3rd December | 2020 | Thursday | 5:56:15 AM

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

  POSTED ON : कार्तिक ६, २०७७ (१२:१४ PM)

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

साँखु । शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिनुभयो ।

१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको खरेलले बताउनुभयो । उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

रासस


Views: 74

सम्बन्धित सामग्री:

साउनयता मरे तीन हात्ती

: मंसिर १७, २०७७ (१:१८ PM)