हेलम्बुमा अर्बोंको क्षतिपछि ट्राउट व्यवसायी विस्थापित

विजय नेपाल   POSTED ON : असार ७, २०७८ (११:२४ AM)

हेलम्बुमा अर्बोंको क्षतिपछि ट्राउट व्यवसायी विस्थापित

सिन्धुपाल्चोक । असार १ गते आएको सिन्धुपाल्चोकको हेलम्बु मेलम्ची क्षेत्रमा आएको बाढीले सबै ८ वटा ट्राउट माछा फार्ममा ठुलो मात्रामा भौतिक संरचनामा क्षती पु¥याएको छ । अन्य भौतिक संरचना सहित ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा मात्रै ४ अर्ब भन्दा बढीको लगानी नामेट भएपछि व्यवसायी पेसाबाट नै विस्थापित हुने भएका छन् । 

मेलम्ची र इन्द्रावती करिडोरमा आएको बाढीले सातवटा ट्राउट माछा फार्म र रिसोर्ट बगाउँदा व्यवसायीले अर्बौंको क्षति व्यहोर्नुपरेको हो ।  हेलम्बु गाउँपालिका किउलका भण्डारी ट्राउटका सञ्चालक उत्तममणि भण्डारीले आठ वर्षदेखि खेतीयोग्य जमिनमा नौ करोड लगानीमा रेन्बोे ट्राउट जातको माछापालन व्यवसाय गर्दै आएका थिए । मासिक ७० लाख रुपैयाँको कारोबार गर्दै आएका उनको व्यवसाय असार १मा  मेलम्ची खोलामा आएको बाढीले एकैछिनमा बगरमा परिणत गरिदिएको छ । ‘बाढी आउन थालेपछि धमिलो पानीबाट माछा जोगाउन हामी कुलो फेदैै थियौं ।’ व्यवसायी उत्तममणी भण्डारीले भन्नुभयो —‘एक्कासी कल्पना गरेभन्दा ठुलो बाढी आएपछि हेर्दाहेर्दै करोडौंको सम्पत्ति बगरमा परिणत भयो ।’ आफुसमेत मुस्कीलले बाँच्न सफल भण्डारीको ट्राउट फार्मबाट हराइरहेका एक कर्मचारी अझै बेपत्ता छन् । 

सोही बाढीले पाल्चोकको रातोपुलमा रहेको युवराज खड्काको ट्राउट फार्म पनि बाढीले बगर बनाइदिएको छ । रिसोर्ट समेत सञ्चालन गरेका खड्काको डेड करोड रुपैंया भन्दा धेरै क्षती भएको छ । भौतिक संरचना मात्रै डेड करोडको क्षती भएको उनको उत्पादीत माछा र जग्गा समेतको मुल्य जोड्दा त्यो रकम धेरै गुणा बढ्न जान्छ । आफुहरुले ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा आफुहरु अब पुनः यो व्यवसायमा फर्कन सक्ने अवस्था नहरेको उहाँहरुको गुनासो छ । 

पर्यटकको प्रमुख आकर्षण रहेको मेलम्ची र इन्द्रावती करिडोरमा रहेका सातैवटा माछा फार्मको नाम निशान नै मेटने गरी बाढीले बगाउँदा हेलम्बुमा सञ्चालित फार्ममा मात्रै ६० टनभन्दा बाढी माछा उत्पादन हुन्थ्यो । लगानीअनुसारको अम्दानी भएकाले यस व्यवसायमा युवाहरुले लगानी बढाउँदै गएका थिए । एउटा ट्राउट फार्मले मात्रै कम्तीमा चार करोढ लगानी गरेका थिए । ती सबै फार्म  बाढीले बगाएको छ । ‘हेलम्बुको ट्राउट माछा खानकै लागि बार्षीक धेरै पर्यटक यहाँ आउने गरेका थिए ।’ हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भन्नुभयो —‘अब यसको क्षतीले युवा व्यवसायीहरुलाई समेत विस्थापित बनाएको छ भने अर्बोैंको क्षती समेत गरेको छ ।’ आठ वटा ट्राउट फार्ममा ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । हेलम्बु क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपुर्ण भुमिका निभाएको ट्राउट फार्म नष्ट हुँदा संवृद्ध हेलम्बुको सपनामा समेत असर पारेको छ । 

ट्राउट माछाको लागि प्रख्यात सो क्षेत्र अब बगर बनेको छ । मेलम्ची खोलाको पहिचान बनाएको ट्राउट माछा फार्मले सञ्चालकलाई राम्रो अम्दानी दिएको थियो ।  हेलम्बुदेखि मेलम्चीसम्म फैलिएर रहेका माछा फार्ममा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुन्थ्यो । व्यवसायीहरुले आफुहरुलाई पुनः यहि पेशामा फर्कन वा नयाँ व्यवसाय गर्न सहयोग गर्नुेपर्ने उहाँहरुको भनाइ छ । 


Views: 87

Top