, विकृति र विसङ्गतिको उजागर, राजनीतिप्रतिको वितृष्णा, प्रेम र प्रणय, राष्ट्र र राष्ट्रियताजस्ता कुरालाई विषय बनाएर यस पुस्तकका मुक्त लेखिएका छन् । मुक्तक सरल र मीठासपूर्ण पनि छन् । पौडेललाई उहाँको नवीनतम कृतिका लागि बधाई तथा पुस्तकको सफलताको शुभकामना । उहाँका यस्ता अन्य पुस्तकहरू आइरहून् अग्रिम शुभकामना ।

‘चोभार ब्लुज’ भित्रका विक्रमभक्त जोशी

✍️ खेमनाथ दाहाल
१ पृष्ठभूमि
जब मानिस खाली हुन्छ ऊ सम्पूर्ण बन्दछ । यो भनाइ सरसरतिको हेराईमा व्यतिरेकी लाग्न सक्ला । यसलाई नबुझेसम्म एक साधारण भनाइ मानिएला विपरीतार्थ भनिएला तथापि एक नश्वर शरीरको अन्तिम गन्तव्य यही सम्पूर्णतामा टुङ्गिन्छ । यो कुरालाई बेलामै यथार्थ र अर्थपूर्ण मानेर कति योगी कति कर्मयोगी बन्दछन् र अभौतिक भएर पनि यो चराचरमा जीवन्त रहन्छन् अर्थात् सम्पूर्ण बन्दछन् । आखिर मानिस के चहान्छ ? केवल सुख, सुविधा, ऐश, आराम ? होइन समय समयमा परवर्तित हुदैँ जानेर वा नजानी मानिले खोज्ने भनेको अन्ततः धर्म, अर्थ, काम र मोक्ष मार्ग नै हो । समाज अहिले भौतिकवादी युगको प्रथम चरणमा छ तसर्थ जीवनीभन्दा जीवन प्रिय हुँदै गएको छ । सत्य युगमा एकपेट बाहेक बढी अन्न थुपार्नु अपराध वा दण्डनीय कर्म मानिन्थ्यो आज यही कर्म प्रतिष्ठाको प्रतीक बनेको छ । फलतः कतिपय इह लोकको मोक्ष भनेकै सुकर्ममार्फत प्राप्त यशनै हो भन्ने तत्वलाई आत्मसात गर्न नसक्दै वा नपाउँदै परलोकको मार्ग अवलम्वबन गर्न पुग्दछन् कति अन्तिम अवस्थामा पछुताउँदै केहीकाल पर्यन्त तड्पन्छन् र आफ्नो अन्तिम यात्रामा निस्कन्छन् ।

जब मानिसले इहलोक केवल घाम छाया मात्र हो भनेर बुझ्दछ ऊ शाश्वत सत्यको खोजिमा निस्कन्छ । मानिसको जीवन दुईदिने भएपनि जीवनी कालपर्यन्त रहने यथार्थलाई अङ्गीकार गर्न थाल्दछ र जीवन्त रहने मार्गमा लाग्दछ । जब ऊ शाश्वत सत्यको नजिकमा पुग्दछ उसले आफूले नियालिरहेका सामान्य बस्तुहरू क्रमशः असामान्य देख्न थाल्दछ तिनमा नै ऊ श्रीकृष्णको मुखमा देवकीले ब्रहृमाण्ड देखेझै सम्पूर्णता प्राप्त गर्न थाल्दछ । यो परिवर्तन एक प्रकारले जीवन परिवर्तनका संवाहकका रूपमा देखा पर्दछ । यही परिवर्तनका कारण मानिस योगी बन्दछ सन्यासी बन्दछ त्यतिमात्र नभएर प्रकृतिसँग नजिकिदा नजिकिदै कवि र साहित्यकारसमेत बन्दछ ।

साहित्य साधना जीवनी प्राप्त गर्ने एक सञ्जिवनी हो । यो यथार्थ जब विक्रम भक्त जाशीले बुझे र आत्मशात गरे वाल्मिकीको कौञ्चपीडाले मन परिवर्तन भएझैँ उनी चोभार डाँडाको जाल्पादेवी मन्दिरको बार्दलीबाट देखिएकी वृद्ध आमाको ममतालाई आत्मसात गर्दै गर्दा त्यो ममताप्रति आकृष्ट भए । उनले आमा र बाख्राका पाठाका बीचको सम्बाद सुने बुझे । विक्रमको यो बुझाइबाट नयाँ अध्याय सुरु भयो । उनी प्रकृतिपरक भए । उनी प्रकृतिलाई चिन्न थाले । यसलाई अझ व्यापक अर्थमा भन्दा उनी प्रकृतिसँग सम्बाद गर्न सक्ने भए समष्टिमा परिवर्तीत भए । हिँड्दाहिँड्दै उनी नियमित देखिरहेका दृश्यहरूको मर्म बुझ्ने भए । सत्यानटारका उकालोकी वृद्ध महिलाको अन्तर्मनका भाव बुझ्ने भए उनका दुःख सुखमा सहभागी बन्न थाले । पाङ्गातिरको हिँडाइमा पहिले महत्व नदिएको काठका गाडाका भरमा हिँड्ने बालकलाई आफूभन्दा बलवान ठान्न थाले । बज्रबाराही देवीलाई आत्मसात गर्दागर्दै उनलाई लाग्न थाल्यो उनी देवीसँग सम्वाद गर्ने भए । उनीमा क्रमशः आएको परिवर्तन र चेतनाले उनका शब्दमा ‘निकथाकार’ बन्न थाले र बने पनि ।

२.लेखक परिचयः-
विसं २०२४ मा पिता प्रभु भक्त जोशी र माता छोरीनानीका दुई सन्तानमध्ये पहिलो सन्तानको रुपमा जन्मिएका विक्रम भक्त जोशीले आफ्नो प्रारम्भिक शिक्षा आदर्श विद्या मन्दिर ललितपुर र आइ.एस्सी अमृत साइन्स कलेज लैनचौरबाट पूरा गरे पश्चात् भारतबाट छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ पूरा गरे । उनले इन्जिनियर बनेर स्वदेश फर्किए पछि केही काल सडक विभाग र मेलम्ची खानेपानीमा कार्य गरे । सामान्य इन्जिनियर पदमा मात्र ज्ञानपिपासु महत्वकांक्षी जोशीको चित्त थामिएन उनले तुरुन्त व्यवस्थानको अध्ययन सुरु गरे र व्यवस्थापनमा स्नातकोत्तर गरे । त्यसपछि भने उनी केही काल पर्यन्त स्थिर भए । उनले लगभग २० वर्ष एउटै संस्था एनआईडिसीमा काम गरेर विभागीय प्रमुख बने कुसल बैकरको बिल्ला भिरे । यसरी एकै संस्थामा बसे पनि पेशाले सिभिल इन्जिनियर जोशी बैंकर, आइटी विशेषज्ञ, अंग्रेजी साहित्यका अनुुयायी हुँदै अन्ततः साहित्यानुरागी बन्न पुगे । उनले केही दर्शन पढे पैसा र पदमा मात्र मनको शान्ति नभएको निचोड निकाले । शान्तिमार्गको खोजीमा थाहापाएर वा नपाएरै कृष्णले गीतामा भनेको ‘श्रेयो हि ज्ञानमभ्यासाञ्ज्ञानाद्ध्यानं विशिष्यते, ध्यानात्कर्मफल त्यागस्यागाच्छान्ति रनन्तरम् ।’ अर्थात् नबुझि गरेको अभ्यास भन्दा ज्ञान भएर गरेको श्रेष्ठ हुन्छ । ज्ञानभन्दा ध्यान अझ श्रेष्ठ हुन्छ । ध्यानभन्दा सवैकर्मका फलको त्याग श्रेष्ठ हुन्छ किनकि शान्ति भनेको नै अन्ततः त्यागबाट प्राप्त हुन्छ भन्ने कुराको मर्म बोध गरे । अझ यही भनाइको साराशं आभाष हुने महाकवि देवकोटाद्वारा लिखित ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ आफू मिटाई अरूलाई दिनु जहाँ छ’ कवितालाई आत्मसात गर्दै अन्ततः उनले समय हुँदै स्वेच्छिक अवकाशको मार्ग अबलम्बन गरे र लेखनमा अभिरुची बढाउदै अन्ततः शान्तिमार्गको बाटो खन्न थाले ।

यहाँसम्म आइपुग्दा जोशी वानप्रस्थमा प्रवेश गरिसकेका थिए । यो अवस्थालाई निवृत्त अधिकांशले अन्योल ग्रस्त अवस्था हो भनेर स्वीकार गर्दछन् । तर, अवकाश लिनुपूर्व नै आफ्नो मार्ग तय गरिसकेका जोशीलाई कुनै अप्ठेरो परेन कुनै अन्यालताले घेरेन । उनले पदीय यात्रा र अन्तरमनको यात्रामा आफूलाई समाहित गरे र मथ्नथाले जीवन जगतलाई । त्यसैको परिणाम नौनीका रूपमा निकाले ‘चोभार ब्लुज’लाई र सुम्पिए नेपाली साहित्य जगतलाई । चोभार ब्लुजमार्फत उनको पुनर्जन्म भयो यो जन्मले उनलाई नयाँ उचाइमा पुर्‍यायो । उनी साहित्यकारमात्र बनेनन् चर्चित साहित्यकार अर्थात् उनकै शब्दमा निकथाकार बने ।

