16th May | 2021 | Sunday | 7:23:49 PM

जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना र निःशुल्क स्वास्थ्य जाँच

बाबुराम श्रेष्ठ   POSTED ON : बैशाख २, २०७८ (१:३४ PM)

जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना र निःशुल्क स्वास्थ्य जाँच

धादिङ । समाजसेवी डा। लक्ष्मी पन्थीले आफ्नो जन्मदिनको अवसरमा  २ हजारलाई खाना खुवाउनुको साथै  निःशुल्क स्वास्थ्य जाँच गरी  सहयोग गरेकी छिन् । 

प्रेम सागर फाउन्डेसनद्वारा विगत १० वर्षदेखि धादिङमा संचालित जनभोजन कार्यक्रममा डा।पन्थीले आफ्नो जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना खुवाएकी हुन् ।  

एक दशक देखि त्यहाँका बालबालिकाको शिक्षा र स्वास्थ्य स्तर उकास्न भूमिका खेलेको र  संस्थाको कार्यलाई प्रसंशा गर्दै जनभोजनमा  डा। पन्थीले एकदिन बराबर लाग्ने खाजा खर्च ३० हजार  सहयोग गरेकी छिन् । डा।पन्थीको जन्मदिनको उपहार स्वरूप दुर्गा अधिकारीले ७ हजार, सारिश्मा सापकोटाले २ हजार विकास पनेरुले ५ सय र पुष्पा थापाले ५ सय सहयोग गरेका थिए ।

चेपाङ जातिको बाहुल्य रहेको धादिङको तसर्पूमा  खेती राम्रो नहुने, बच्चाहरु पेट भर्नका लागि काममा जाँदा विद्यालय जान नपाउने भएपछि,सो पिडित बच्चाहरूलाई राहत मिलोस् भनेर  जनभोजन कार्यक्रम सुरु भएको हो ।

जनभोजनमा लाग्ने खर्च सहोयोगीहरुले जन्मदिन, विवाह लगायत का पर्वहरूमा दान दिएको र बाँकी खर्च प्रेम रावत फाउन्डेसनले सहयोग गर्ने कुरा संस्थाका म्यानेजर भोला राउतले बताए।

Views: 37