A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | स्मृतिको फन्कोमा झोलाको बार
29th September | 2020 | Tuesday | 3:39:09 PM

स्मृतिको फन्कोमा झोलाको बार

गोविन्द लुइँटेल   POSTED ON : आश्विन ११, २०७६ (११:०५ AM)

स्मृतिको फन्कोमा झोलाको बार

उसले उत्साहभावका साथ सोध्यो । 

‘घर उर्लाबारी हो ?’

‘हो ।’

‘आरिगातो बाबा सान हो ?’

‘हो... हो... ।’ 

उनी खुब जिज्ञासु देखिए । 

जवाफमा उसले भन्यो– ए... ! त्यसो भए सक्किगो नि !

त्यो साँझ पूर्वमन्त्री गणेश शाहले उनलाई उसको कार्यकक्षमा लिएर आएका थिए । शाहले परिचय गराए– उहाँ डा. नवराज खतिवडा । 

नाम सुन्नासाथ नवआगन्तुकसँग उल्लिखित संवाद भएको थियो । 

पूर्वमन्त्री शाह आश्चर्यमा परे झैँ बोले– ए... ! नयाँ मान्छेसँग परिचय गराएँ भनेको त ! 

साँच्चै, उसका लागि डा. नवराज खतिवडा नयाँ मान्छे थिएनन् । उसले नभेटेको चाहिँ करिब तीन दशक भएको थियो । त्यतिअघि काठमाडौंको एक दिन कुनै सडकमा हिँड्दा हिँड्दै भेटेको थियो र नमस्कार टक्र्याउँदै उनले ट्युसन पढाएको विद्यार्थीका रूपमा आफ्नो परिचय दिएको थियो । सम्भवतः काठमाडौंको सडकमा तिमीले ट्युसन पढाएको विद्यार्थी हुँ भनेर नमस्कार गर्ने ऊ पहिलो केटो हुन सक्थ्यो । नवराजसर ए.... भनेर मुस्कुराएथे । पढाइलेखाइको कुरा सोधेथे । 

यति लामो समयपछि पूर्वमन्त्री शाहका माध्यमले भेट भयो । 

चालीस सालमा ऊ एसएलसी परीक्षाको विद्यार्थी थियो । ऊ दक्षिणतर्फ झण्डै तीन घण्टा टाढाको इटहराबाट परीक्षार्थीका रूपमा एक महिनाअघि डेरा बस्नेगरी उर्लाबारी आएको थियो । ऊ उम्दा थिएन, औसत विद्यार्थी थियो; फेल नहुने, उत्पात राम्रो पनि नगर्ने । एसएलसी पास हुन्नँ भन्ने उसलाई थिएन तर गणितमा ऊ निश्चन्त हुन सकेको थिएन । ऊ अङ्कगणित र बीजगणितबाट बत्तीस कटाउने आँटमा थियो । ज्यामितिमा शून्य । ऊ ज्यामिति पनि केही सिकेर गणितमा अङ्क बढाउन चाहन्थ्यो । 

उर्लाबारीको डेरा बसाइमा ऊ कोही राम्रो शिक्षकसँग ट्युसन पढ्न चाहन्थ्यो । एक दिन एक जना शिक्षककहाँ पुग्यो । एकाबिहानै पुग्दा सुकुलमा दश–बाह्र जना विद्यार्थी छन् । सबैका आआफ्ना समस्या छन् । ऊ अर्को एक दिन गयो अनि फेरि नजाने भएर फक्र्यो । 

ज्यामिति पढ्न भौँतारिएको उसले कोही साथीमार्फत एक जना शिक्षकबारे जानकारी पायो । ऊ साँझतिर ती शिक्षकको घरमा पुग्यो । पाँच जना विद्यार्थी वरिपरि राखेर पढाउँदै रहेछन् । ती विद्यार्थीको समय सकिन लाग्दा अर्को हुल आइपुगेको थियो । 

पढ्दै गरेका विद्यार्थी बिदा भएपछि शिक्षकले उसलाई सोधे । उसले ज्यामितिमात्रै पढ्न चाहेको बतायो । परीक्षा आउन तीन सातामात्रै बाँकी थियो । उसले पन्ध्र दिन पढ्ने विचार गरेको थियो । आफ्नो विचार सुनायो; समूहमा नभई एक्लै पढ्न चाहेको बतायो र आत्मसमर्पण ग-यो । 