पहिलो कृतिमै चर्चित साहित्यकार बन्नु दुर्लभ कुरा हो । हुनत बाल्मिकीले रामायण र योग बाशिष्ठ दुई कृतिको रचना गरेका थिए तथापि उनी रामायणबाट चर्चित भए त्यसको अलवा विश्व साहित्यमा हर्पर लि, इमिलि ब्रन्ट, जे.डी सालिङ्गर आदी केही साहित्यकारहरू एकै कृतिबाट जीवित छन् तथापि यसलाई दुर्लभभन्दा किमार्थ अन्यथा नहोला । क्रमश :

पुस्तक : एक गुमनाम पात्रको रोचक कथा

‘सुगन्धपुर’ कथासङ्ग्रहमार्फत् नेपाली साहित्यमा कथाकारको रूपमा आफ्नो परिचय स्थापित गरिसकेका सर्जक विश्व कुइँकेलको दोस्रो कृति हो ‘गोपीचा’ उपन्यास । नेपालको निरंकुश राणाकालीन समयको ऐतिहासिक विषयवस्तुमा आधारित यो उपन्यासमा इतिहासको गर्तमा हराएको एक गुमनाम पात्रको जीवनकथालाई प्रस्तुत गरिएको छ । यो उपन्यासलाई शिखा बुक्सले प्रकाशित गरेको छ ।

इतिहासका केही गुमनाम पात्रहरू जसले लोकतन्त्रका लागि ज्यानसम्म अर्पण गरे, तर कुनै पनि ऐतिहासिक दस्तावेजमा तिनका नामसम्म लेखिएनन्, त्यस्ता पात्रहरू धेरै छन् । खोजिपस्ने हो भने त्यस्ता धेरै पात्रहरू भेटिन सक्छन् । तिनले चालेका पाइलाको जगमा बसेर आज विभेद र बहिष्करणको चर्चा गरिन्छ तर त्यसलाई कुनै आन्दोलनले विद्रोहको नाम दिएन । तिनलाई देशले सम्झेन । समाजले सम्झेन । राजनीतिले सम्झेन र तिनकै परिवारले पनि सम्झेन । घुर्मैलो अँध्यारोमा सुनेको हो कि, चिनेको हो कि, जानेको हो कि, गरेको हो कि भन्ने सादा आहानको जगमा बिलाइरहेका त्यस्तै धेरै पात्रहरूमध्ये एक गोपी शर्मा उर्फ गोपी च्यामेको कथा हो ‘गोपीचा’ उपन्यास ।

उपन्यासको कथानक सामान्य खालको छ । एउटा बिग्रेको बाहुन केटा गोपी शर्माले पानीसमेत नचल्ने बिजातीय केटी सुनमैँचा अर्थात् सुनकेशरीलाई मन पराउँछ र प्रेम गर्छ । तत्कालीन समयमा त्यसरी बिजातीय केटीसँग प्रेम गर्नु नै अपराध ठहरिन्छ । त्यही अपराधमा उसको जात काढिन्छ ।

गैरजातीय विवाह गरेकोमा जातच्युत गरी ‘च्यामे’ बनाएर जेल सजायसमेत तोकिएका गोपी शर्मा भद्रगोल जेलमा रहँदा गणेशमान सिंहको योजनामा जेलब्रेक गरी भाग्ने योजनाका सहयात्रीसमेत बन्न सफल एक ऐतिहासिक र असामान्य घटनाका सामान्य पात्र हुन् । उनैको जीवनको छोटो किस्सामा आधारित कथानकमा बुनिएको उपन्यास ‘गोपीचा’ रोचक छ । पढाइ र कामलाई बेवास्ता गरेर बिन्दास जीवनको बाटो रोजेका पात्र गोपी शर्माको प्र्रेमकथा पनि रोचक छ । अझ काठमाडौं शहरको बाहुन ठिटो गोपी शर्मा कसरी गोपी च्यामे अर्थात् गोपीचा बन्यो भन्ने कथा झनै रोचक छ । राणाकालीन समाज, राजनीति, जाति व्यवस्था र निरंकुशताविरुद्धको राजनीतिक विद्रोहको विषयलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यास इतिहासलाई चियाउने आँखीझ्याल पनि हो । यसमा कुनै सन्देह छैन ।

उपन्यासको कथानक सामान्य खालको छ । एउटा बिग्रेको बाहुन केटा गोपी शर्माले पानीसमेत नचल्ने बिजातीय केटी सुनमैँचा अर्थात् सुनकेशरीलाई देख्छ र मन पराउँछ अर्थात् प्रेम गर्छ । तत्कालीन समयमा त्यसरी बिजातीय केटीसँग प्रेम गर्नु नै अपराध ठहरिन्छ । त्यही अपराधमा उसको जात काढिन्छ र उसले सजाय पाउँछ । केरकार हुन्छ । जेलमा टङ्कप्रसाद र हीराकाजी अर्थात् गणेशमानजस्ता राजबन्दीसँग उसको भेट हुन्छ । जेलब्रेक गर्ने योजना बन्छ । अन्तिममा गएर योजना असफल हुन्छ । गोपी पक्राउ पर्छ । केरकार हुन्छ । सत्य बकाउने निहुँमा गोपीलाई शारीरिक यातना पनि दिइन्छ तर उसले साँचो कुरा भन्दैन । अन्ततः यातनाकै कारण जेलमै उसको मृत्यु हुन्छ । कथा यत्ति नै हो ।

कथानकलाई सर्सर्ती हेर्दा जातीय विद्रोहको रोमाञ्चक प्रेमकथाजस्तो मात्रै देखिए तापनि तत्कालीन परिस्थितिमा यो जातीय विद्रोह राज्यविरुद्धको अपराध जस्तो भइदियो र बिजातीय प्रेम गरेर जातीय विद्रोह गर्ने गोपी शर्मा राज्यविरुद्धको अपराधको दोषी करार भयो र सजायको भागीदार बन्यो । एक आवारा केटा प्रेमले डो¥याइएर घरपरिवार नै त्याग गर्ने, जातच्यूत हुने र अन्ततः राजनीतिक विद्रोहमा सामेल हुने कार्यसम्मका लागि तयार हुने परिस्थितिको सिर्जना गरिएको हुँदा यो उपन्यासले सामान्य कथानकबाट गहन विषयको उठान गरेको छ भन्न करै लाग्छ । जातै काढेर जेल हालिएको एक बाहुन केटालाई गोपी च्यामे नभनेर गोपीचा मात्रै भन्नुले तत्कालीन समयमा गोपी शर्माले गरेको जातीय विद्रोह, त्याग र वलिदानको सम्मान हो भन्न सकिन्छ ।

उपन्यासमा जुद्धशमशेरकालीन काठमाडौं शहर र त्यस वरिपरिको काँठको तत्कालीन समयको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण भएको पाइन्छ । साथै काठमाडौंको स्थानीय नेवारजातिको संस्कृतिको चित्रण पनि छ । प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन् भन्ने मान्यता यहाँ एउटा बाहुन केटा र च्यामे केटीबीचको उमेरजन्य प्रेममा पनि लागु भएको छ । यो उमेरजन्य शारीरिक आकर्षणमात्रै नभई साँचो प्रेम नै हो भन्ने कुरा गोपी शर्माको त्याग र समर्पणबाट पुष्टि हुन्छ । यो बिजातीय प्रेमकथाका पात्रहरूलाई उपन्यासकारले जातीय विद्रोहको प्रतिनिधि पात्रको रूपमा उभ्याउन खोजेको आभास हुन्छ ।

यसो त कथानकभित्र तत्कालीन समाजमा व्याप्त जातीय विभेद र शासकीय निरंकुशताले नागरिक अधिकार कुण्ठित भएको र त्यसले मान्छेको स्वतन्त्रताको हक खोसेको भन्ने तथ्यलाई इङ्गित गरेको पनि देखिन्छ भने तत्कालीन शासकवर्गको स्वेच्छाचारी चरित्रलाई पनि देखाइएको छ । अतः यो उपन्यास जुद्धशमशेरकालीन समाज र शासनपद्धतिलाई नियाल्ने आँखीझ्याल पनि हो ।

