लिदी विस्थापितलाई बाँसखर्कमा नयाँ घर

  POSTED ON : मंसिर १४, २०७८ (११:०३ AM)

लिदी विस्थापितलाई बाँसखर्कमा नयाँ घर

मंसिर । बर्षको पहिरोमा परि विस्थापित भएका सिन्धुपाल्चोकको जुगल गाँउपालिका २ , लिदीका प्रभावितहरुले बाँसखर्कमा नयाँ घर पाउने भएका छन् । लिदीका पहिरो प्रभावितहरूलाई उनिहरु विस्थापित भइ आएको जुगल १, बाँसखर्कमा कादुरी सस्था र सल्बेसन सस्थाले बाथरूम सहितको घर बनाउने भएको हो । जुगल गाँउपालिकाले त्यति चासो नदिएको पहिरो प्रभावितहरुलाई जुगल २ का वडा अध्यक्षको पहलमा कादुरी संस्था ले ८० वटा र सल्बेसन सस्थाले ४० वटा घर बनाउन लागेको हो । उनिहरुको लागि मंसिर १३ गते देखि पुनर्निर्माणको लागि कादुरी सस्था र सल्बेसन सस्था ले म्एच् धमाधम तीब्र रुपमा  भएको जुगल २ का वडा अध्यक्ष प्रताप लामाले बताए ।

Top