कुरा यहाँ अलिक अप्ठ्यारो थियो । समूहमा हुनु र एक्लो हुनुले फिसमा फरक पाथ्र्यो । यो अवस्थाका बारेका ऊ सचेत थियो । 

नवराजसर धरान क्याम्पसमा आइएस्सी पढाइ पूरा गरेर उच्च शिक्षाको तयारीमा रहेछन् । अलिक फुर्सदको यो समय उनले केही आर्जनसमेत सोचेर ट्युसन चलाएका थिए शायद । उनी उर्लाबारीका प्रतिष्ठित शिक्षकका कुशाग्र छोरा जो थिए । 

एक्लै पढ्न पन्ध्र वटा कक्षाको शुल्कमा कुरा मिल्यो । दुई जनाबीच कुरा छिनियो । कुराको यही मेसोमा नवराजसरले उसले एक दिनअघि किनेको नयाँ जुत्ता लगाएको खुट्टातिर हेरे । 

‘यो जुत्ता कतिमा किन्नुभो ?’

पैतालामा चौध गोटी भएको चल्तीको नयाँ मोडल थियो । उसले दाम बतायो । 

जुत्ताको दाम र ट्युसन फिस बराबर भयो । यो संयोगमा नवराजसर मुस्कुराएको त्यो क्षण उसले बिर्सेको छैन । उनले साँझपखको अन्तिम कक्षामा बोलाए । 

भखरै पढेर आएका, युवावयमा प्रवेश गरेका तर उसले साँच्चै खप्पिस शिक्षक फेला पारेछ; आजकालको कथनमा अग्र्यानिक भनौँ । 

पहिलो कक्षाको पहिलो दश मिनेट जति उनले परीक्षा लिए । ऊ पूर्णतः अनुत्तीर्ण भयो, शून्य अङ्क पायो अनि दोस्रोपटक आत्मसमर्पण ग-यो । 

नवराजसरले पढाउन सुरु गरे । उसको कापीमा दुई वटा समानान्तर रेखा कोरे अनि एउटा छेदकले काटे । धन्य ! उसले समानान्तर रेखा र छेदक चाहिँ चिनेको थियो । त्यसबाट बन्ने सबै किसिमका कोण र तिनको आपसी सम्बन्धका बारे सिकाए । 

किन हो कुन्नि नवराजसर नै जानून्, एउटा कक्षाका लागि निर्धारितभन्दा बढी समय उसले पायो । 

त्यस दिनको होमर्वक लिएर ऊ डेरा फक्र्यो । आफ्नो उद्देश्य पूरा हुनेमा ऊ पूरा विश्वस्त भयो । 

दुई समानान्तर रेखालाई छेदकले काटेको पाठ पाँचवटा कक्षामा पानी भयो । चतुर्भुज यही पाँच दिनमा अटायो । समानान्तर रेखा र छेदक पर्गेल्न सक्ने भएपछि चतर्भुज त बायाँ हातको खेल भइगयो । 

अब सुरु भयो त्रिकोण । नवराजसरले एउटा त्रिकोण बनाएर त्यसभित्रका सबै कोण सिकाए । त्यसपछि तिनै वटा रेखालाई एक एक गरी तन्काए अनि त्रिकोणबाहिर बनेका कोणहरूको कुरा सिकाए । त्रिकोणको यो पाठ तीन वटा कक्षामा पानी भयो । 

यसपछि नवराजसर वृत्ततिर लागे । एउटा कक्षामा उनले वृत्तसँग पूरा परिचय गराए । अर्को दिन वृत्तभित्र एउटा त्रिकोण बनाए अनि त्यसको पनि पितृ बुझाइदिए । वृत्त र वृत्तभित्रको त्रिकोणको यो कक्षा दुई दिन चल्यो । 

अब पाँच वटा कक्षा बाँकी छ । साध्य त एउटै पनि गरेको छैन । साध्य प्रमाणित गर्न तथ्य र प्रमाण केलाउनुपर्छ । नवराजसरले यी पाँच दिनमा साध्य सिकाए । ऊ तथ्य र प्रमाण पर्गेलेर साध्य प्रमाणित गर्न जान्ने भयो । 

पन्ध्र दिन पूरा भयो । उसले आफ्नो वचन पूरा ग-यो । कतै केही कन्फ्युज भए आउनु है भनेर बिदा गरे नवराजसरले । बिदाइमा उनले हात मिलाए । ऊ त्यस्ता अग्र्यानिक शिक्षकसँग हात मिलाउन पाएर दङ्ग प-यो । ज्यामिति पढ्ने उसको धोको पूरा भयो । 