‘गोपीचा’ एउटा चरित्रप्रधान उपन्यास हो । विशेषगरी मूलपात्र गोपी शर्माको चरित्रमाथि यो उपन्यास केन्द्रित छ । चरित्रका दृष्टिकोणले हेर्दा गोपी शर्मालाई सुरुमा एउटा आवारा बाहुन केटाको रूपमा प्रस्तुत गरिएको छ । पढाइमा मन नलगाएको, जातअनुसारले जजमानीमा मन नलगाएको र कुनै कामधन्दामा पनि मन नलगाएको र मनमौजी ढङ्गले डुलिहिँड्ने एउटा बिग्रेको केटाको रूपमा गोपी शर्माको चरित्र चित्रण गरिएको छ । तर, जब ऊ सुनमैँचा अर्थात् सुनकेशरीको प्रेममा पर्छ, तब उसलाई एउटा त्यागी र समर्पित प्रेमीको रूपमा प्रस्तुत गरिएको छ ।
प्रेमका लागि घरपरिवार त्याग्ने, जात परिवर्तन गर्न पनि कत्ति नडगमगाउने र विद्रोहका पाइलामा सामेल हुने एक धीरोदात्त नायकको रूपमा गोपी शर्मालाई उभ्याइएको छ । उसको यो त्याग र समर्पणभित्र जातीय विभेदप्रतिको विद्रोह पनि झल्किन्छ । ऊ भन्छ, ‘खोइ आमा, मैले सुनकेशरीसँग बिहे किन गर्न नहुने भन्ने कुरा थाहा नै छैन । यस्तै काम राजा-महाराजाले गर्न हुने । उनीहरूले भोग्न हुने । हामी रैतीलाई किन यस्तो ?’ (पृष्ठ ८०) प्रश्नको गाम्भीर्यता मननीय छ ।

सिङ्गो उपन्यास एक गुमनाम पात्रको कथा हो । बिजातीय विवाह गरेर दोहोरो सजाय भोगेको गोपी शर्मालाई अत्यन्तै महत्व दिएर कथानकलाई अघि बढाइएको छ तर त्यही बिजातीय विवाहसँग जोडिएको उत्तिकै महत्वपूर्ण पात्र सुनमैँचा अर्थात् सुनकेशरीलाई गुमनाम राख्नुले ऊप्रति अन्याय भएजस्तो लाग्छ । 

गोपी शर्मा इतिहासले बिर्सेको गुमनाम पात्र पनि हो । तत्कालीन राजनीतिक परिस्थितिमा राजबन्दीहरूलाई भगाउन जेलब्रेक गर्ने योजनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका र सोही आरोपमा दोषी करार भई तत्कालीन शासकको बर्बरतापूर्ण यातनाबाट ज्यान गुमाएका गोपी शर्माको सानो तर अति महत्वपूर्ण योगदानलाई इतिहासले बिर्सेको छ । यसरी बिर्सिएका गुमनाम पात्रलाई आख्यानमा उतारेर उपन्यासकार कुइकेलले उनीप्रति सम्मान मात्रै दर्शाएका छैनन्, इतिहासको थप खोजबिन गर्न अरूलाई पनि झकझक्याएका छन् ।

सुनकेशरीलाई पनि परिवर्तनको संवाहकको रूपमा उभ्याइएको छ । सधैँ जातीयताको साँघुरो घेराभित्र सीमित भएर बस्नु हुँदैन । त्यो घेराबाट छलाङ मार्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने अभीष्ट गोपी शर्माको प्रेमलाई स्वीकार्ने सुनकेशरीको निर्णयबाट देखाउन खोजिएको छ । यसैगरी बेखामानलाई उस्तै परिवर्तनप्रतिको आकाङ्क्षीकै रूपमा उभ्याइएको छ । मनमा डर हुँदाहुँदै पनि बिजातीय प्रेमलाई समर्थन गर्ने उसको चरित्रले उसलाई परिवर्तनको आकाङ्क्षीका रूपमा हेर्न सकिन्छ । अर्को पात्र छ प्रकाश, जो राणा परिवारको भएर पनि सामान्य जिन्दगी बिताउने मनसाय बोकेर परिवारबाट बाहिरिएको छ ।

एउटी विधवासँगको प्रेमलाई दरबारले स्वीकारेन । शासकवर्गले स्वीकारेन । आफ्नो प्रेमलाई गुमाउनुपर्दा घरबार नै त्यागेर जोगीको जिन्दगी बिताइरहेको प्रकाशको चरित्रले तत्कालीन शासक र शासनविरुद्ध विद्रोह गरेको देखिन्छ । उसको चरित्र एउटा विद्रोही पात्रको रूपमा देखिन्छ । विधवासँगको प्रेमलाई नस्वीकार्ने दरबार त्याग्ने उसको निर्णयबाट तत्कालीन राणा शासनको निरङ्कुशता र स्वेच्छचारिताको विद्रोह राणा परिवारबाटै भएको देखिन्छ ।

सिङ्गो उपन्यास एक गुमनाम पात्रको कथा हो । बिजातीय विवाह गरेर दोहोरो सजाय भोगेको गोपी शर्मालाई अत्यन्तै महत्व दिएर कथानकलाई अघि बढाइएको छ तर त्यही बिजातीय विवाहसँग जोडिएको उत्तिकै महत्वपूर्ण पात्र सुनमैँचा अर्थात् सुनकेशरीलाई उपन्यासको अन्त्यसम्म सँगसँगै नलैजानु, कथानकको सहायक पात्रमै सीमित राख्नु, उसका बारेमा कुनै खोजीनीति नै नगरी उसलाई उपेक्षा गर्नु र उसलाई गुमनाम राख्नुले ऊप्रति अन्याय भएजस्तो लाग्छ ।

स्थानीय भाषा र लवजको प्रयोग गरिएको छ । यसले उपन्यास पठनलाई मिठासयुक्त बनाएको छ तर प्रयोग गरिएका नेवारी वाक्य त्रुटिपूर्ण छन् । नेपाली उल्थासँग मेल खाँदैनन् । समग्रमा उपन्यास रोचक र पठनीय छ । उत्तरआधुनिक साहित्यका पाठकले त्यति नरुचाए पनि ऐतिहासिक पात्रको जीवन र प्रेमकथामा आधारित यो उपन्यासलाई सामान्य पाठकले अवश्य रुचाउने छन् ।

धार्मिक पर्यटनको केन्द्र : बज्रबाराही

✍️ डा.माधव अधिकारी

काठमाडौँ उपत्यकामा बाराही देवीस्थलहरू चारवटा छन् । उत्तरमा श्वेत-बाराही, पूर्वमा नीलबाराही, पश्चिममा धूमबाराही र दक्षिणमा बज्रबाराही । यस लेखमा बज्रबाराहीको संक्षेपमा चर्चा गर्ने प्रयास गरिन्छ । बज्रबाराहीलाई बज्रयानी देवता हेरुकचक्रसंवरकी स्त्रीशक्ति मानिन्छ । बज्रबाराही देवीको पवित्र थलो नेपाली ललितकलाले धपक्क सिँगारीएको ललिपुर जिल्ला अन्तर्गत चापागाउँ वा वा-देः भनिँदै आएको पूर्वलिच्छवीकालीन प्राचिन बस्ती चम्पापुरको पूर्वकिनारस्थित उपवनभित्र अवस्थित छ । यो थलो देवस्थल हुनाको साथै धेरै कारणले पनि आकर्षण र लोकप्रिय छ । सुन्दर निकुञ्ज, शीतल छहारी, जैविक विविधताले भरिपूर्ण, सुमधुर चराको स्वर, मनोरम हराभरा दृश्यवली, स्वस्थ पर्यावरण, शान्त वातावरण, विचित्र प्राकृतिक छटा आदिले यस थलोलाई उपत्यकाभरि भनेजसो बेजोड, विशिष्ट र विलक्षण बनाएको छ । सुन्दर उपवनभित्र अवस्थित मन्दिर, मूर्ति, चित्र आदिले झकमक्क भएको यो देवस्थल अनुपम प्राकृतिक सम्पदा र उच्च मानवकृतिको संगतीपूर्ण संयोग पनि हो ।

यो मन्दिर स्थापनाको अनौठो किंवदन्तीहरू छ । सोमध्ये भक्तपुरका राजा नरेन्द्रदेव युद्धको समापनपछि चापागाउँ हुँदै घर फर्कँदा रात परी बास माग्न देवीको घरमा सिपाही पठाएका थिए । सिपाहीले त सो भनिएको ठाउँमा शिरदेखि पाउसम्म सेतो कपडाले छोपिएको आकृतिमा सुतिरहेको देखी सोबारे राजालाई जानकारी गराए । राजा आफैँ गई सो कपडा उगारेर हेर्दा बज्रबाराही माताको दर्शन पाई देवीको आज्ञाअनुसार मूर्ति बनाई चैत्र पूर्णिमाको दिनदेखि जात्रा चलाएको किंवदन्ती छ । यो मन्दिरमा गजुर छैन । यो मन्दिरमा पूजाआजा तान्त्रिक विधिबाट गरिन्छ ।

बज्रबाराही मन्दिरको स्थापना पाटनका राजा श्रीनिवास मल्लले नेपाल संवत ७८६ साल चैत्र शुक्लमा गरेका थिए । नेपाल संवत ८५२ मा विष्णु मल्लबाट जिर्णोद्वार भएको थियो । पाटनकै राजा योगनरेन्द्र मल्लले बज्रबाराहीमा विभिन्न देवदेवताको मूर्ति प्रतिस्थापना गरेको जानकाहरू बताउँछन् ।

