16th May | 2021 | Sunday | 5:52:34 PM

धादिङबेसीमा फ्री वाईफाई सेवा

बाबुराम श्रेष्ठ   POSTED ON : चैत्र २७, २०७७ (१:४९ PM)

धादिङबेसीमा फ्री वाईफाई सेवा

धादिङबेसी । नीलकण्ठ नगरपालिका  धादिङले शुक्रबार  देखि सदरमुकाम  धादिङबेसिमा  फ्री वाईफाई सेवा सुरु गरेको छ । 

ईन्टरनेटको पहुँच आम नागरिक सम्म बिस्तार गर्ने उदेश्यका साथ नगरपालिका धादिङले शुक्रबार देखि नीलकण्ठ नगरपालिका  वडा नम्बर  ३ स्थित बजार  यरियामा  फ्री वाईफाई सञ्चालनमा ल्याएको हो । सदरमुकाम  धादिङबेसिको  बीचबजार, धादिङ उद्योग वाणिज्य संघको भवन आसपास क्षेत्र, सिरान बजार क्षेत्रमा  र पुछारबजार बसपार्क क्षेत्रमा फ्री वाईफाई सेवा  सञ्चालनमा ल्याएको नीलकण्ठ नगरपालिकाका  धादिङका मेयर  भिमप्रसाद ढुङ्गानाले बताउनु भयो । 

सामान्यतया एउटा राउटरबाट एकै पटक १५० जनाले र एक जनाले एक पटकमा ९० मिनेट सम्म  निःशुल्क चलाउन सक्ने गरी सेवा बिस्तार गरिएको ढुङ्गानाले बताउनु भयो । बजार क्षेत्रमा ५ वटा राउटरबाट ५ ठाउँमा फ्री वाईफाई सेवा सुरु भएको छ । यस्तै बैशाखको पहिलो हप्ता  देखि  धादिङबेसी पुरै बजार क्षेत्रमा फ्री वाईफाई सेवा प्रवाह गरिने  ढुङ्गानाले बताउनु भयो । नगरपालिकाले जीपीएस सिस्टम राख्ने तयारी अगाडी बढाई सकेको  र नीलकण्ठको विकासको लागि  विभिन्न इन्डिकेटरहरु मध्य सुचना प्रविधी द्रुत गतिमा अगाडि बढेको ढुङ्गानाले बताउनु भयो । फ्री वाईफाई सेवा सञ्चालनमा आएसङैग फुर्सदको बेलामा धादिङबेसिका आम नागरिकहरुले भने काम पाएका छन् , विभिन्न  काम गर्न समेत  सहज भएको छ ।


Views: 376