A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | कस्तो योजना बनाउँदै छ सरकार ?
15th August | 2020 | Saturday | 4:00:07 AM

कस्तो योजना बनाउँदै छ सरकार ?

राजन कार्की   POSTED ON : आश्विन ९, २०७६ (४:०७ PM)

 कस्तो योजना बनाउँदै छ सरकार ?

नेपालका सामु हाल खडा भएको प्रश्न भनेको– होचाकी जोई सबैकी भाउजू हुने कि नहुने भन्ने हो । भिक्टर हृयुगो बन्ने बेलामा भारोपश्चिमा र उत्तरी हुरी कतैतिर ढल्केर धिपधिपे बत्ती बन्ने ? गल्ती भयो भने राष्ट्रले महँगो मूल्य चुकाउनु पर्नेछ । मान्छे मारेर, अनुशासनहीन बनेर, अनियमितता र भ्रष्टाचार गरेर, धनबली बाहुबली बनेर चुनाव जितेर धेरैजना बहादुर बनेका छन् । यस्ता कायर बहादुरहरू शासन, प्रशासन, व्यापार, उद्योग, दलाली जता जत्ति पनि छन् । यो कायर बहादुरी हो । नेपालीपन नेपालकै नीतिमा सुरक्षित राख्न सक्नु नै असली बहादुरी हुनेछ । कायरहरूको भीडमा आज त्यो बहादुर को हो ? देशले खोजिरहेको समय हो ।

नेपाललाई त्यसै दुई ढुंगाबीचको तरुल भनिएको होइन । दुवैतिर खुकुरी, जता ढल्के पनि रेटिने त तरुल नै हो । यसकारण असंलग्नता र समदूरीको सिद्धान्त नेपालको स्वरक्षा, सुरक्षा, समृद्ध, शान्त र सुशासनका लागि मृतसञ्जीवनी बुटी हो, गायत्री मन्त्र भने पनि हुन्छ ।

चीनले बीआरआई नीति लिएर विश्वसँग जोडिँदै गएको छ, अमेरिकाले जापान, अष्ट्रेलिया र भारतसँग मिलेर इण्डोप्यासिफिक रणनीति अघि सारेको छ । अर्थात् ढुंगा ढुंगाका नीति जुध्न थालेका छन्, यसबाट निस्कने आगो नै हो र आगो हाम्रा लागि मृत्यघण्ट हुनसक्छ । यसकारण नेपालले सबैसँग मित्रता र समदूरी सम्बन्ध विकसित गर्नुपर्छ । यसका लागि सबल परराष्ट्रनीतिलाई परिपक्व तरिकाले निरन्तर लागू गर्न गराउन जरुरी छ । अलिकतिमात्र तलमाथि भयो र नेपालका निर्णय, अभिव्यक्तिहरूमा बिचलन आउँदा राष्ट्रिय संकट उत्पन्न हुनसक्नेछ भन्ने विषयमा गम्भीरता जरुरी देखिन्छ ।

भारतका विदेशमन्त्री नेपाल आए र नेपालमा भारतीय प्रभाव अरू जमाएर गए । चीनका विदेशमन्त्रीको भ्रमण भयो र चीनको सरोकार छ भन्ने प्रष्ट पारेर गए । यसैबीच चीनका राष्ट्रपति यसै महिना नेपाल आउने तय भइसकेको छ । चीनका राष्ट्रपति आउनुअघि चीनका नीतिकारहरू धमाधम नेपाल आइरहेका छन् । यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेपाल आए र चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध अझ मजबुत पार्ने भनेर एक विशेष गोष्ठीकै कार्यक्रम आयोजना गरियो । 

यो कार्यक्रममा प्रधानमन्त्री, पार्टीका अर्का अध्यक्ष प्रचण्ड आफैँ उपस्थित भएर नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिकपाका प्रमुख ताआबीच समझदारी पत्रमा सहीछाप गरेको दृश्य पनि देखियो । यो परिदृश्य देखेर जो कसैले नेपाल उत्तरतिर ढल्किन लागेको आशंका गर्न मिल्छ । यही विषयलाई लिएर टिप्पणीकारहरूले यसरी टिप्पणी गरेका छन्– सीपथको प्रशिक्षण, गोष्ठी, नेकपाको झुकाव सम्बन्ध, सत्ताधारी नेकपाको मोदीपथको कार्यान्वयन गर्दै माथिल्लो कर्णाली चौथोपटक म्याद थपेर उपहार, यो बीचमा नेपालपथ कता हरायो हरायो ।