त्यसैले देवीको पूजा गर्न आउने श्रद्धालु भक्तजन, पिकनिक मनाउन आउने युवायुवती, के संयोगवस आइपुग्ने वटुवा सबैलाई यस थलामा पाइला हाल्ने बित्तिकै यसको मनमोहताले प्रकृतिसँग आत्मसाथ भएको भावनाले केही घण्टाको लागि भए पनि मग्दमुग्ध पार्दछ । श्रद्धा र भक्तिको स्रोत देवदेवीहरूको सान्निध्य मन्दिरको कलात्मक भव्यता, जरुवा पानीको पर्याप्ति, आकस्मिक आवश्यकताको परिपूर्ति गर्न सक्षम वस्तीको सामिप्य आदिको कारणले यो ठाउँ धार्मिक पर्यटनमा अग्र स्थलमा पर्दछ । बज्रबाराही देवीको पूजा गर्नाले जिवनमा आइपर्ने विध्नबाधा आदि हट्छ र विधिवत साधना गर्नसके सिद्धि प्राप्त हुने किंवदन्ती छ । बज्रबाराही देवीको मन्दिरमा प्रायः सबै दिन दर्शनका लागि भिडभाड हुने गर्दछ । विशेषगरी यहाँ दुईवटा जात्रा हुन्छ : मंसिरमा हुने जात्रा र चैतमा हुने जात्रा । यस देवीका कयौँ विशेषताहरू छन् । सोमध्ये केही उल्लेख गरिन्छ ।

बज्रबाराही मन्दिरको स्थापना पाटनका राजा श्रीनिवास मल्लले नेपाल संवत ७८६ साल चैत्र शुक्लमा गरेका थिए । नेपाल संवत ८५२ मा विष्णु मल्लबाट जिर्णोद्वार भएको थियो । पाटनकै राजा योगनरेन्द्र मल्लले बज्रबाराहीमा विभिन्न देवदेवताको मूर्ति प्रतिस्थापना गरेको जानकाहरू बताउँछन् । वि.सं. २०१५ फाल्गुनमा राजा महेन्द्रले बज्रबाराही मन्दिर परिसरको संरचना मर्मतसम्भार गरेको पाइन्छ । काठमाडौं उपत्यकाका साथै बाहिरका कृषकहरूले आफूले पालिराखेका वस्तुहरू पहिलोपटक बियाउँदा पहिलो वेतेको बिघौती देविमा चढाउन ल्याउने परम्परा छ । यिनको पूजाआजाबाट मानिसहरूको बस्तीमा भूतप्रेत आदिबाट हुने विध्नबाधाहरू हट्छ साथै अष्टसिद्धि प्राप्त हुन्छ । उपत्यका तथा हाम्रो देशमा देवी देवताको जात्रा वर्षको दुई पटक गरिने चलन विरलै हुन्छ ।

यस देवीको वार्षिक जात्रा दुई पटक हुन्छ । यस जैविक विविधतापूर्ण उपवनबाट रुख काटेर दाउरा लैजाने त के कुरा सुकेका हाँगाबिँगा, चोइटा, पातपतिङ्गर, झिँजामिजासम्म पनि सोहोरेर यहीँ बाल्न वा लैजान हुन्न भन्ने परम्परा छ । यस जंगलमा अर्काे विशेषता दिउँसो जंगलका रूखबिरुवाहरूको पातपतिङ्गर बाहिर उडाएर लगेपनि साँझ परेपछि ती सम्पूर्ण पातपतिङ्गर जंगलभित्रै आउँछन् भन्ने कुराले प्रसिद्धि पाएको छ । विश्वकै दुर्लभ चरा काँढे भ्याकुर, दुर्लभ खालको नाग जाति जस्ता जीवको बासस्थानले प्रसिद्धि कमाएको छ । अर्काे विशेषता स्थानीय जनाताका घरपालुवा पन्छी र जन्तुहरू यस वनमा चर्न गए पनि जंगलभित्रका हिंसक जनावरहरूबाट मार्ने र खाने गरेको पाइँदैन भन्ने किंवदन्ती छ । यहाँ ४८ किसिमका चराचुरङ्गी र करिब १६६ किसिमका बनस्पती पाइन्छन् ।

नेपालमा धार्मिक तथा ऐतिहासिक पर्यटनको सम्भावना अत्यन्त छ । छिमेकी मूलुक भारतमा एक अर्व चालिस करोड मानिस संस्कृति, भाषा, धार्मिक परम्परा एकैनासको रहेका छ । करिब ७९ प्रतिशत जनता हिन्दु धर्मावलम्बी छन् । भारतले धार्मिक पर्यटनका लागि चारधामको व्यवस्था गरेको जस्तै नेपालमा पनि सो व्यवस्थापन गर्न जरुरी छ । प्रत्येक वर्ष नेपालको कुल व्यापार घाटाको ६० प्रतिशत अंश भारतसँग रहने गरेको छ । यो व्यापारघाटा कम गर्न नेपालमा धार्मिक पर्यटन बढाइ आयआर्जन गर्न बज्रबाराही मन्दिरजस्ता नयाँ धार्मिकस्थलको पहिचान र विकास गरी आकर्षण र आस्थाको केन्द्र बनाउन जरुरी छ ।

नेपाल धार्मिक, ऐतिहासिक, सांस्कृतिक धरोहरको धनि देश भएकोले धार्मिक पर्यटन भिœयाई देशलाई समृद्ध बनाउने थुप्रै अवसरहरू छन् । पर्यटनको अंश विश्वको निर्यातमा ७ प्रतिशत र सेवा निर्यातमा २९ प्रतिशत रहेको पाईन्छ । सरकारले पर्यटन, धार्मिक तथा ऐतिहासिक आदि पर्यटन उद्योगलाई गति दिन सन् २०२३ देखि २०३३ लाई नेपाल पर्यटन दिवसको रूपमा मनाइने समाचार आएको छ । यो कार्यक्रम सफल बनाउन बज्रबाराही जस्ता देशैभरका ऐतिहासिक तथा धार्मिक क्षेत्रलाई सर्किटको रूपमा जोडी विभिन्न देशका हिन्दु धर्मावलम्बी हाम्रो देशमा भ्रमण गर्न लालाहित गराई पर्यटनबाट आयआर्जन गर्न अति जरुरी छ ।

विश्वमा सूचना र संचारको जगतमा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र स्वदेशी तथा वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै धार्मिक पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ-आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू-राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बद्लिदो आर्थिक परिवेशलाई आत्मसाथ गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ ।

ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र सम्वद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहना अनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

यसै परिवेशमा विश्वमा महामारीको रूपमा फैलिएको कोरोना महामारीले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि धार्मिक पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोशाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू-धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषि पछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिवाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट आर्थिक, सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रष्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले धार्मिक पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाटयस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।
हाम्रो देश प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भएपनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमिले सोचेनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीयस्थल हुँदाहुँदै पनि सो स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रष्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण बज्रबाराहीक्षेत्र आन्तरिक एवं बाहृय पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ ।

ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक सम्पदा एवंम् वातावरणको संरक्षण र सम्वद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनानुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो । यस क्षेत्रमा भएका विभिन्न मन्दिरको एकीकृत पर्यटकीय व्यवस्थापन गर्नु अति आवश्यक छ । योजनाको अभावले गर्दा यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महŒवलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको सर्किटको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन ।

यस क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । स्थानीय सरकारको समन्वयमा बज्रबाराही क्षेत्रमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ-आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । सो अनुसार विकास भएमा बज्रबाराही क्षेत्र धार्मिक पर्यटनको केन्द्र बनी पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस बज्रबाराहीक्षेत्र भित्रदेखि देशभरी यस्ता मठमन्दिरबाट जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । adhikariphd@yahoo.com

प्रचण्ड नेतृत्वको गठबन्धन चाँडै पतन हुने कांग्रेसको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सत्ता गठबन्धन चाँडै पतन हुने दाबी गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मुलुकमा चुलिएको निराशा र सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेमा पनि विकल्प खोज्नुपर्ने छलफल चलिरहेको दाबी गर्दै वर्तमान सत्ता गठबन्धन लामो समय नजाने दाबी गर्नुभएको हो ।

वर्तमान सत्ता गठबन्धनले मुलकका समस्यामा समाधानभन्दा झन् बढाउने काम गरिरहेको जिकिर गर्दै प्रवक्ता डा.महतले भन्नुभयो, ‘अप्राकृतिक गठबन्धन भएकाले एकले अर्कालाई अविश्वास गरिरहेको अवस्था छ । सत्ताको लोभले मात्र टिकेको अवस्था छ । देशमा निराशा चुलिएको छ । लगानीको वातावरण बन्नुको सट्टा झन् बिग्रिँदै गएको छ । गठबन्धनको प्रमुख घटक नेकपा एमालेमा पनि विकल्प खोज्नुपर्ने छलफल चलेको छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गर्न पुग्नुभएको थियो । गठबन्धनमा भएको परिर्वतनसँगै एमाले सरकारमा सहभागी भएको थियो भने नेपाली कांग्रेस प्रतिपक्ष कित्तामा पुगेको छ ।

