3rd December | 2020 | Thursday | 12:44:48 AM

मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : कार्तिक ६, २०७७ (८:४६ PM)

मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

रुघाखोकी लागेपछि केही दिनदेखि होम आइसोलेसनमा बस्नुभएको पोडेलले पीसीआर टेष्ट गराउनु भएको थियो ।

उहाँको रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

 मुख्यमन्त्री पौडेलसँगै उहाँकी पत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


Views: 73

सम्बन्धित सामग्री:

साउनयता मरे तीन हात्ती

: मंसिर १७, २०७७ (१:१८ PM)