21st June | 2021 | Monday | 12:45:26 PM

कोरोनाका कारण धादिङका थप २ जनाको मृत्यु

बाबुराम श्रेष्ठ   POSTED ON : जेठ १, २०७८ (११:४७ AM)

कोरोनाका कारण धादिङका थप २ जनाको मृत्यु

धादिङ । कोरोना भाइरस कोभिड १९ का कारण   धादिङका  थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको निलकण्ठ  नगरपालिका  वडा नम्बर  २  स्थित  सिउडीबारका ८४ वर्षिय नेत्रप्रसाद प्याकुरेल  रहेको छ । प्याकुरेलको त्रिशुली अस्पताल  नुवाकोटमा  मृत्यु भएको हो । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। 

७ दिन अगाडि  देखि उक्त ब्यक्तिलाई सामान्य ज्वोरो आउने, रुघाखोकी लाग्ने र दम बढेपछि  धादिङ  अस्पतालद्वारा धादिङबेसिमा  संचालित अक्सिजन सहितको अस्थायी कोभिड १९ अस्पतालको आइशोलेसनमा  उपचार  भैरहेको थियो । तर शुक्रबार  धादिङ  अस्पतालमा अक्सिजन अभाव  भएपछि थप उपचारको लागि त्रिशुली अस्पताल  नुवाकोट  रिफर  गरिएको प्याकुरेलको उपचारकै क्रममा  मृत्यु  भएको  मृतकका छोरा कोमल  प्रसाद प्याकुरेलले  जानकारी दिनु भयो ।

यसैगरि कोरोना का कारण   धादिङका  थप एक महिलाको  मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको निलकण्ठ  नगरपालिका  वडा नम्बर ३  धादिङबेसिका  ५३ वर्षिय मिना कुमारी  श्रेष्ठ  रहेको छ । श्रेष्ठको त्रिशुली अस्पताल  नुवाकोटमा  मृत्यु भएको हो । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। बैशाख  २२ गते  सामान्य ज्वोरो आउने, रुघाखोकी लाग्ने र सुगर बढेपछि  धादिङ  अस्पतालद्वारा धादिङबेसिमा  संचालित अक्सिजन सहितको अस्थायी कोभिड १९ अस्पतालको आइशोलेसनमा  उपचार  भैरहेको थियो । तर  बिहिवार  धादिङ  अस्पतालमा अक्सिजन अभाव  देखाउदै  थप उपचारको लागि त्रिशुली अस्पताल  नुवाकोट  रिफर  गरिएको श्रेष्ठको उपचारकै क्रममा  मृत्यु  भएको  मृतका छोरा सन्तोष  श्रेष्ठले  जानकारी दिनु भयो ।

Views: 714