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखप्रति क्रुद्ध
नेपाली कांग्रेस गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखविरुद्ध खनिएको छ । मुख्यमन्त्री नियुक्ति र त्यसपछिका प्रक्रियामा प्रदेश प्रमुखहरूले असंवैधानिक कार्य गरेको कांग्रेसको जिकिर छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. महतले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ र गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले असंवैधानिक कार्य गरेको भन्दै पार्टीले राजनीतिक र कानुनी रूपमा विरोध गर्ने बताउनुभयो । प्रदेश प्रमुखहरूले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैया देखाएको महतले आरोप लगाउनुभयो । गण्डकी प्रदेश सभाको अधिवेशन आहृवान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेको महतको भनाइ थियो । सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा १६८ (२) बमोजिम संविधानसम्मत गरिएको दाबीलाई खारेज गरी प्रदेश प्रमुखबाट बदनियतपूर्ण ढंगमा फेरि सरकार आहृवान गर्नु पनि असंवैधानिक कदम भएको टिप्पणी गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘मुख्यमन्त्रीका लागि प्रस्तावित सांसदका विषयमा समर्थन र समर्थन फिर्ताको प्रपञ्च रचियो । यसले संसदीय पद्धति र संघीय व्यवस्थाप्रति निराशा उत्पन्न गरेको छ । प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लोपटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएको निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैरसंवैधानिक भएको नेपाली कांग्रेसको ठहर छ । प्रदेश प्रमुखहरूबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैयाप्रति नेपाली कांग्रेस घोर आपत्ति प्रकट गर्दछ ।’

नयाँ सरकारप्रति जनतामा कुनै उत्साह नभएको दाबी
प्रवक्ता डा. महतले वर्तमान सरकारप्रति जनतामा कुनै उत्साह नरहेको जिकिर गर्नुभएको छ । जनतामा आशा जगाउनकै लागि कांग्रेसले अहिलेको गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने अवस्थाबारे चर्चा गरेको उहाँको दाबी छ । सरकारले जनतामा आशा जगाउन नसकेको र विकल्प खोज्ने विषयमा छलफल सुरु भएको जानकारी दिँदै डा.महतले भन्नुभयो, ‘यो सरकारप्रति जनतामा कुनै आशा छैन, न उत्साह नै छ । यसको विकल्प खोज्नुपर्छ भनेर कांग्रेसले मात्रै भनेको होइन, सत्तामै भएका दलहरूले यो सरकारको विकल्पबारे छलफल थालिसकेका छन् ।’ प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगीसम्बन्धी आरोपमा गृह मन्त्रालयभन्दा फरक संयन्त्रबाट अनुसन्धान भए मात्रै विश्वास गर्न सकिने स्पष्ट पार्दै भन्नुभयो, ‘प्रहरीले अनुसन्धान गरेको छ, तर रवि लामिछाने दोषी देखिए पनि नचिनेको कुरा आएको छ । गृहमन्त्रीलाई प्रहरीले चिन्ने कुरै भएन, हामीले त्यही कारण यथार्थ के हो ? त्यसबारे फरक संरचनाबाट अनुसन्धान गरौँ भनेका हौँ ।’

परिवर्तनलाई संस्थागत गर्ने सवालमा कांग्रेससँग मिल्न तयार छौँ : पोखरेल
सत्तारूढ गठबन्धनको प्रमुख घटक नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनलाई संस्थागत गर्ने सवालमा कांग्रेससँग मिल्न तयार रहेको बताउनुभएको छ । परिवर्तनलाई संस्थागत गर्नका लागि सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको स्पष्ट पार्दै महासचिव पोखरेलले भन्नुभयो, ‘गणतन्त्र र लोकतन्त्रलाई सुदृढ र यसको संस्थागत विकासको लागि सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्न तयार छाँै । तर, सत्ताको लागि लालायित छैनौँ । सत्ता प्राथमिकता हाम्रो विषय होइन । मुलुकलाई सही बाटो हिँडाउने प्राथमिकता दिएर हामी अगाडि बढेका छौँ । नयाँ सत्ता समीकरणमा महत्वपूर्ण मन्त्रालय चाहिन्छ भनेर दाबी गरेनौँ । आलोपालोमा पनि दाबी रहेन । राम्रो काम गर्दा सरकारलाई निरन्तरता दिन तयार छौँ ।’ लोकतन्त्रमा संकट आउँदा कांग्रेससँग जहिले पनि मिल्दै आएको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘लोकतन्त्रमाथि संकट आएमा त्यतिबेला कांग्रेससँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका छौँ । विगतमा पनि मिल्दै आएको स्पष्ट नै छ ।’

वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : खनाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने दाबी गर्नुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने जिकिर गर्नुभयो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भएको र छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने उल्लेख गर्दै नेता खनालले भन्नुभयो, ‘वामपन्थीहरूको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिष्टबीच एकता जरुरी छ । यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुईमत छैन ।’

संकटमा मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ३० दिन (वैशाख २५ गते) भित्रै विश्वासको मत लिनुपर्ने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित भएसँगै मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्रै विश्वासको लिनुपर्ने भएको हो । संकल्प प्रस्तावमा विश्वासको मत लिन निर्देशन दिने र नलिए नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई सन्देश दिने उल्लेख छ । प्रदेशसभा बैठकले प्रस्ताव पारित गरेसँगै मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । यसअघि मुख्यमन्त्री कार्कीले आफूले राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडान लिँदै आउनुभएको थियो ।

प्रस्ताव पारित भइसकेपछि बोल्दै एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले आगामी २५ गतेसम्म मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने बताउनुभयो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिइसकेको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको र नलिए स्वतः पदमुक्त हुने उहाँले बताउनुभयो ।

प्रस्तावमाथि छलफलपछि मत विभाजन गर्दा ५२ मतसहित पारित हुँदा विपक्षमा भने कसैले मत दिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनजना सांसद तटस्थ रहे । ध्वनिमतबाट प्रस्ताव पारित भइसकेपछि भने विपक्षमा रहेका प्रदेशसभा सदस्यहरूले मतदानबाट मत विभाजनको माग गरेका थिए । त्यसपछि सभामुख अम्बरबहादुर विष्टले उभ्याएर संख्या गणना गर्दै बहुमतले प्रस्ताव पारित भएको घोषणा गर्नुभएको थियो । बैठकमा उपस्थित सत्तापक्षका २४ सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन् ।

यता, सरकारका प्रवक्ता शमशेर राईले आफूहरू संविधानको अक्षरशः पालना गर्नेगरी अगाडि बढिरहेको बताउनुभयो । संकल्प प्रस्ताव निर्णयसम्मत छ–छैन भन्ने विषयलाई लिएर कानुनी परामर्श गरिरहेको उहाँको भनाइ थियो । प्रस्ताव पारित हुनुअघि मुख्यमन्त्री कार्कीले संवैधानिक संकटबाट पार लगाउन र राजनीतिक निकास दिन आफू मुख्यमन्त्री बन्दा संसद् विघटन हुनबाट जोगिएको स्मरण गराउँदै प्रदेश सरकारले थोरै समयमा धेरै जनहितका काम गरेको दाबी गर्नुभएको थियो ।

गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिँदै ५२ जना सांसदहरूले प्रदेश प्रमुखलाई निवेदन दिएका थिए । सोही दिन ५२ सांसदले नै प्रदेश सभाको अधिवेशन बोलाउन पनि प्रदेश प्रमुखलाई निवेदन दिएका थिए । सोहीअनुरूप बोलाइएको संविधानको धारा १८३ को उपधारा (३) बमोजिमको अधिवेशन शुक्रबारबाट अन्त्य भएको छ ।

३० दिनभित्र विश्वासको मत लिन कोसिस गर्नुस्, नभए मार्ग प्रशस्त गर्नुस् : राई
एकीकृत समाजवादी कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकार अल्पमतमा हुन नसक्ने बताउनुभयो । उपधारा ५ बाट बनेको सरकार अजम्मरी पनि नहुने उहाँले बताउनुभयो । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने उहाँको जिकिर थियो । ‘संविधानको धारा १८३ को उपधारा (३) बमोजिमको अधिवेशनको दोस्रो बैठकको संकल्प प्रस्ताव माथिको छलफलमा सरकार हट्ने कि रहने भन्ने मूल छलफलको विषय रहेकाले सरकार हट्दा पनि कानुनसंगत र बस्दा पनि कानुनसम्मत रूपमा प्रक्रिया पु¥याएर हुनुपर्छ’, उहाँले भन्नुभयो । मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन कसरत गर्न उहाँले सुझाव दिनुभयो । ‘३० दिनभित्र विश्वासको मत लिन कोसिस गर्नुस्, सक्नुभएन भने मार्ग प्रशस्त गर्नुस् । मुद्दा मामिलातिर नलाग्नुस्,’ उहाँले भन्नुभयो ।

