2nd March | 2021 | Tuesday | 6:52:06 AM

सिन्धुपाल्चोकमा सुरु भयो कोरोनाविरुद्धको खोप

विजय नेपाल   POSTED ON : माघ १४, २०७७ (७:०२ PM)

सिन्धुपाल्चोकमा सुरु भयो कोरोनाविरुद्धको खोप

चौतारा । भारत सरकारको सहयोगमा नेपालमा आइपुगेको कोरोना विरुद्धको भ्याक्सिन सिन्धुपाल्चोकमा एक हजार ७ सय ८३ जनालाई लगाइने भएको छ । पहिलो चरणमा सरकारले तोकेको मापदण्डमा रहेर अग्रपंतिमा खटीने श्वास्थ्यकर्मीहरुलाई यो खोप लगाउन लागिएको हो । 

कार्यक्रमको शुरुवात गर्दै आज सिन्धुपाल्चोकमा २० जनालाई खोप लगाइएको छ । १० जना स्वास्थ्यकर्मी र १० जना शव व्यवस्थापनमा खटीने सुरक्षाकर्मीलाई खोप लगाइ शुरुवात गरिएको हो । 

सिन्धुपाल्चोकको लागि प्राप्त १ सय ७८ भायल कोभिसिल्ड भ्याक्सिनबाट १ हजार ७ सय ८० डोज खोप लगाउन सकिन्छ । सो मध्ये सिन्धुपाल्चोकमा १ हजार ७ सय ८३ जनालाई खोप लगाउन लागिएको हो । 

पहिलो चरणमा जिल्लामा रहेका श्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेवीका, एम्बुलेन्स चालक र शव व्यवस्थापनका लागि खटीने नेपाली सेनालाई यो खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाँईले बताए । 

देशैभर आजबाट खोपको सुरुवात गर्ने नेपाल सरकारको नीति अनुसार आज दिउसो तीन बजेबाट जिल्ला अस्पताल चौताराबाट खोप लगाउन सुरु गरिने योजना रहेको चापागाँईले बताए । सिन्धुपाल्चोकमा जिल्ला अस्पताल चौतारा र बाह्रबिसे प्राथमीक स्वास्थ्य केन्द्र, बाह्रविसेबाट खोप सेवा प्रदान गरिनेछ । त्यसको लागि आजै जिल्ला अस्पताल चौतारामा खोप प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई छोटो अवधीको तालिम सञ्चालन गरिएको थियो । तालिम पश्चात चौतारामा आजैबाट र बाह्रविसेमा भोली १५ गतेबाट खोप लगाइनेछ । चौतारा अस्पतालबाट चौतारा र मेलम्ची नगरपालिका सहित जुगल, हेलम्बु, इन्द्रावती र पाँचपोखरी गाँउपालिकाका प्राथमिकतामा परेकाहरुले ५ दिनसम्म् खोप लगाउन पाउनेछन् भने बाँकी स्थानीय तहकाले भने बाह्रविसे प्राथमिक स्वास्थ्य कार्यालयबाट खोप लगाउन सक्नेछन् । 

सिन्धुपाल्चोक जिल्लामा कुल तीन सय ९८ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएकोमा हाल जम्मा ३ जना मात्रै सक्रिय संक्रमीत रहेका छन् । 


Views: 89