16th May | 2021 | Sunday | 5:55:26 PM

जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना र निःशुल्क स्वास्थ्य जाँच

बाबुराम श्रेष्ठ   POSTED ON : बैशाख २, २०७८ (२:११ PM)

जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना र निःशुल्क स्वास्थ्य जाँच

धादिङ । समाजसेवी डा. लक्ष्मी पन्थीले आफ्नो जन्मदिनको अवसरमा  २ हजारलाई खाना खुवाउनुको साथै निःशुल्क स्वास्थ्य जाँच गरी सहयोग गर्नुभएको छ ।

 प्रेम सागर फाउन्डेसनद्वारा विगत १० वर्षदेखि धादिङमा संचालित जनभोजन कार्यक्रममा डा.पन्थीले आफ्नो जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना खुवाउनु भएको हो ।  

एक दशक देखि त्यहाँका बालबालिकाको शिक्षा र स्वास्थ्य स्तर उकास्न भूमिका खेलेको र  संस्थाको कार्यलाई प्रसंशा गर्दै जन भोजनमा  डा. पन्थीले एकदिन बराबर लाग्ने खाजा खर्च ३० हजार  सहयोग गर्नुभयो । डा.पन्थीको जन्मदिनको उपहार स्वरूप दुर्गा अधिकारीले ७ हजार, सारिश्मा सापकोटाले २ हजार विकास पनेरुले ५ सय र पुष्पा थापाले ५ सय सहयोग गरेका थिए ।

चेपाङ जातिको बाहुल्य रहेको धादिङको तसर्पूमा  खेती राम्रो नहुने, बच्चाहरु पेट भर्नका लागि काममा जाँदा विद्यालय जान नपाउने भएपछि,सो पिडित बच्चाहरूलाई राहत मिलोस् भनेर  जनभोजन कार्यक्रम सुरु भएको हो ।

जनभोजनमा लाग्ने खर्च सहोयोगीहरुले जन्मदिन, विवाह लगायतका पर्वहरूमा दान दिएको र बाँकी खर्च प्रेम रावत फाउन्डेसनले सहयोग गर्ने कुरा संस्थाका म्यानेजर भोला राउतले बताउनु भयो ।


Views: 82