अल्पमतमा परेपछि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : आङ्वो
माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले मुख्यमन्त्री अल्पमतमा परेकाले राजीनामा दिनुपर्ने बताउनुभयो । समर्थन र विश्वासको मत फिर्ता लिइसकेपछि नियमित संसद् दुई महिनापछि बोलाउनुबाट सरकारको नियत थाहा भएको उहाँले बताउनुभयो । सरकार बहुमतले चलाउने भएकाले अल्पमतमा परेपछि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने उहाँको भनाइ थियो । संवैधानिक इजलासले धारा १६८ (५) अन्तर्गत सरकारलाई दिएको समर्थन व्यक्ति या दलले समेत फिर्ता लिन पाउने व्याख्या गरेकाले आफूहरूले समर्थन लिएको उहाँले बताउनुभयो । ‘सरकार कहाँबाट जन्मिन्छ ? सरकार त संसद्बाट जन्मिने होइन ? संसद्ले सरकार जन्मिन्छ भने सांसदले निर्देश गरेपछि मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेस सांसदको आग्रह
कांग्रेसकै कोशी प्रदेशसभा सदस्य विनोद राईले सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री केदार कार्कीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको छ । सांसद राईले विपक्षीहरूलाई मुख्यमन्त्रीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन पनि उहाँले आग्रह गर्नुभयो । प्रदेश सभामा संकल्प प्रस्ताव संविधान र प्रदेशसभा नियमावलीविपरीत आएको उहाँको भनाइ थियो । संकल्प प्रस्ताव जस्केलाबाट छिराएको उहाँले बताउनुभयो । संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकारको विषयमा अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक व्यवस्था रहेको उहाँले दाबी गर्नुभयो ।

म संविधानभन्दा एक इञ्च पर जान्नँ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू संविधानभन्दा बाहिर नरहेको बताउनुभएको छ । संकल्प प्रस्ताव माथिको छलफलका क्रममा बोल्दै मुख्यमन्त्री कार्कीले संविधानको हरेक धारा धारा पालना गर्ने बताउनुभयो । संविधानको धाराबाटै आफूले निकास दिने उहाँको भनाइ थियो । संविधानको धाराभन्दा एक इञ्च पनि पर नजाने भन्दै सदनमा कहिले यता कहिले उता हुँदा हुँदा आफू थाकेको उहाँले बताउनुभयो । आफू मध्यावधि रोक्न मुख्यमन्त्री भएको उहाँको भनाइ थियो । कार्कीले आफू पार्टीको लेटरप्याड र झण्डामा मुख्यमन्त्री नबनेको बताउनुभयो । ‘म मुख्यमन्त्री बन्दा मेरो पार्टीको बहुमत फरक थियो । एक तिहाइले मात्र सही गरेको हो । एकबाट आठ र आठबाट ४७ अनि त्यो बढेर ८६ भएको हो,’ उहाँले भन्नुभयो, ‘मलाई मुख्यमन्त्री बनाउँदा र समर्थन दिँदा बहुमत खोजिएन । सिंगो १६८ को उपधारा ५ को व्याख्या गरियो । राजनीतिक स्थिरताको लागि प्रदेशको संरचना बढाउन सर्वसम्मतिको सर्वदलीय सरकार बनाऔँ ।’ अल्पमत र बहुमतको विषयमा संसद्मा प्रस्तुत भएको संकल्प प्रस्तावको विषयमा कुनै टीका टिप्पणी नगर्ने उहाँले बताउनुभयो ।

कांग्रेसको बहिष्कारबीच गण्डकीको अधिवेशन स्थगित
विपक्षी दलले बहिष्कार गरेको गण्डकी प्रदेशसभा स्थगित भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आहृवानको पत्र सुनाएर स्थगित गरिएको हो । यसअघि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय लिएका थिए । विपक्षीबिनै बसेको प्रदेशसभा बैठक अधिवेशन आह्वानको पत्र सुनाएर स्थगित भएको हो । प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । यसअघि बैठक बिना विभागीयमन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची थियो ।

विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं पुनः पहिलो

काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः पहिलो नम्बरमा परेको छ । स्विट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आइक्यु एअरका अनुसार शुक्रबार काठमाडौं प्रदूषित शहरको सूचीमा एक नम्बरमा परेको हो । शुक्रबार दिनभर नै काठमाडौं प्रदूषित शहरको सूचीमा एक नम्बरमै रहेको थियो । यसअघि छिटपुट वर्षाका कारण यो सूची घटबढ हुँदै आएको थियो । मौसम धुम्मिएसँगै काठमाडौंमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको थियो । शुक्रबार साँझ ८ बजेको मापनअनुसार एअर क्वालिटी इन्डेक्स (एक्युआई) १५८ पुगेको थियो ।

नेपाल विश्वका १२२ प्रदूषित शहरमध्ये एक नम्बरमा रहेको हो । यसअघि अप्रिल ७ मा पनि काठमाडौं प्रदूषित शहरको पहिलो नम्बरमा परेको थियो । विश्वका प्रदूषित शहरको दोस्रोमा भियतनामको हनोई, तेस्रोमा लोकतान्त्रिक गणतन्त्रको किन्सासा, चौथोमा थाइल्याण्डको चियाङ माई, पाँचौँमा दक्षिण कोरियाको बुसान, छैठाँैमा थाइल्याण्डको बैंकक, सातौँमा भारतको कोलकात्ता, आठौँमा पाकिस्तानको लाहोर, नवौँमा दक्षिण कोरियाको सोल र दशौँमा इजिप्टको कायरो रहेको छ ।

प्रदूषणका कारण सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् भने श्वासप्रश्वासमा समस्या देखिएको छ । वातावरणविद् भुषण तुलाधर वायु प्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोमा पर्ने गरेको बताउनुहुन्छ । उहाँ वायु प्रदूषणले मानिसको शरीरमा आक्रमण नगर्ने कुनै अंग नै नरहेको बताउनुहुन्छ । वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पिएम १० र पिएम २.५ को मापदण्डमा जाँचिन्छ । पिएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरूसँग सम्बन्धित छ भने पिएम २.५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरूसँग सम्बन्धित छ ।

अहिले काठमाडौंको हावामा यस्ता विषाक्त ग्यासको मात्रा उच्च छ । विज्ञहरूका अनुसार बाहिर हावाबाट आएको श्वासनली र नलिकाबाट आउने अक्सिजन रगतसम्म पुग्ने गर्छ र रगतमा रहेको विकारको पदार्थ कार्बनडाई अक्साइडलाई नलिकाबाट फोक्सोको श्वासनलीबाट बाहिर फाल्ने क्रम रक्तसञ्चार प्रणालीमा चलिरहन्छ । पिएम २.५ ग्यासेस पार्टिकलहरू स्वास्थ्यका लागि खराब खालका हुन्छन् ।

यी ग्यासहरू श्वासनली हुँदै भित्र छिर्छन् । ती हानिकारक पदार्थहरू विभिन्न अंग हुँदै रगतसम्म पुग्छन् र रगतका भित्ताहरूलाई कडा बनाइदिन्छन् । जसले रक्तचाप बढाउँछ । रक्तचाप बढेपछि सामान्य अवस्थामा भन्दा प्रदूषणयुक्त ठाउँमा बसेको मान्छेमा हृदयाघात र स्ट्रोकको सम्भावना १० गुणासम्म बढेर जान्छ । यसरी वायु प्रदूषणले नै स्ट्रोक र हृदयाघातको समेत प्रचुर सम्भावना बढाइदिन्छ ।

काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धूलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धुवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धुवाँ पनि वायु प्रदूषणका स्रोत हुन् ।

यस्तो छ तपाईंको वैशाख ८ गते शनिबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८१ वैशाख ८ गते शनिबार, ई.स. २०२४ अप्रिल २०, तिथि- चैत्र शुक्लपक्ष द्वादशी, नक्षत्र- पूर्वफाल्गुनी, १५ः०० बजेपछि उत्तरफाल्गुनी, ध्रुव- योग, वव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः३६, सूर्यास्त- १८ः३१ ।

मेष : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

वृष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

मिथुन : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

कर्कट : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कन्या : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

तुला : मनमा निराशा र खिन्नताको प्रादुर्भाव हुनेछ ।

वृश्चिक : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट सुुखद खबर प्राप्त हुनेछ ।

मकर : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कुम्भ : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मीन : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

‘पेमेन्ट गेटवे’ खरिद प्रकरण : सुनील पौडेल दोषी ठहर, आठ जनाले पाए सफाइ

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनील पौडेललाई विशेष अदालतले दोषी ठहर गरेको छ । नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै अदालतले शुक्रबार दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गरेको हो । उनको सजाय निर्धारणको लागि वैशाख २५ गतेका लागि पेसी तोकिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा नेसनल पेमेन्ट गेटवेको खरिदमा भ्रष्टाचार गरेको आरोपमा दुई सचिवसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) अन्तर्गत खरिद भएको पेमेन्ट गेटवेमा संलग्नहरूमाथि अख्तियारले २४ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । पौडेल अकुत सम्पत्तिसम्बन्धी मुद्दाको अनुसन्धानमा हाल अख्तियारको थुनामा छन् । उनी नेपालको सूचना प्रविधि क्षेत्रका अन्य भ्रष्टाचार प्रकरणमा पनि मुछिएका छन् । पौडेलबाहेक सञ्जय शर्मा, प्रणिता उपाध्यय, रमेश पोखरेल, रामबहादुर बुढा, निमबहादुर वली, रामशरण गायक, सफल श्रेष्ठ र मधुकुमार मरासिनीले सफाइ पाएका हुन् ।