परीक्षा आइगयो । अङ्कगणित र बिजगणितमा पनि ऊ गतिलो होइन । पन्ध्र दिन त ध्यान ज्यामितिमा गइगयो । अरू विषयको पनि तयारी गर्नुप-यो । 

अरू दिन झैँ गणितको दिन पनि ऊ पूरा आत्मविश्वासका परीक्षा हलमा प्रवेश ग-यो । नभन्दै उसले ज्यामितिमा कुनै पनि प्रश्न छाडेन, बरु अङ्कगणित र बिजगणितकै नछाडी भएन । तीन घण्टाको परीक्षा सकियो । ऊ पास हुने कुरामा पूरै ढुक्क भएर निस्क्यो । माघमा भएको परीक्षाको रिजल्ट आयो असारमा । गणितमा बत्तीस कटाउने आँट त उसलाई ज्यामिति ट्युसन नपढ्दै पनि थियो । आहा ! उसले त बत्तीसको दोब्बरभन्दा पनि बढी अङ्क ल्यायो र फुर्किनुसम्म फुर्कियो । चार कक्षादेखि दश कक्षाको टेस्ट परीक्षासम्ममा उसले कहिल्यै पनि गणितमा चालीस नघाएको थिएन । 

यहाँ भन्नै पर्ने अर्को एउटा कुरा छ । त्यही साल उसले ज्यामिति पढाएर केही रुपैयाँ पनि आर्जन ग-यो ! 

त्यसपछि ऊ गणितको विद्यार्थी भएन । आजसम्म उसलाई चाहिएको ज्यामितिको ज्ञानको जग त्यही हो जो नवराजसरले पन्ध्र दिनमा राखिदिएका थिए । 

स्कूल पढुन्जेल किन ऊ ज्यामितिमा त्यति बुद्धु भयो ! वास्तवमा उसले स्कूलमा ज्यामिति पढेको थियो, शिक्षकले पढाएका थिए । पढे–पढाएकोबाट उसले ज्यामितिको छेउटुप्पो भेउ पाएन । 

नवराजसरले पढाएनन्; ज्यामिति सिकाइदिए । 

उसका तिनै अविस्मरणीय नवराजसर थिए पूर्वमन्त्री गणेश शाहले उसको कार्यकक्षमा चिनाउन ल्याएका । 

केही वर्षअघिको कुरा हो । राजधानी काठमाडौंको नयाँ बानेश्वर चोकैमा ट्राफिक लाइट रातो बलेका वेला नेपाल प्रहरीका एक जना डिआइजीको गाडी बत्ती बेवास्ता गरेर हुइँकिएछ । बत्ती पार गर्नासँग गाडी रोकियो । बाबा नामका एक जना ट्राफिक स्वयम्सेवकले सिठ्ठी बजाएर गाडी रोकेका रहेछन् । 

जापानी नागरिक बाबा नेपालका अव्यवस्थित सडकमा खटेका थिए । उनले चालकसँग लाइसेन्स मागे । डिआइजीको गाडी पो त ! चालकले लाइसेन्स दिएन । डिआइजी दप्ने कुरै भएन । बाबाले मरिगए छाडेनन् । डिआइजी क्रोधले चुर भए, गाला–आँखा सबै राता–पिरा भए । 

लाइसेन्स नदिई गाडी अघि बढ्न पाएन । बाबाका लागि डिआइजी सवार गाडीले गल्ती होइन अपराधै गरेको थियो । 

यो घटनाले तहल्का नै मच्चायो । सञ्चारमाध्यमले उच्च प्राथमिकताका साथ प्रकाशन–प्रसारण गरे । 

केही दिनपछि सुनियो ती जापानी स्वयम्सेवक कसरी सडकमा पुगे भन्ने खोजी भयो । केही दिनपछि चालकलाई प्रतीकात्मक जरिवाना गराएर डिआइजीलाई जोगाइयो । यसपछि बाबा पनि सडकबाट हराए क्यारे ! 

