सिन्धुली । सिन्धुलीमा आज १२ जना कोरोना संक्रमित थपिएका छन् ।
२१ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको सिन्धुली असपतालले जनाएको छ ।
संक्रमितमध्ये १० जना कमलामाई नगरपालिकाका र २ जना गोलन्जोर गाउँपालिकाका रहेका छन् । उहाँहरु होम आइशोलेसनमा उपचारत हुनुहुन्छ ।
हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २६ रहेको छ ।
हालसम्म जिल्लामा ३४५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
Views: 131