3rd December | 2020 | Thursday | 7:21:26 AM

उपत्यकाका २६ स्थानमा ट्राफिक लाइट सञ्चालनमा

  POSTED ON : कार्तिक ४, २०७७ (१२:४२ PM)

उपत्यकाका २६ स्थानमा ट्राफिक लाइट सञ्चालनमा

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान गरिएको छ । 

रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । 

ट्राफिक लाइट जडान गरी महाशाखालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले विभिन्न संघ संस्था र स्थानीय तहसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालन गरिएको बताउनुभयो । 

आजसम्म काठमाडौं उपत्यकाका २६ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आइसकेको पनि उहाँले बताउनुभयो । उपत्यकामा ९ वर्ष देखि विग्रिएर रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालनमा ल्याउँदा ट्राफिक व्यवस्थापनमा सहज भएको पनि ढकालले बताउनुभयो । लाइटको माध्यमाट ट्राफिक व्यवस्थापन गर्दा कम जनशक्ति लाग्ने मात्र नभई नागरिकमा प्रविधिप्रति सम्मान गर्ने भावनाको विकास हुने पनि उहाँले बताउनुभयो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमा लैजाने योजना अनुरुप विभिन्न स्थानमा विग्रिएर रहेका लाइटहरुको मर्मत गरी प्रयोग गरिएको पनि ढकालले बताउनुभयो । यस्तै उपत्यकामा रहेका सबै सिसि क्यामरा मार्फत निगरानी गर्ने कार्यलाई पनि प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको छ । यस्तै ट्राफिकबाट दिइने कुनैपनि सेवालाई अनलाइन मार्फत गर्ने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । कुनैपनि सवारीसाधन कारबाहीमा परेमा सडकबाटै तत्काल राजश्व बुझाउन सक्ने प्रणालीको विकास गर्न लागिएको पनि ढकालले बताउनुभयो ।



Views: 50

सम्बन्धित सामग्री:

साउनयता मरे तीन हात्ती

: मंसिर १७, २०७७ (१:१८ PM)