त्यस वेला नवराजसर जापानमा अध्ययनत थिए शायद । बाबाको कामको सराहना गर्दै नवराज खतिवडाको नाममा कान्तिपुर दैनिकमा ‘आरिगातो बाबा सान’ शीर्षकको एउटा लेख छापियो । तिनै नवराजसरले लेखेका हुन् भन्ने पक्का हुन उसलाई बेरै लागेन । 

आरिगातो बाबा सान सधैँ उसको स्मरणमा ताजा छ । 

ऊ कुनै पठनसामग्री पढ्दा त्यहाँको विषयमा मात्रै ध्यान दिँदैन । प्रस्तुतिको शैलीमा उसको विशेष रुचि हुन्छ । शब्द चयन, वाक्य गठन र पदहरूको संयोजनमा ध्यान दिन्छ । 

आरिगातो बाबा सान पढेकै दिन उसले नवराज खतिवडाका थप लेख पढ्न पाउने अपेक्षा गरेको थियो । 

पूर्वमन्त्री शाहको माध्यमबाट सम्बन्ध पुनर्जीवित भयो । फोन नम्बर आदान–प्रदान भयो । 

एकदिन नवराजसर फेरि अचानक उसको कार्यकक्षमा झुल्किए । अखबारमा लेख्न इच्छुक रहेको सुनाए । ऊ प्रशन्न भयो । नवराजसरले यात्रा संस्मरण, विकास र समसामयिक सामाजिक विषयमा लेख्ने भए । 

एक दिन नवराजसरको लेख आयो इमेलमा । त्यो छापियो । त्यसपछिको संवादमा उसले एउटा होमवर्क दियो । तीन दशकअघि उनले उसलाई होमवर्क जो दिएथे । 

होमवर्कमा नवराजसरले आफ्नो गुरुकपी र अखबारमा छापिँदा कहाँ कहाँ के के फरक प-यो र त्यस्तो फरक पर्नुको कारण के हुनसक्छ भन्ने पत्ता लगाउनुपर्ने भयो । 

नवराजसले के ठाने कुन्नि ! जे पर्ला, उसले निर्धक्क यति होकवर्क दियो । उनले स्वीकार गरे । 

दुई सातापछि नवराजसर आफ्नो गुरुकपी बोकेर टुप्लुक्क आइपुगे । रातो मसीले कतै काटकुट पारेका थिए त कतै थपेका थिए । थुप्रै फरक परेको थियो, साँच्चै दुःख पो पाएछन् ! 

यस्तो फरक पर्नुको कारण बताउने हाँक पनि उनले स्वीकारेका थिए; धेरै ठाउँमा मिलाए । 

उसले क्षमायाचनाको लयमा भन्यो– यो दुःखलाई अन्यथा अर्थमा नलिनुहोला सर !

‘किन त्यसरी लिन्थेँ । यो होमवर्कले मलाई सित्तैमा कति ज्ञान दिएको छ !’

नवराजसर मख्ख परेजस्ता देखिए । 

साँच्चै उसले हृयाकुल्लाले मिचेरै यसो गरेको थियो । 

नवराजसर हिमालय टाइम्सका लेखक भए । उनका लेख बाक्लै छापिए; खासगरी शनिबार र अन्य दिन फाटफुट । 

नवराजसर कान्तिपुर दैनिकमा पनि देखिए । 

नवराजसरलाई साहित्य लेखनको रनाहा छुट्न थालेछ क्यारे ! घोष्ट राइटिङको लेखन कुञ्ज कक्षामा पुगेर विद्यार्थी भएछन् । सुनाउन त उसलाई पनि सुनाएथे तर उति ध्यान दिएको थिएन । 

अस्ति उनको ‘झोलाको बार भत्काउने अनुष्ठान’ मा युवराज नयाँघरले आफ्नो मन्तव्यमै सुनाएपछि पो उसले नवराजसरको रनाहाको पारो थाहा पायो । 

‘झोलाको बार’ नवराजसरको हालै प्रकाशित कृति हो । उनले यसलाई ‘यात्रा संस्मरण’ भनेका छन् जसमा देश–विदेश समेटिएका तीस वटा आलेख छन् । तीमध्ये केही चाहिँ हिमालय टाइम्स दैनिकले छापेको थियो जो उनले आलेखको पुछारमा जनाएका छन् । 

एक वर्षजति पछि फर्की हेरूँ । 

एक दिन नवराजसर ‘ए फोर साइजको स्टिच बाइण्डिङ’ पुस्तकाकार ‘नव नियात्रा’ बोकेर उसको कार्यकक्षमा आए । भेटको शिष्टाचारपछि नवराजसरले आफूले एउटा नियात्रा कृति प्रकाशन गर्न खोजेको र लेखेर तयार भएको बताए । 

‘सरले यसको भाषाशैली र विषयवस्तु मिहिन ढङ्गले हेरिदिनु प-यो ।’

‘आम्मै... मबाट पार लाग्छ र !’

