धादिङ । माघे संक्रान्तिको अवसरमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोट स्थित भङगेरी स्थानमा गोरु जुधाई महोत्सव सम्पन्न भएको छ ।
धुवाँकोटको बिकास निर्माण कार्यमा टेवा पुराउने मुख्य उदेश्यका साथ माघ १ गते अर्थात माघे संक्रान्तिको दिन उक्त स्थानमा गोरु जुधाउने कार्यक्रम गरिएको हो । सँस्कृति संरक्षण तथा पर्यटन प्रबर्द्धन केन्द्र धादिङको आयोजना र भङगेरी युबा क्लब निलकण्ठको नगरपालिका १४ धुवाँकोटको सह आयोजनामा भएको गुरु जुधाइ महोत्सव धादिङ, गोरखा र नुवाकोट गरी करिब १८ हल गोरु जुधाईएको सँस्कृति संरक्षण तथा पर्यटन प्रबर्द्धन केन्द्र धादिङका अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
गोरु जुधाइ कार्यक्रममा १८ हल गोरु बीच तीन समुहमा बिभाजन गरिएको थियो । जस अनुसार पहिलो समुह अन्तर्गत सिनियरमा ४ हल गोरु , बिजेता गोरु धनीले रु १२ हजार, उपबिजेताले रु १० हजार, दोस्रो समुहमा ७ हल बिजेता गोरु धनीले रु १० हजार, उपबिजेताले रु ८ हजार, तेस्रो समुहमा ७ हल बिजेता गोरु धनीले रु ७ हजार, उपबिजेताले रु ५ हजार, नगद र प्रमाण पत्र गरी कुल २ लाख ९८ हजार पुरस्कर वितरण गरिएको थियो ।
सदरमुकाम देखि करिब १२ किलोमिटर रहेको छ । गोरु जुधाएको स्थानमा अवलोकन गर्ने क्रममा सोही स्थानका एक महिला लडेर घाईते भएका छन् । गोरु जुधाउन मैदानमा गोरु ल्याउने क्रममा माथि बाट खसेर एक जना महिला घाइते भएको हो । घाईते महिलाको सामान्य उपचार पछि घर लगिएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्से खाल्टेमा पनि १० हल गोरु जुधाईएको छ । चमेरो गुफा संरक्षण समाज नलिकण्ठ नगरपालिका ५ फ्याक्सेको आयोजनामा सातौं गोरु जुधाई महोत्सव कार्यक्रम सम्पन्न गरिएको हो । उक्त प्रतियोगितामा विजेता गोरु धनीले रु ६ हजार र उपविजेताले रु ३५ सय नगद र प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो । समग्र धादिङ जिल्लाको विकासको लागि विभिन्न स्थानहरुमा मेला महोत्सवहरु हुँदै आइरहेको छ ।
Views: 61