28th October | 2020 | Wednesday | 10:38:12 PM

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि थुनामा

  POSTED ON : आश्विन ९, २०७७ (९:०२ PM)

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि थुनामा

काठमाडौं । रामेछाप जबरजस्ती करणीको अभियोग लागेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले शुक्रबार उक्त आदेश दिएको हो । गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीले आफूमाथि जबरजस्ती करणी गरेको खड्काविरुद्ध जाहेरी दर्ता गराएकी थिइन् । खड्काकाविरुद्ध परेका ३ वटामध्ये अन्य दुई मुद्दामा भने धरौटी माग भएको छ । 

शरीर बन्धक मुद्दामा दर्पण घिसिङको जाहेरीपछि पक्राउ परेका खड्काविरुद्ध जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बेला थप दुई मुद्दा दर्ता भएका हुन् । प्रहरीले तीनवटै मुद्दा अनुसन्धानका लागि खड्कालाई २५ दिन थुनामा राखेको थियो ।


Views: 82