3rd December | 2020 | Thursday | 12:42:58 AM

भूकम्पबाट क्षति भएका धादिङ जिल्लाका ९ हजार १ सय २१ घरधुरीका सर्बेक्षण

बाबुराम श्रेष्ठ   POSTED ON : कार्तिक ६, २०७७ (१:४३ PM)

भूकम्पबाट क्षति भएका धादिङ जिल्लाका ९ हजार १ सय २१ घरधुरीका सर्बेक्षण

धादिङ । २०७२ साल बैशाख १२ गतेकोे विनासकारी भुकम्पबाट क्षति ग्रस्त भएको धादिङ जिल्लाका ९ हजार १ सय २१ घरधुरीको सर्बेक्षण गरिएको छ । 

यस्तै लाभग्राही सूचीमा परेका कुल ७९ हजार ६ सय ५१ घरधुरी रहेका छन् भने प्रबलीकरण सुचीमा परेका लाभग्राही संख्या २ हजार ३ सय ५९ रहेका छन् ।

 यस्तै अहिले सम्म अनुदान सम्झौता सम्पन्न भने ७७ हजार ६ सय २ रहेको छ । जस अनुसार पहिलो किस्ता पाउने लाभग्राहीहरुमा ७६ हजार ५ सय १०, दोश्रो किस्ता पाउनेमा ७१ ह्जार ३ सय ७३, तेस्रो किस्ता पाउनको संख्या ६४ हजार ७ सय २६, बन्दै गरेका घरहरुमा ७२ हजार ४६ र निर्माण सम्पन्न भएका घरको संख्या भने ५३ हजार ३ सय २० रहेको छ । 

त्यसैगरी बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रका लाभग्राहीहरुको संख्या १ हजार १ सय ३९ जना रहेका छन् । 

आयोजनाबाट प्रभावित हुनेमा ज्वालामुखी गाउँपालिकाका ३ सय ४२ घरधुरी, नीलकण्ठ नगरपालिकामा ७० र त्रिपुरासुन्दरी गाउँपालिकामा ७ सय २७ घर रहेका छन् । भुकम्पका कारण १६ बर्षमुनिका नाबालक, एकल महिला, घरमुली भएका ६५ बर्षभन्दा माथिका र अपाङ्गता घरमुली भएका रातो कार्ड भएको, ७५ बर्ष माथिका बृद्धबृद्धाहरु घरमुली भएका लाभग्राहीको संख्या १ हजार ८ सय २९ रहेका छन् भने भुमिहिन लाभग्राहीहरुको संख्या १ सय २३ रहेका छन् । 

जस अनुसार पालिका गत रुपमा हेर्दा घरमुली भएका लाभग्राहीको संख्या बेनिघाट रोराङ गाउँपालिकाका ८६, भुमिहिन लाभग्राहीको संख्या ३७, धुनिबेसी नगरपालिकाका १ सय ४३, भुमिहिन लाभग्राहीको संख्या ७, गजुरी गाउँपालिकाका १ सय २, भुमिहिन लाभग्राहीको संख्या १३, गल्छी गाउँपालिकाका १ सय ४७, भुमिहिन लाभग्राहीको संख्या १४, गंगाजमुना गाउँपालिकाका १ सय ५६, भुमिहिन लाभग्राहीको संख्या १, ज्वालामुखी गाउँपालिकाका १ सय ६५, भुमिहिन लाभग्राहीको संख्या १, खनियाबास गाउँपालिकाका १ सय ४, भुमिहिन लाभग्राहीको संख्या २, नेत्रावती डबजोङ गाउँपालिकाका ८९, नीलकण्ठ नगरपालिकाका ३ सय ६७, भुमिहिन लाभग्राहीको संख्या ५, रुबिभ्याली गाउँपालिकाका ८२, भुमिहिन लाभग्राहीको संख्या १, सिद्धलेक गाउँपालिकाका १ सय ९,भुमिहिन लाभग्राहीको संख्या ८, थाक्रे गाउँपालिकाका १ सय ५२ भुमिहिन लाभग्राहीको संख्या २५, र त्रिपुरासुन्दरी गाउँपालिकाका १ सय २७, भुमिहिन लाभग्राहीको संख्या ४ घर रहेका छन् । जोखिम बस्तिका लाभग्राहीहरु ४ सय १७ रहेका छन ।

 जसमा गंगाजमुना गाउँपालिकामा १ सय ३९, खनियाबास गाउँपालिकाका ८, रुविभ्याली गाउँपालिकाका २ सय ६९ र थाक्रे गाउँपालिकाका १ घरले अनुदान लिइसकेका छन् । भुकम्प पछि पुननिर्माण कार्य गर्दा बास्तविक भुकम्पपिडितहरु अझै पनि लाभग्राही कायम हुन नसक्नु, भुकम्पपछि घरधुरी संख्या ह्वात्तै बढ्नु, अनुदान लिनकै लागि घर बनाउने प्रयास गर्नु, अनुदान रकमबाट घर निर्माण गर्ने तर सो घरमा नबस्ने पुरानो घर प्रयोग गरेको जस्ता समस्या उत्पन्न भएको छ । 

भुकम्पपछि लाभग्राही कायम हुन नसकेका जिल्लाका भुकम्प प्रभावितहरु अहिले धमाधम लाभग्राही कायम हुन पाँउ भन्दै पुनरावेदन गर्न थालेका छन् । पुनःनिमर्ण प्राधिकरणले पुनरावेदनको समय सिमा असोज मसान्तसम्म गैह्र लाभग्राही भएको जानकारी पत्र बुझाई सक्ने र त्यसको ३५ दिन भित्र पुनरावेदन गर्न सक्ने समय तोकेको छ । अहिले जिल्ला स्थित कार्यालयमा भुकम्प पिडितहरुको पुनरावेदन गर्न भिड नै लागेको छ । पटक पटक गुनासो गर्दा पनि लाभग्राही कायम हुन नपाएका र पुन सर्बेक्षणका क्रममा पनि नसमेटिएका भुकम्प पिडितहरु अहिले पुनरावेदनका लागि जिल्ला धाउन थालेका छन् । यस अवधिसम्म धादिङबाट पुनरावेदन गर्न योग्य हुनेको संख्या १३ हजार पाँच सय ७१ रहेको छ ।

 


Views: 106

सम्बन्धित सामग्री:

साउनयता मरे तीन हात्ती

: मंसिर १७, २०७७ (१:१८ PM)