21st January | 2021 | Thursday | 4:58:44 AM

एउटै विद्यालयका १६ विद्यार्थी कक्षा १२ को परीक्षा दिन बञ्चित

राधिका बुढाथोकी   POSTED ON : मंसिर ११, २०७७ (६:२० PM)

एउटै विद्यालयका १६ विद्यार्थी कक्षा १२ को परीक्षा दिन बञ्चित

सिन्धुली । तीनपाटन गाउँपालिका–५ मा रहेको श्री उच्च माध्यमिक विद्यालय मझुवा दोभानका १६ जना विद्यार्थी कक्षा १२ को परीक्षा दिनबाट बञ्चित भएका छन् । गत मंसीर ९ गतेबाट सुरु भएको परीक्षामा ७८ जना विद्यार्थीमात्र सहभागि भएका छन् ।

उक्त विद्यालयका शिक्षक लिला पुर्वछानेका अनुसार ९५ जना विद्यार्थीले परीक्षा फारम भरेका थिए । जसमध्ये १६ जना विद्यार्थी परीक्षामा सहभागि नहुनुको कारणबारे विद्यालय नै बेखबर रहेको छ ।

उक्त विद्यालयका एकजना विद्यार्थी रुपेश पुलामीले परीक्षा शुल्क बुझाएको भएपनि परीक्षा दिन नपाएको गुनासो गर्नुभएको थियो । यसबारे विद्यालय प्रशासनसंग बुझ्दा विद्यार्थी पुलामीले परीक्षा शुल्क विद्यालयलाई बुझाए पनि परीक्षा फारम नभरेकाले यसबर्षको परीक्षा दिन नपाउनु भएको जनाएको छ । विद्यार्थीले भने परीक्षा फारम पनि भरेको र परीक्षा शुल्क पनि बुझाएको अडान लिएका थिए ।

यससम्बन्धमा विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघका प्रतिनिधि सहित वडाअध्यक्ष समेतको उपस्थितमा छलफल गरेर यसबर्षको परीक्षा दिन नमिल्ने निश्कर्ष निकाल्दै अर्को बर्षको परीक्षाका लागि परीक्षा शुल्क तिर्न नपर्ने र फारम विद्यालयले भरि परीक्षा दिइने व्यवस्था मिलाउने सहमति भएको जनाईएको छ ।   


Views: 140