नेपाली काँग्रेस धादिङको जिल्ला सभापतिमा ढुंगाना र अधिकारी बीच कडा भिडन्त

बाबुराम श्रेष्ठ   POSTED ON : मंसिर ११, २०७८ (१२:५८ PM)

नेपाली काँग्रेस धादिङको जिल्ला सभापतिमा ढुंगाना र अधिकारी बीच कडा भिडन्त

धादिङ । नेपाली काँग्रेस धादिङको १४ औं जिल्ला अधिवेशन आज हुँदैछ । पार्टीको १४औँ महाधिवेशनको सभापतिका लागि देउवा पक्षका भीमप्रसाद ढुंगाना र पौडेल पक्षका रामनाथ अधिकारी चुनावी मैदानमा रहेका छन् । जिल्लाको सभापति को होला भनी यतिखेर निकै चर्चा चलिरहेको छ । दुई प्यानलनै बनाएर महाधिवेशनमा होमिएका काँग्रेस जिल्ला नेतृत्व कसले हत्याउने भन्ने गृहकार्यमा जुटेको छ । नगर प्रमुख समेत रहनुभएका भिम प्रसाद ढुंगाना र पुर्व सभापति रामनाथ अधिकारी बीच आज कडा प्रतिस्पर्धा हुने भएको छ । ढुंगानालाई पूर्ब कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको साथ दिएको छ ।

अधिकारीलाई हालका जिल्ला सभापति रमेश धमला सहित महासमिति सदस्य बासु तिमल्सिना, जिल्ला उपसभापति भक्त लामाले साथ दिएका छन् । सभापतिका उम्मेदवार रामनाथ अधिकारी समुहबाट उप सभापतिमा द्वय गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी, सचिवमाद्वय रामकृष्ण पाण्डे र विकास श्रेष्ठ, सहसचिवमाद्वय नवराज तिमल्सिना र क्रान्ति डल्लाकोटीले उम्मेदवारी दर्ता गराएका छन् भने सभापतिका उम्मेदवार भिम ढुङ्गाना प्यानलबाट उप सभापतिमा द्वय शेर बहादुर तामाङ र झंकनाथ भट्ट, सचिवमा राजु पाख्रिन र राजेन्द्र अधिकारी, सहसचिवमा हरि प्रसाद खतिवडा र विजयकुमार पाख्रिन रहेका छन् । विकासप्रेमी नेता,स्पष्ट वक्ता र निडर व्यक्तिको पहिचान बनाउन सफल ढुंगाना र लामो समय पार्टीको नेतृत्व गरिसकेका कुटिल राजनीति गर्न सिपालु अधिकारी बिचको प्रतिस्पर्धालाई महत्वको साथ हेरिएको छ । क्षेत्र र प्रदेशको निर्वाचनमा अधिकांश पद जित्न सफल रामनाथ अधिकारी पक्ष भोलीको जित पनि आफ्नो हुने दावी गरीरहेको छ । यता विकासप्रेमी नेता,जनताले रुचाइएका नेता तथा पुस्ता हस्तान्तणको मुद्वा बोक्नुभएका ढुंगानाको नै जित हुने ढुंगाना पक्षले दावी गरेको छ । सधैँ एउटै व्यक्ति मात्र पदमा बसीरहने परिपाटीलाई अन्त्य गरि नयाँलाई अवसर दिएर पार्टी बलियो बनाउने अभियानमा सबै रहेकोले भोली ढुंगानालाई नै बढी मत आउने निकट स्रोतले बताएको छ । जिल्लामा रहेको २ क्षेत्र र ४ प्रदेश मध्य २ वटै क्षेत्र र ३ वटा प्रदेशको सभापति अधिकारीको प्यानलले जितेपछि जिल्लामा ढुंगाना प्यानल कमजोर ठहरिएको छ । २१९७ जना प्रतिनीधि मतादाताले मतदान गर्ने काँग्रेस धादिङको जिल्ला अधिवेशनमा जिल्ला कार्यसमितिमा पदाधिकारी ७ र सदस्य ४८ गरी ५५ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि, अपांगता भएका व्यक्ति १ र प्रदेश अधिवेशन प्रतिनिधि १ गरी ५७ पदका लागि निर्वाचन हुँदैछ । 


Top