नेपाल सरकारका मरासिनीलाई भने अदालतले सफाइ दिएको हो । उनीमाथि अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख (सहसचिव) हुँदा प्रक्रिया मिचेर नेसनल पेमेन्ट गेटवेका लागि बजेट दिएको अभियोगमा भ्रष्टाचार मुद्दा चलाइएको थियो । २३ करोड २७ लाख लागतमा ६ वर्षअघि खरिद भएको नेसनल पेमेन्ट गेटवे (एनपिजी) अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी)का तत्कालीन कार्यकारी निर्देशक समेतको मिलेमतो र योजनामा उक्त हिनामिना भएको पनि निष्कर्ष निकालेको छ ।
अख्तियारले तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इञ्जिनियर रामशरण गायकविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको थियो ।

के हो दुई सचिव मुछिएको नेसनल पेमेन्ट गेटवेको घोटाला ?
२०७५ मा करिब २३ करोड २७ लाख रुपैयाँमा खरिद गरिएको सफ्टवेयर प्रयोगमा ल्याउन नसक्दा ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो । सूचना प्रविधि केन्द्रले सफ्टवेयर तयारी भइसक्दा पनि कर्मचारी अभावको कारण देखाउँदै सञ्चालनमा ल्याउन सकेको थिएन । २३ करोड २७ लाख लागतमा सफ्टवेयर तयारी भइसक्दा पनि ‘डिजिटल पेमेन्ट गेटवे’ अलपत्र परेपछि मुद्दा दायर भएको थियो ।

सरकारले नेपाल र बाहिरबाट हुने भुक्तानीलाई पूर्णरूपमा विद्युतीय माध्यममा लैजान २०७५ असारमा १९ लाख ८८ हजार डलरमा ठेक्का सम्झौता गरेको थियो । एक वर्षअघि नै सफ्टवेयर तयार भइसक्दा पनि राष्ट्र बैंक र सरकारी निकायबीच समन्वय अभावमा सञ्चालन हुन सकेको छैन । ‘६ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको र आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर २५ करोडमा खरिद गरी सरकारी रकमको दुरुपयोग गरेको,’ मुद्दा दायर गर्दा निवेदनमा उल्लेख गरिएको थियो ।

अख्तियारले तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्मा, सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका तत्कालीन निर्देशक सुनिल पौडेल, केन्द्रका उपनिर्देशक सफल श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो । तत्कालीन अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख र हालका आपूर्ति सचिव मधुकुमार मरासिनी, प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, लेखा अधिकृत रामबहादुर बुढा र कप्युटर इञ्जिनियर रामशरण गायकको मिलेमतोमा सफ्टवेयर खरिद गरिएको उल्लेख गरेको थियो ।

‘बजेट तथा कार्यक्रम महाशाखा प्रमुख मधुकुमार मरासिनीले नीति तथा कार्यक्रममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेसनल पेमेन्ट गेटवे खरिद शीर्षकमा एलएमबिआइएस बजेट प्रविष्टका नियमित चरणहरूमा पर्ने कुनै पनि कार्य नगरी, तयारीका आवश्यक कागजातसमेत समावेश नगरी २५ करोड रकम बजेट सिलिङभन्दा बाहिर गई विनियोजन गरी रातो किताबमा समावेश गरेको,’ अख्तियारले आरोप लगाएको थियो ।

अख्तियारले नेसनल पेमेन्ट गेटवे खरिद गरी सञ्चालन गर्ने विषय विशुद्ध प्राविधिक मात्रै नभई बैंकिङ कारोबार सम्बन्धीको ज्ञान हुनुपर्ने र कानुनी प्रावधान आवश्यक हुने, सरोकारवालासँग समन्वयसमेत अनिवार्य तवरमा गर्नुपर्ने पूर्वतयारीको विषय नगरेको जनाएको थियो ।
यसअघि नै महालेखा परीक्षणले समेत नेसनल पेमेन्ट सञ्चालन नभएकोमा प्रश्न उठाउँदै आएको थियो । ‘राष्ट्रिय भुक्तानीद्वारा मुलुकभित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्णरूपमा विद्युतीय माध्यमबाट गर्ने गराउने उद्देश्यले सञ्चालन गर्न ठेक्का लगाइएको थियो,’ महालेखाको ६०औँ प्रतिवेदनमा भनिएको छ, ‘सम्बन्धित निकायबीच समन्वय गरी विद्युतीय पेमेन्ट गेट वे सञ्चालनमा ल्याउनुपर्छ ।’

राष्ट्र बैंकसँग लिइएन अनुमति
राष्ट्रिय भुक्तानीद्वारका लागि ठेक्का लगाएर सरकारले १८ लाख ६७ हजार डलर भुक्तानी गरिसके पनि पेमेन्ट गेटवे सञ्चालनमा आउन सकेको छैन । सञ्चालन अफ्ठ्यारो भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गेटवे स्थापना र सञ्चालन सम्बन्धमा सुझाव पेस गर्न समिति गठन गरेको थियो ।

समितिले तत्कालका लागि मौजुदा नीतिगत, कानुनी र संरचनागत व्यवस्थाबाटै सरकारको राजस्व र खर्च गेटवेमार्फत सञ्चालन गर्न निर्देशक समिति बनाई राष्ट्रिय सूचना प्रविधि केन्द्रमार्फत सञ्चालन गर्ने निर्णय गर्‍यो । तर, उक्त निर्णय कार्यान्वयनमा आएको छैन । सूचना प्रविधि केन्द्रले नेसनल पेमेन्ट गेटवे सञ्चालनका लागि राष्ट्र बैंकसँग अनुमति नलिए सरकारले ऐन नै परिवर्तन गरी पेमेन्ट गेटवे सञ्चालन गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीले बताउँदै आएका छन् ।

मन्दीको मारमा वाणिज्य बैंक

काठमाडौं । पछिल्लो समय बैंकहरूको खराब कर्जादर बढ्दै गएको छ भने नाफादरसमेत घट्दै गएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को माघदेखि चैतसम्मको त्रैमास वित्तीय विवरणअनुसार नाफा ११.५ प्रतिशतले घटेर ४१ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको नाफा ४६ अर्ब ९३ करोड रुपैयाँ थियो ।

त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकको खराब कर्जा २.८५ प्रतिशतबाट बढेर ३.४८ प्रतिशत पुगेको छ । दोस्रो त्रैमासमा खराब कर्जा कुल कर्जाको ३.६३ प्रतिशत थियो । गत वर्षको सोही अवधिमा बैंकहरूको यस्तो औसत खराब कर्जा २.६ प्रतिशतमात्रै थियो ।

वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरणअनुसार नाफा ११.५ प्रतिशतले घटेर ४१ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा नाफा ४६ अर्ब ९३ करोड थियो ।

आर्थिक मन्दी र कोरोनालगायतका कारण वाणिज्य बैंकहरूको नाफा घट्नुका साथै खराब कर्जासमेत बढेर गएको हो । तरलता बढे पनि नयाँ कर्जा माग छैन भने प्रवाहित कर्जा असुली पनि हुन सकेको छैन, जसका कारण बैंक दोहोरो मारमा परेका छन् ।

कृषि विकास बैंकको खुद नाफा सबैभन्दा धेरै ९७.२२ प्रतिशतले बढ्दा दोस्रो धेरै लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशतले बढेको छ । त्यस्तै, प्राइम कमर्सियल १६.६६, सिद्धार्थ बैंक १३.०२, हिमालयन बैंक १२.०४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७.५२ र एरभेष्ट बैंकको खुद नाफा ५.७७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेपाल बैंकको ९२.६८ प्रतिशतले खुद नाफा घटेको छ भने एनआइसी एसिया बैंक ५२.३१, माछापुच्छे« बैंक ३६.७३, नेपाल एसबिआई बैंक ३५.४४, राष्ट्रिय वाणिज्य बैंक ३३.६०, ग्लोबल आइएमई बैंक २४.१३, कुमारी बैंक १९.१२, एनएमबी बैंक १६.४४, सानिमा बैंक १५.९०, नबिल बैंक ८.७६, प्रभु बैंक ७.२७, स्ट्याण्डर्ड चार्टर्ड बैंक ६.२४ प्रतिशत र सिटिजन बैंक इन्टरनेसनलको सबैभन्दा कम १.९९ प्रतिशतले खुद नाफा घटेको छ । २० वाणिज्य बैंकमध्ये नौवटाले दुर्ई अर्बभन्दा धेरै खुद नाफा आर्जन गरेका छन् भने दुईवटाको नाफा एक अर्बभन्दा कम रहेको छ । बाँकी नौवटाको नाफा एक अर्बभन्दा धेरै र दुर्ई अर्बभन्दा कम छ ।