सी पथअनुसार कम्युनिष्टले निजी सम्पत्ति राख्दैनन् भनिरहेका छन्, भ्रष्टाचारी र राष्ट्रघातीलाई धमाधम फाँसी दिएर सुशासन कायम गरिरहेका छन्, नेपालमा न रोजगारी, न नाना, न खाना, न छाना । नेकपा भ्रष्टाचारी र अनुशासनहीनता बढाएर कुशासन गरिरहेको छ । सीपथ पढ्नेले नेपालपथ के हो देख्नु देखाउनु पर्दैन । नेपाल भारोपश्चिमा र चीनको रणनीतिक मैदान बन्यो । नेपालले आफ्नो वर्चस्व, स्वत्व र स्वाभिमानी नीतिबारे राष्ट्रिय सहमति कायम गर्नैपर्छ । अन्यथा नेपालको विखण्डन, विभाजन, हिंसा र अशान्तिलाई रोक्न सकिने छैन । नेपालमा डढेलो सल्कने छ ।

यसअघि प्रज्ञा प्रतिष्ठानका दुई हलमा एकै समयमा दुई कार्यक्रमहरू भए । एउटामा चीनको सीपथ, चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन र चीनको विकासबारे व्यापक छलफल भइरहेको थियो भने अर्कोमा अमेरिकी दूतावासका राजनीतिक काउन्सिलर नै इण्डो प्यासिफिक रणनीति कसैका विरुद्धमा होइन, अमेरिकाको आफ्नै नीति भएको प्रचार गरिरहेको थियो । 

दुवै कार्यक्रमको एउटै लक्ष्य छ– नेपाली जनमानस चीनको एक पाटो एक बाटो र अमेरिकाको इण्डो प्यासिफिक रणनीति बुझून्, समर्थन गरून् र आआफ्ना नीतिप्रति नेपाली जनमत बढोस् भन्ने नै हो । स्मरणीय छ, चीनको बीआरआईको मार्गचित्रमा नेपाल कतै नजोडिए पनि जोड्ने प्रतिबद्धताका कारण नेपाल सामेल भइसकेको छ । अमेरिकी इण्डोप्यासिफिक नीतिबारे परराष्ट्र मन्त्रीले अमेरिकै पुगेर समर्थन गरेर आएपछि नेपाल यो रणनीतिमा विवादित अवस्थामा छ ।

चीनले बीआरआई नीति ल्याउनुका कारण पश्चिमाले विश्व व्यवस्था र विश्व प्रभाव र दबदबा चिर्दै विश्वव्यापी सहकार्य, सम्मान र सहप्रगतिको राजमार्गका रूपमा परिभाषित गरिरहेको छ । यो नीतिकार चीन भएकाले विश्वको मन जितेर सम्मान आर्जन गर्दै नीति निर्माताको शिखरमा चीन आरोहण गर्न लागेको बुझ्न सकिन्छ । चीनका अघि बढेका पाइला रोक्न र आफ्नो वर्चस्व यथावत् राख्न इण्डोप्यासिफिक रणनीति जाज्वल्यमान रूपमा तीव्र गतिले प्रचारमा आउन थालेको छ । समुद्रसँग कतै नजोडिएको भूपरिवेष्टित मुलुक विश्वशक्तिको रणनीतिक मैदान हुन थाल्दा नेपालले जति चुनौतीको अनुभव गर्नुपर्ने हो, त्यो गरेको देखिँदैन । 

नेपाल र अमेरिकाको लामो सम्बन्धका आयाम देखाएर अमेरिका खुलेर अघि सरेको छ, पारदर्शी चीन देखिने रूपमा अघि बढेको छ । नेपाल चक्रव्यूहमा फसिसकेको छ, आफूलाई कसरी सुरक्षित अवतरण गराएर सबै नीतिको लाभ नेपालले लिन सक्ने हो, यो नेपालका सामु उभिएको यक्ष प्रश्न हो ।

नेपालको प्रष्ट परराष्ट्रनीति यतिबेला धुमिल बन्नपुगेको छ । पश्चिमा चासो र उत्तरी सरोकारले नेपाल ढलपल ढलपलको स्थितिमा जान जान लागेकाले यसमा विज्ञ विशेषज्ञहरूले सरकारलाई सचेत गराउन जरुरी छ । किनकि नेपाल आफैँ आफ्नै नीतिमा उभिनुपर्छ, अर्काको अडेस लाग्दा कल्याण हुँदैन । अडेस दिनेले छाडिदिएका बेलामा नेपाल वल्लो किनार न पल्लो तीर बन्न पुग्नेछ ।

