16th May | 2021 | Sunday | 5:35:08 PM

धादिङ अस्पतालका मे.सु र सूचना अधिकारीद्धारा कर्मचारीलाई दवाव, पोष्टमार्टम गरेको कमिशन मागेको आरोप

बाबुराम श्रेष्ठ   POSTED ON : बैशाख ३, २०७८ (२:५४ PM)

धादिङ अस्पतालका मे.सु र सूचना अधिकारीद्धारा कर्मचारीलाई दवाव, पोष्टमार्टम गरेको कमिशन मागेको आरोप

धादिङ । धादिङ अस्पतालमा केही महिनादेखि कर्मचारीहरुले राजिनामा दिने र सरुवा माग्नेहरुको संख्या बृद्धि हुन थालेको छ ।

     अस्पतालका मे.सु, डाक्टर त्रिभुवन चन्द्र झा, सूचना अधिकारी विक्रम वि.क र लेखा अधिकृत विष्णु प्रसाद चापागाईले कर्मचारीहरुलाई फरक ढंगले ब्यबहार गर्न थालेपछि आफुहरुलाई काम गर्न असहज भएको भन्दै राजिनामा र सरुवा माग्न थालेका हुन् । अहिले धादिङ अस्पतालमा कार्यरत कर्मचारीहरुले राजीनामा दिने र सरुवा माग्नेको संख्या करिब १० जना पुगिसकेका छन् ।

 अस्पतालमा कार्यरत कर्मचारीहरुले आफ्नो डिपार्टमा डियूटी निर्वाह गरिरहँदा सम्बन्धीत शाखाका प्रमुख ब्यक्तिहरुले डियूटीमा नबसेको, काम गर्ने शैली सन्तोष जनक नभएको जस्ता विभिन्न आरोप प्रत्यारोप लगाई विभिन्न दवाबहरु दिन थालेको अस्पतालमा कार्यरत कर्मचारीहरुले बताएका छन् ।

 विश्व्यापीमा रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ सुरु भएसँगै प्रमुख व्यक्तिहरुको दवावका कारण धादिङ अस्पतालमा सहज तरिकाले काम गर्ने बाताबरण सिर्जना नभएको, कर्मचारीहरुलाई बढी दवाव दिने र तल्लो स्तरका कर्मचारीहरुको कुरा नसुन्ने गरेको समेत पाइएको छ । बिभिन्न कारणले कर्मचारीहरु ५ मिनेट ढिला आउँदा समेत प्रशासनलाई लिखित स्पष्टीकरण दिनु पर्ने बाध्यता रहेको छ । अस्पतालमा काम गर्ने वातावरण नै नभएको भन्दै विभिन्न पोष्टमा कार्यरत  डाक्टर, स्टाप र कर्मचारीहरुले राजीनामा र सरुवा लिई सकेका छन् । अस्पतालका प्रमुख ब्यक्तिहरुको ब्यबहारले नै अस्पातलबाट सञ्चालित सि.डि.पी अर्थात सामुदायिक औषधी भण्डारमा काम गरिरहेका कर्मचारीहरु महिना÷महिनामा राजनीनामा दिने र काम गर्ने ब्यक्तिहरु फेरिरहेका छन् । हिमालय टाइम्स दैनिकसँग कुराकानी गर्दै नाम नराख्ने सर्तमा  केही कर्मचारीहरुले पछिल्लो समयमा धादिङ अस्पतालमा दुःख गरी खाने कर्मचारीहरुको लागि काम गर्ने बातावरण पटक्कै नभएको बताएका छन् । आफुलाई नियूक्ती पत्रमा उल्लेख गरिएर अनुसार र आफ्नो पोष्ट अनुसार काम गर्ने वाताबरण नभई बाहिरको काम लगाउने आरोप लगाएका छन् । धादिङ अस्पतालमा काम गरेको ९ बर्ष भयो । ९ बर्ष भन्दा अगाडि सहज थियो तर अहिले मे.सु झा र सूचना अधिकारी विकले अस्पतालमा जिम्मेवारी समालेसँगै कर्मचारीहरुले काम गर्ने बातावरण नभएको र तलव समेत कम पाएको कर्मचारीहरुको गुनासो रहेको छ । अस्पतालमा काम गर्ने कर्मचारीहरुलाई अस्पताल विकास निर्माण समितिको निर्णय अनुसार १४ हजार ५ सय मात्र तलब दिएको छ, अन्य अस्पतालहरुमा यहि समितिले २०००० (बिस हजार) दिने गरेको छ तर धादिङ अस्पतालमा किन विभेद गरियो कर्मचारीहरुको भनाई रहेको छ । तर सरकारी स्केल (नियम) अनुसार २८ हजार तलब पाउनु पर्ने ब्यबस्था रहेको छ ।

 धादिङ अस्पतालका कर्मचारीहरुको खाजा खाने समय हुन्छ तर तल्लो तहका कर्मचारीहरुको खाजा खाने समय हुँदैन, यदि खाजा खान गइहालेमा समेत प्रशासनलाई लिखित स्पष्टीकरण दिनुपर्ने बाध्यता रहेको छ । यस्तै धादिङ अस्पताल आएका बिरामी लगायत अन्य प्रबृद्धिका विरामीकोे पोष्र्टमाटम र अप्रेशन गरेको कमिशन  अस्पताल प्रशासनले समेत माग्ने गरेको पाइएको छ । डाक्टरहरुलाई अस्पताल प्रशासनले अभ्रद ब्यबहार गर्ने काम प्रति सन्तुष्टि नभएको पेलेर काम गर्नु पर्ने भएकाले धादिङ अस्पताल छोड्न बाध्य भएको एक डाक्टरको भनाई छ । यस्तै धादिङ अस्पतालका मे.सु डाक्टर त्रिभुवन चन्द्र झा समक्ष यस विषयमा बुज्दा आफूले कर्मचारीहलाई कुनै दवाव नदिएको र सबैलाई सम्मान गरेको बताएका छन् । साथै अस्पतालमा राजीनामा र सरुवा माग्नेहरु पहँचको आधारमा स्वास्थ्य मन्त्रालयबाटै चिठ्ठी लिई जाने गरेको डाक्टर झा ले बताउनु भयो ।  यस्तै अस्पतालका सूचना अधिकारी विक्रम वि.क.ले भने पारिवारिक कारण देखाई सरुवा र राजीनामा दिएका बताएका छन् । धादिङ अस्पतालमा अहिले ६ महिना देखि ना.सु बिहिन भएको छ । अहिले धादिङ अस्पतालमा १०६ जना कर्मचारी कार्यरत रहेका छन् ।


Views: 1972