सिन्धुपाल्चोक प्रेस सेन्टरले पायो नयाँ नेतृत्व

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (६:१० PM)

सिन्धुपाल्चोक प्रेस सेन्टरले पायो नयाँ नेतृत्व

चौतारा । माओवादी समर्थीत पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल, सिन्धुपाल्चोकले नयाँ नेतृत्व पाएको छ । आज चौतारामा सम्पन्न पाचौं अधिवेशनमा दिनेश दुलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । 

सेन्टरको बरिष्ठ उपाध्यक्षमा दिपक खत्री , उपाध्यक्ष अस्मी स्याङतान, सचिव सुन्दर शिरिष, सहसचिव अर्जुन शर्मा र सम्झना कार्की, कोषाध्यक्ष निर्मल बस्नेत चयन हुनु भएकोा छ ।  त्यस्तै सदस्यहरुमा रस्मी खत्री, राजेन्द्र रानामगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तीका सापकोटा, बासुदेव गिरी, निशा घिमीरे, सरस्वती नेपाल चयन हुनु भएको छ ।  

यसैगरी सल्लाहकार समितिको संयोजक सुरेश कसजु, सदस्यमा जिवन श्रेष्ठ र रामकृष्ण थापा हुनु हुन्छ ।  सेन्टरको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सुरेश कसजु, जिवन श्रेष्ठ, विदुर गिरी र टिका दाहाल छनौट भएको निर्वाचन समितिका संयोजक तारा श्रेष्ठले बताउनु भयो ।

प्रदेश अधिवेशन प्रतिनिधिमा भने अशोक पराजुली, केदार माझी, लालकाजी तामाङ, रमेश पराजुली, चन्द्रकला खत्री, बुद्धिप्रसाद आचार्य छनौट हुनु भएको छ ।  

कार्यसमितिमा चयन भएका बरिष्ठ उपाध्यक्ष दिपक खत्री र सहसचिव सम्झना कार्की आजै प्रेस सेन्टरमा प्रवेश गरेका हुन् । खत्री यसअघि प्रेस चौतारी नेपालका सदस्य हुनु हुन्थ्यो । चौतारीकै टिकटमा उहँ नेपाल पत्रकार महासंघको सिन्धुपाल्चोक शाखामा उम्मेद्वार भएर विजयी समेत हुनु भएको थिो । सहसचिव बन्नुभएको कार्की भने प्रेस युनियन, सिन्धुपाल्चोकको कार्यसमिति सदस्य हुनुहुन्थ्यो । 


Top