16th May | 2021 | Sunday | 7:18:33 PM

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि धादिङका ६८ विद्यालय छनौट

बाबुराम श्रेष्ठ   POSTED ON : बैशाख २, २०७८ (९:३६ AM)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि धादिङका ६८ विद्यालय छनौट

धादिङ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि धादिङका ६८ विद्यालयहरु छनौटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार   देशभरका ४ हजार २५० विद्यालयलाई छनौट गर्दा धादिङका  ६८ विद्यालयहरु समेत छनौटमा परेका हुन् । छनौटमा परेका विद्यालयहरु 

धादिङमा धुनीबेसी नगरपालिकाका २ विद्यालय, नीलकण्ठ नगरपालिकाका ८ विद्यालय, गंगाजमुना गाउँपालिकाका २ विद्यालय, गजुरी गाउँपालिकाका ३, गल्छी गाउँपालिकाका १ विद्यालयमा, ज्वालामुखी गाउँपालिकाका ८ विद्यालय, थाक्रे गाउँपालिकाका ९ विद्यालय, त्रिपुरासुन्दरी गाउँपालिकाका २ विद्यालय, नेत्रावतीका ४, बेनीघाट रोराङका १विद्यालय, रुबीभ्यालीका ३ विद्यालय, र सिद्धलेकका २५ विद्यालयहरु रहेका छन्  भने यी सबै विद्यालयहरुमा बजेट समेत  परेको छ । सरकारले  विद्यालयहरुको  छनौट गर्दै रु  ५ अर्ब ६ करोड रुपियाँ विभिन्न कार्यक्रमका लागि बाडँफाडँ गरेको छ । यसरी छनौटमा परेका विद्यालयलाई रु ६ लाख ५० हजार देखि १ करोड रुपियाँसम्म उपलब्ध गराएको छ । यसरी विनियोजित बजेटबाट भवन निर्माण, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ्ग, भवन रेट्रोफिटिङ्ग, शौचालय निर्माण, छात्रा शौचालय निर्माण, खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ सामाग्रीर शैक्षिक सामाग्री, कम्प्युटर व्यवस्था, विज्ञान प्रयोगशाला, पुस्तकालय विकास लाई शैक्षिक सामाग्री अन्तरगत सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामाग्रीको विकास, गुणस्तरीय शिक्षाका लागि नविन प्रविधि लगायतका कार्य गर्न सकिने छ ।

Views: 1600