11th April | 2021 | Sunday | 6:42:16 PM

सरस्वती कुमालको शव परिवारले अझै बुझेन

बाबुराम श्रेष्ठ   POSTED ON : फाल्गुन १९, २०७७ (५:५१ PM)

सरस्वती कुमालको शव परिवारले अझै बुझेन

धादिङ । सोमबार धादिङको सल्यानटारमा डोजरको ठक्करपछि ज्यूँदै पुरिएकी सरस्वती कुमालको शव परिवारले अझै  बुझेको  छैन । 

नजिकैको बनबाट घाँस काटेर  आउँदै गरेकी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटोले पुरिएर कुमालको  मत्यु भएको थियोे  । सोमबार दिउँसो धादिङवेशी सल्यानटार सडक खण्ड निर्माणमा प्रयोग भएको डोजरको ठक्कर दिएको कुमाललाई चालकले ज्यूँदै खाल्डोमा पुरेर मारेको स्थानीय बासिन्दाहरुको भनाइ  छ ।

 उक्त सडक खण्डको पिचको लागि दायाँबायाँ बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा माटोले पुरिएर त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर १ का ४५ वर्षीय सरस्वती कुमालको सोमबार मृत्यु भएको थियो । मृतक कुमालको परिवारले दोषीमाथि कारवाही नभएसम्म  शव नबुझ्ने बताएका छन्  । 

कुमालको शव  प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा राखिएको छ । मृतकको परिवार, आफन्त र स्थानीयले दोषीमाथि कारवाही र क्षतीपूर्तिको माग राख्दै त्रिपुरासुन्दरी गाउँपालिका कार्यालयमा ताला लगाएका छन् । कुमालको मृत्यु भएपछि  स्थानीयले  डोजरमा आगजनी  समेत गरेका थिए ।


Views: 383