‘लाग्छ भनेरै आएको हुँ ।’

‘यसको इलेक्ट्रोनिक कपी छैन ? त्यसको भए म कम्प्युटरमै हेरिदिन्थेँ, एक्कै पटकमा काम सकिन्थ्यो ।’

‘छ तर यसमै हेरिदिनुपर्छ, रातो मसीले सबै जनाइदिनुपर्छ ।’

‘आजकाल यस्तो चलन नै छैन ।’

‘चलन नभए पनि मेरो विचार यस्तै छ ।’

‘तेसो भए एक महिना लाग्छ, हजुरलाई मञ्जुर छ ?’

‘दुई महिना लागे पनि केही छैन ।’

‘ल, तेसो भए ठिक छ ।’

‘म उचित पारिश्रमिक टक्र्याउँछु ।’

‘म एउटा शर्त राख्छु, हजुरलाई मञ्जुर भए हेर्छु नत्र हेर्दिनँ ।’

‘.... .... .... ।’

‘होइन, तेसो नभन्नुुस् ।’

‘तेसो भए अरू कसैलाई हेर्न लगाउनु न त, यो पुस्तकका लागि मेरो शर्त त यही हो ।’

‘लौ, शर्त मञ्जुर भयो ।’

नवराजसर त्यो बाइण्डिङ प्रति छाडेर गए ।

वास्तवमा ऊ नवराजसरको यति काम गर्न पाएकोमा मख्ख परेको थियो । उसले फटाफट काम ग-यो । एक महिना नहुँदै फत्ते गरेर फोन ग-यो । 

एक–दुई दिनमै नवराजसरले डाइनिङ पार्कमा बोलाए । उनको आग्रहमा उसले भेज मःमः र क्यापाचिनो कफीमा रुचि देखायो ।

मःमः र कफीको स्वादसँगै उसले ‘नव नियात्रा’ पल्टाउँदै खट्किएका केही कुरा देखायो । केही तथ्य र कारणहरू बतायो जो आवश्यकताअनुसार उसले उल्लेख गरिदिएको थियो । उसले आफ्ना केही सुझाब दिँदै हस्तान्तरण ग-यो । 

फेरि एक दिन नवराजसरको फोन आयो । 

‘सर ! आज पाँच बजे डाइनिङ पार्कमा कफी खाऔँ न ।’

‘ओके सर !’

पाँच बज्यो । 

‘थाहा छ, मैले तपाईंलाई कम्प्युटरमा होइन, यो हार्डकपीमै हेरिदिनुस् भनेर किन भनेको हुँ ?’

‘पहिले त थाहा पाइनँ; पछि मेसो पाएँ; तपाईंको कुशाग्र बुद्धिप्रति नतमस्तक छु ।’

‘मलाई त ट्युसन भयो नि ! तो हेरेर त मैले कति कुरा सिकेँ भनेर साध्यै छैन ।’

‘भनिहालेँ नि नतमस्तक छु ।’

‘तपाईंले सिधै कम्प्युटरमा गरेको भए मैले कहाँ कहाँ के के गल्ती गरेछु भन्ने कसरी थाहा पाउँथेँ त !’

ऊ फुरुङ्ग भयो, भित्रभित्रै फुर्कियो । 

उसले क्यापाचिनो कफीको अन्तिम सुर्को लगायो र बिदा भयो । 

ऊ र नवराजसरको फोनवार्ता र भेट बाक्लै हुने गतिविधि हो । 

‘सर ! किताब के हुँदैछ ?’

‘तयारी हुँदैछ ।’

उसले वेला वेला किताब तयारीको अपडेट लिन छाडेन । 

एक दिन नवराजसरले फेरि डाइनिङ पार्कमा निम्त्याए । त्यो निम्तो किताबको अन्तिम तयारीतिरको थियो । किताब ‘नव नियात्रा’ बाट ‘झोलाको बार’ भएको उनले जानकारी गराए । उसले प्रशन्नता प्रकट ग-यो । 

फेरि एक दिन नवराजसरको फोन आयो । 

‘झोलाको बार भत्काउने साइत निस्क्यो है सर !’

‘कस्तो राम्रो कुरा ! कहिले हो त साइत ?’ 

‘असोज ४ गते शनिबार, संविधान दिवसको भोलिपल्ट ।’

‘गज्जब !’

