सवारी दुर्घटनामा वडा अध्यक्ष बस्नेतको मृत्यु भएपछि कांग्रेस अधिवेशन स्थगित

राधिका बुढाथोकी   POSTED ON : मंसिर ९, २०७८ (६:०६ PM)

 सवारी दुर्घटनामा वडा अध्यक्ष बस्नेतको मृत्यु भएपछि कांग्रेस अधिवेशन स्थगित

सिन्धुली । नेपाली कांग्रेसको जिल्ला अधिवेसन अनिश्चितकालका लागि स्थगित भएको छ ।

 कांग्रेस नेता तथा दुधौली नगरपालिका वडा नम्वर–७ का वडा अध्यक्ष कुमार बस्नेतको विहिबार सवारी दुर्घटनामा परि मृत्यु भएपछि भोली (मंसिर १० गते) गर्न तय भएको अधिवेशन नहुने भएको हो । 

नेपाल तरुण दल सिन्धुलीका पूर्व सचिव, नेपाली काँग्रेस दुधौली नगरपालिकाका निवर्तमान् नगर सभापति समेत रहेका वडा अध्यक्ष बस्नेतकोे शोकका कारण अर्काे सूचना जारी नभएसम्म जिल्ला अधिवेशन स्थगित गरिएको जिल्ला निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

कांग्रेस नेता तथा वडा अध्यक्ष बस्नेतको पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहामा सवारी दुर्घटना हुँदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार आज दिउँसो करिव १२ः४५ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कुशहा भन्ने ठाउँमा  पश्चिमबाट पूर्व तर्फ आइरहेको ना ३ ख ३१४९ नम्बरको बसले सोही दिशा तर्फ आइरहेको बस्नेत सवार प्र २–०१–००१ प ०२९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त ठक्करका कारण गम्भिर घाईते भएका उनलार्ई सिरहाको लहान स्थित सप्तरिसी अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याए लगत्तै चिकित्सकले बस्नेतलाई मृत घोषणा गरिदिए ।

घटना पश्चात बस चालक फरार छन् । बस र मोटरसाईकल प्रहरीको नियन्त्रणमा छ । साथै घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताउनुभयो ।

बस्नेतको मृत्यु भए पश्चात सामाजिक संजाल श्रद्धान्जलीसहितका तस्विरले भरिएका छन् ।


Top