अन्तमा एउटा प्रसंग ज्ञानी र शासकबीचको वार्तालापको–एउटा कार्यक्रममा शासकका एकजना ज्ञानीसँग जम्का भेट भयो । शासकले सोधे, ‘मेरो शासन कुशलता कस्तो लाग्यो ?’ ज्ञानीले जवाफ दिए, ‘बाँदरको हातमा नरिवलजस्तो ।’ सनक्क सन्किए शासक र सोधे– मैले के गर्नुप¥यो । ज्ञानीले झोलाबाट एउटा सियो, मैनबत्ती र झोलाको धागो तानेर शासकको हातमा राखिदिए । शासकलाई अहंकार चढ्यो– के हुन् यी, किन दिएको मलाई ? ज्ञानीले यसरी अथ्र्याए– सियोको काम च्यातेको वा च्यातिएको सिउनु हो, जोड्नु हो । शासकले राष्ट्रिय जीवनलाई सियोको धर्मजसरी निर्वहन गर्नुपर्छ ।

मैनबत्तीको काम उज्यालो दिनु हो । आफू पग्लेर भए पनि उज्यालो छर्नु शासकको कर्म हो । शासकका लागि कोही असमान छैनन्, निषेध र विभेद गर्नु हुँदैन । जसरी सूर्यका सामु सबै समान छन्, त्यसैगरी शासकले सबैलाई समान दृष्टिले हेर्नुपर्छ । शासकको जीवन भनेकै त्याग र बलिदानको जीवन हो ।

धागोको काम व्यक्ति र राष्ट्रको लाज छोप्नु, सम्मानको भावना अभिवृद्धि गर्नु, यश वा कीर्ति फैलाउनु हो । कपास अर्थात् धागो आत्मसम्मान र परसम्मानको परिचायक पनि हो । शासकको काम धागोले जस्तै अरूको मानसम्मान गर्नु, नागरिक र राष्ट्रमाताको लाज बचाउनु मर्म हो । तिमी शासक, शासकले राजनीतिक धर्म, कर्म र मर्मअनुसार शासन गर्न सकेका छैनौ, त्यसैले तिम्रो शासन बाँदरको हातमा नरिवलजस्तै भएको छ ।

ती शासकको मन छोयो, उनले ज्ञानीको कुराअनुसारको शासन गर्न थाले, उनको सम्मान विदेशीले गर्नै परेन, आफ्नै नागरिकले गर्न थाले । नागरिक शासक बनेर नागरिकको जय जयकार पाउन सफल भए ।

हाम्रा शासकले देशलाई धरमरमा पारेका छन् । जोखिमको भुमरीमा हालेका छन् । राष्ट्र उभिने कि अडेस लाग्ने स्थितिमा पु¥याएका छन् । नेपाललाई कसैले हल्लाउन, खेलाउन नसक्ने स्थापित समदूरी र असंलग्न परराष्ट्रनीति देशका लागि हिजोजस्तै आज पनि उत्तिकै आवश्यक छ । चाणक्यले भनेका थिए– जसले आफ्नो कर्तव्य भुल्छ, आफ्नो काम चिन्दैन, त्यो अन्धो हो । आँखा खोल सरकार ।

माओकै विचारमा पनि हजारौँ माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ । नेपालको अस्तित्वको उज्यालोका लागि सरकारले आजैबाट नेपालको अनन्त यात्राको थालनी किन सुरु नगर्ने ? कार्लमाक्र्सका अनुसार सर्वहारा त्यो हो, जससँग आफ्नो श्रममात्र बाँकी रहेको हुन्छ । सरकार चलाउनेसँग जतिसुकै सम्भ्रान्तपन भए पनि सर्वहाराको सरकारमा अलिकति पनि सर्वहारापन बाँकी छ भने त्यो श्रम देशका लागि खर्च गरेर अलिकति लज्जा त बचाऊ ।

निःशुल्क चिनियाँ उखान नेकपाका लागि– यदि एक वर्षको योजना बनाउँदै छौ भने बिरुवा रोप, दस वर्षका लागि योजना बनाउँदै छौ भने रुख रोप, सय वर्षका लागि योजना बनाउँदै छौ भने नागरिकमा लगानी गर ।

rajan2012karki@yahoo.com


Views: 582

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once