नबिल चार अर्ब ६६ करोड ८० लाख, ग्लोबल आइएमई तीन अर्ब ३० करोड ६५ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा तीन अर्ब २७ करोड ५२ लाख, प्राइम कमर्सियल दुई अर्ब ८७ करोड ८७ लाख, एभरेष्ट दुई अर्ब ६० करोड ८४ लाख, स्ट्याण्डर्ड चार्टर्ड दुई अर्ब ४४ करोड ७१ लाख र राष्ट्रिय वाणिज्य बैंकको नाफा दुई अर्ब ३७ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, एनएमबी दुई अर्ब २४ करोड १५ लाख, कृषि विकास बैंक दुई अर्ब पाँच करोड ३१ लाख, हिमालयन एक अर्ब ९४ करोड ८१ लाख, एनआइसी एसिया एक अर्ब ९१ करोड ४८ लाख, प्रभु एक अर्ब ८१ करोड २४ लाख, सिद्धार्थ एक अर्ब ६८ करोड ४० लाख, धनलक्ष्मी सनराइज एक अर्ब ६१ करोड ५९ लाख, सानिमा एक अर्ब ४३ करोड ९४ लाख, सिटिजन्स एक अर्ब २१ करोड १४ लाख, नेपाल एसबिआई एक अर्ब १६ करोड ४१ लाख, कुमारी एक अर्ब पाँच करोड २७ लाख, माछापुच्छ«े ८५ करोड ५४ लाख र नेपाल बैंकको नाफा १३ करोड पाँच लाख रुपैयाँ रहेको छ । बैंकहरूको प्रतिसेयर आम्दानी औसतमा १५.४२ प्रतिशतमा झरेको छ । यसअघि यस्तो अनुपात १९.६७ प्रतिशतसम्म थियो ।

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा

काठमाडौं । समृद्धिका लागि हरित ऊर्जा भन्ने नाराका साथ वैशाख १२ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ । आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिएका हुन् ।

वैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोको पहिलो दिन बिहान विद्युतीय सवारी (इभी) र्‍याली हुने र वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पो उद्घाटनको कार्यतालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलनमा बताउनुभयो ।

विद्युत्को आन्तरिक खपत बढाउन र वातावरणमैत्री सवारीसाधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिने इभी र्‍याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युत् प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शीतल निवास, बालुवाटरलगायतका मुख्य स्थान हुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो स्थल भृकुटीमण्डपमा समापन हुनेछ । र्‍यालीमा विद्युत्बाट चल्ने दुर्ईपांग्रे, तीनपांग्रे, चारपांग्रे र छपांग्रे इभीलाई निःशुल्करूपमा सहभागी गराइने पनि आयोजकले जनाएको छ ।

पहिलो दिन इभी र्‍यालीका अलावा उच्चस्तरीय बिजनेस मिटिङ पनि आयोजना हुनेछन् । जसमा भारतका प्रतिष्ठित अडानी गुप, पिटिसीलगायतका कम्पनीका प्रतिनिधिसँग बिजनेस मिटिङ हुनेछ । एक्स्पोमा हालसम्म १२ भन्दा बढी देशका सयभन्दा धेरै स्टल बुकिङ भइसकेको इप्पानले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् दीर्घकालीनरूपमा निर्यात गर्ने सम्झौता भइसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशसमेत गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने उद्देश्यसहितको २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माण गरिसकेको सन्दर्भ र लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुने एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानको दाबी छ ।

नेपालमा उत्पादित विद्युत्को आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाबारेमा ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानका महासचिव बलराम खतिवडाले जिकिर गर्नुभएको छ ।

ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँ-नयाँ प्रविधि र उपकरण प्रदर्शनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशको सहभागिता निश्चित भइसकेको एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका कार्यकारी निर्देशक विजयसागर प्रधानले बताउनुभएको छ ।

नेपालमा पनि ऐसले फर्निचर

काठमाडौं । विश्वप्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा शोरुम स्थापना गरेको छ । ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा बिक्रेतामध्येको एक हो ।

गत १८ वर्षदेखि अमेरिकाको सबैभन्दा धेरै बिक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको ऐसलेका विश्वभर ६६ राष्ट्रमा ११ सयभन्दा बढी होमस्टे सञ्चालनमा रहेका छन् । ऐसलेको नेपालस्थित आधिकारिक बिक्रेतामा एसएन जोशी एण्ड सन्स कम्पनी प्रालि रहेको छ ।

विश्वविख्यात फर्निचर ब्राण्ड नेपालमा ल्याई उत्कृष्ट उत्पादकलाई नेपालीमाझ साक्षात्कार गराउने उक्त कम्पनी विगत २० वर्षदेखि फर्निचर क्षेत्रमा सक्रिय रहँदै आएको छ ।

शोरुममा विभिन्न लिभिङ रुम, डाइनिङ रुम, बेडरुमको साजसज्जासहित आवश्यक सामान उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सिटिजन्स स्मार्ट बचत खातामा १७ सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ । २०६४ साल वैशाख ७ गते २०औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको बैंक शुक्रबारदेखि १८औँ वर्षमा प्रवेश गरेको हो । यसबीचमा बैंक करिब १७ लाख २४ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएका एक सय ९० शाखामार्फत् चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब एक खर्ब ८४ अर्ब रहेकोमा कर्जातर्फ एक खर्ब ५६ अर्ब रहेको बैंकले जनाएको छ । सो अवधिमा बैंक करिब एक अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले १७औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार बिहानै सातवटै प्रदेशमा करिब १० सय ५३ कर्मचारीको सहभागितामा प्रभातफेरी आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानसमेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातवटै प्रदेशका कुल २५ शाखाबाट करिब छ सय ८४ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

सोही अवसरमा मधेश प्रदेशअन्तर्गत वीरगञ्ज शाखा र लुम्बिनी प्रदेशअन्तर्गत बुटवल शाखाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शिविरमा करिब तीन सय सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधिसमेत निःशुल्क प्राप्त गरेका बैंकले जनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकले सिटिजन्स स्मार्ट बचत खातालाई १७ थरी आकर्षक सुविधा थप गरेर ल्याएको छ ।

अब ग्राहकले यस्तो योजनाअन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधा निश्चित समयका लागि प्राप्त गर्न सक्नेछन् । सिटिजन्स बैंकले बचतसम्बन्धी विषय ध्यानमा राख्दै वित्तीय साक्षरतासम्बन्धी एक भिडियो सामग्रीसमेत सार्वजनिक गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै यसै दिनदेखि बैंकले आफ्ना थप छवटा शाखाबाट प्रिभिलेज काउन्टरसमेत सुरु गरेको छ ।

काठमाडौं उपत्यकाभित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्युरोड शाखामा र उपत्यकाबाहिर बुटवल र हस्पिटललाइन शाखामा शुक्रबारदेखि प्रिभिलेज काउन्टर सुचारु भएको हो । त्यसैगरी सिटिजन्स बैंकको मुख्य प्रायोजनमा १०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता वैशाख ९ देखि १५ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ ।

डिसहोमको रिचार्ज बोनस अफर

काठमाडौं । डिसहोम डिटिएचका ग्राहकले रिचार्ज रकम बराबरकै बोनस पाउने भएका छन् । कम्पनीका अनुसार ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आइएमई पे, खल्तीमार्फत् रिचार्ज गर्न सक्नेछन् ।

तीन सय ६५ दिनदेखि रिचार्ज नगरेका गाहकलाई लक्षित गरी कम्पनीले यस्तो योजना ल्याएको हो । ग्राहकले चार सय रुपैयाँ रिचार्ज गर्दा चार सय रुपैयाँ नै बोनस प्राप्त गर्नेछन् । योजना सीमित अवधिका लागिमात्र लागू हुने पनि कम्पनीले जनाएको छ ।

त्यस्तै, नियमित रिचार्ज गरिरहेका ग्राहकले भने एक वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिसहोम हेर्ने पक्का मौका पाउनेछन् । डिसहोम डिटिएचका नियमित ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आइएमई पे, खल्तीमार्फत् वार्षिक रिचार्ज गरेर अफरमा सहभागी हुन पाउने बताइएको छ ।

गरिमा र गण्डकी टानबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थालाई बैंकका विभिन्न प्रकारका कर्जामा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको क्षेत्रीय कार्यालय पोखराका प्रबन्धक भोलाप्रसाद तिवारी र टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार टानका सदस्यलाई गरिमा विकास बैंकले अधिकतम ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियमअनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ ।

साथै पाँच लाखसम्मको बैंक ग्यारेन्टीमात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ । उल्लेखित सेवाहरूबाट टान सदस्यलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । यसअघि बैंकले टानको केन्द्रीय संगठन काठमाडौसँग पनि सम्झौता गरिसकेको छ ।

ग्लोबलको एक्सटेन्सन तुल्सीपुरस्थित मालपोतमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप-महानगरपालिका ६, मदनआश्रित चोकस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

तुल्सीपुर उप-महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहबीच एक्सटेन्सन काउन्टर उद्घाटन गर्नुभएको हो ।

सेवाग्राहीको चाप र आवश्कता मध्यनजर गर्दै बैंकले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको जनाएको छ । उक्त काउन्टरसँगै बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर संख्या ६८ पुगेको छ ।