तीस घण्टापछि खुल्यो अबरूद्व मध्यपहाडी राजमार्ग

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३, २०७८ (६:५७ PM)

तीस घण्टापछि खुल्यो अबरूद्व मध्यपहाडी राजमार्ग

सिन्धुली । अबिरल बर्षाका कारण मङ्गलबार बिहानैबाट अबरूद्व बनेको मध्यपहाडी राजमार्ग हैबार खण्ड ३० घण्टापछि बुधबार दिउँसो ४ बजेबाट सुचारू भएको छ ।

सोमबार रातिदेखि भएको अबिरल बर्षाका कारण मध्यपहाडी राजमार्ग स्थित खुर्कोट–घुर्मी  सडकखण्ड अन्तरगत हैबार, कालिआप, नवलपुर लगायतका स्थानमा सडक अबरूद्व हुन पुगेको थियो ।

 दशैँ मनाएर राजधानी भित्र्न लागेका तथा दशैँको अन्त्यमा आफन्तजनसँग आर्शिवाद थाप्न हिँडेका सयौँको संख्यामा रहेका सवारी साधन तथा हजारौं यात्रीहरू ३० घण्टादेखि बीच बाटोमै अलपत्र परेका थिए ।

अबरूद्व राजमार्ग मध्यपहाडी सडक आयोजना तथा गाउँपालिकाको सक्रियतामा  २ वटा जेसिबी मेशिनको प्रयोग गरि बुधबार दिनभरि पहिरो हटाएपछि सञ्चालनमा आएको वडा अध्यक्ष पुरूषोतम श्रेष्ठले जानकारी दिए ।

अझै पनि वर्षा हुन सक्ने संभावना रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न श्रेष्ठले आग्रह गरेका छन् ।  


Top