16th May | 2021 | Sunday | 6:50:18 PM

पत्रकार महासंघ धादिङको अध्यक्षमा शर्मा विजयी

बाबुराम श्रेष्ठ   POSTED ON : चैत्र २६, २०७७ (४:०५ PM)

पत्रकार महासंघ धादिङको अध्यक्षमा शर्मा विजयी

धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा  धादिङको अध्यक्षमा राजाराम शर्मा निर्वाचित हुनु भएको छ ।

बुधबार  धादिङबेशीमा भएको प्रेस संगठन नेपाल, प्रेस मञ्च र प्रेस चौतारीका दुवै समूह गरि  चारवटा संगठनको संयुक्त प्यानल शर्माले ६६ मतले  निर्वाचित हुनु भएको हो । निर्वाचित अध्यक्ष  शर्माले १०३ मत ल्याउनु भएको थियो भने प्रेस युनियनका  अध्यक्ष उम्मेदवार  पोषनाथ अधिकारीले ३७ मत ल्याउनु  भएको थियोे ।

त्यस्तै उपाध्यक्षमा खुल्लामा भने प्रेस चौतारीका सानुबाबु तिमल्सिनाले १०१ मतसहित विजयी हुनुभएको छ । 

महिला उपाध्यक्षमा चौतारीका सरिता श्रेष्ठले १०४ मत र उहाँकि प्रतिद्वन्दी प्रेस युनियनबाट गोमा थापाले ३३ मत प्राप्त गर्नुभएको थियो । सचिवमा  राम बहादुर ठकुरी ८५ मतसहित विजयी हुँदा युनियनका मनिष  दुवाडीले ५१ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै  खुल्ला सहसचिवमा उपेन्द्र जमरकट्टेल ५७ मत सहित बिजयी, समावेशी सहसचिवमा राजाराम ढंगोल, कोषाध्यक्षमा शिव प्रसाद देबकोटा, विजयी हुनुभएको छ । यस्तै आदिवासी जनजाति खुल्ला सदस्य,खुला सदस्य, त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा चौतारीकै प्यानलको नै  जित भएको छ । यसअघि सदस्य  मधेसीमा  युनियनबाट निर्विरोध चयन हुनुभएको थियो ।

बुधबार भएको महासङ्घको निर्वाचनमा धादिङमा  कूल १५२ मध्ये १४१ मत खसेको थियो ।  यस अघि नेपाल प्रेस यूनियनका तर्फबाट राजेन्द्रप्रताप शाह दुई पटक र सिताराम प्रसाद वर्मा चार पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।


Views: 221