3rd December | 2020 | Thursday | 12:21:51 AM

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३, २०७७ (१:१० PM)

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु

काठमाडौं । सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय रोशन खड्का अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान हाम फालेका थिए । 

गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बानेश्वर बस्ने रोशनको मानसिक अवस्था ठीक नभएको अस्पताल स्रोतले जनाएको छ ।


Views: 60

सम्बन्धित सामग्री:

साउनयता मरे तीन हात्ती

: मंसिर १७, २०७७ (१:१८ PM)