16th May | 2021 | Sunday | 7:10:16 PM

धादिङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

बाबुराम श्रेष्ठ   POSTED ON : चैत्र २६, २०७७ (११:५७ AM)

धादिङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत  धादिङको गल्छी गाउँपालिका वडा नम्बर ३ स्थित  बैरेनीमा सवारी  दुर्घटना  हुँदा  एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्छी गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षिय वुद्धिबहादुर उपरकोटी रहेको जिल्ला प्रहरी  कार्यालय धादिङका प्रहरी   उपरीक्षक महेन्द्र खड्काले जानकारी  दिनु भयो । बुधबार  बा १९ च ३६०९ नम्बरको जीपले पैदल  हिडिरहेका उपरकोटीलाई ठक्कर  दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

 ठक्कर दिने गाडीको खोजी गरि चालकलाई  कारवाहीको माग गर्दै स्थानीयहरुले केही समय पृथ्वी राजमार्ग बन्द समेत गराएका थिए । ठक्कर  दिने गाडी र गाड़ी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरिक्षक युवराज खड़काले जानकारी दिनु भयो । यस्तै बुधबार  धादिङको खनियावास गाउँपालिका वडा नम्बर २ डुन्डुरेमा तुफान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार धादिङबेशीबाट रुविभ्यालीतर्फ जाँदै गरेको ग १ ज ६२७० नम्बरको बोलेरो अनियन्त्रि भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुविभ्याली गाउँपालिका वडा नम्बर ५ लापा घर भएका १४ वर्षिय अनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक  महेन्द्र  खड्काले जानकारी दिनुभयो ।

Views: 124