‘ल, निम्तो यही भो, जसरी पनि आउनुपर्छ ।’

‘झोलाको बार भत्काउने’ साइत अर्थात सबैले भन्ने गरेको ‘पुस्तक विमोचन’ को दिन आयो । 

ऊ वक्ता पनि हुनुपर्ने भयो, समय तीन मिनेट । नाइँ भनेन । 

कार्यक्रमका उद्घोषक नवराजसर आफैँ छन् । सभामा अध्यक्ष छैन । अनुष्ठानका निम्तारुमा यात्रा संस्मरणमा जोडिएका पात्रहरू छन् । पुस्तकको समीक्षा छैन, लामो भाषण छैन । नवराजसर प्रत्येक संस्मरणात्मक यात्राका केही भिडियो दृश्यहरू देखाउँछन् । 

वक्ता छन् यात्रामा जोडिएका पात्रहरू । जो उपस्थितमध्ये धेरैले आफू कसरी यो यात्रा संस्मरणको पात्र हुन पुगेँ भन्ने संस्मरण सुनाउँछन् । सबैलाई समय तीन मिनेट छ । बढी समय लिनेले पाँच मिनेट लियो होला । विमोचन कार्यक्रममा पुस्तकको पात्र अगाडि उभिएर म यसरी पात्र भएछु भनेर सुनाउँदा सुन्नुको अनन्द त अर्कै पो हुँदो रहेछ ! लेखक, पात्र र पाठक एउटै मञ्चमा; गज्जब नवराजसरले जुराएको त्यो त्रिकोणत्मक संयोग । अनौठो तरिका ।

यसरी सम्पन्न भयो ‘झोलाको बार भत्काउने अनुष्ठान’ ।

पुस्तकमा कुनै षोडषीको अनुहारमा ‘मुस्कानको दुबो मौलाउँदा’ होस् कि कतै यस्तै समयमा ‘श्रीमती मनोविज्ञान प्रस्फुटन हुँदा’ होस् वा ‘मुस्कान तन्काएर गाम्भीर्यको बरफ पगाल्दा’ होस् कि नवराजसरको ‘निदाएको छैटौँ इन्द्रिय सक्रिय हुँदा’ नै किन नहोस्; झोलाको बार पढ्नुमा भरपूर मजा छ । 

पत्रिकामा देखिएकी ‘हवाई सुन्दरी’ सँग साक्षात्कार हुँदा होस् कि यात्राका सहयात्रीबीच ‘हाँसोको ज्वालामुखी विस्फोट हुँदा’ वा कुनै सुन्दरीले ‘गफको रङ्गमञ्च सम्हाल्दा’ नै किन नहोस् नवराजसरको यात्रा वर्णन सलल बगेको कञ्चन नदीजस्तो । 

असोज ४ को अनुष्ठान सम्पन्न भएपछि ऊ किताबमा डुबुल्की मार्दै अघि बढ्यो । कतै अल्झिएन, सलल बग्यो पानीजस्तै भएर ।  बिम्ब, प्रतीक र उखानटुक्काको लालित्यपूर्ण संयोजन, सरल र बोधगम्य; अड्किनु र अल्झिनु किन परोस् !

सोह्रै आना त के भन्नु ! ऊ यसो अडिन्छ र विचार गर्छ ‘बैङ्गलोर’ र ‘कनिङ्गहृयाम’ नेपाली लेख्य र उनीहरूको कथ्य एउटै हो कि होइन होला ! 

नवराजसर कतै ‘संघर्ष’ गर्छन् त कतै ‘सङ्घर्ष’ अनि कतै ‘सम्झना’ गर्छन् त कतै ‘संझना’ मात्रै । उनी कतै बेजोड ‘सम्भावना’ देख्छन् त कतै ‘संभावना’ मात्रै । यति वेला भने उसलाई खट्किनुसम्म खट्किन्छ । 

‘बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो...’ भनेजस्तो ‘धेरै ठाउँमा न को हलन्त उडेर कसरी चन्द्रबिन्दु भएछ’ भनेर ऊ पर्नुसम्म छक्क प-यो; ‘ऊहाँ’ देखेर त डङ्ग्रङ्गै लड्यो । ठाउँ कुठाउँ मनपरी ‘तर’ किन छिरेको होला भनेर पनि ऊ सोच्दो छ ।  

नवराजसरले ‘सिधै अगाडि एक फाटेको पाइन्ट लगाएकी’ युवती देख्दा र ‘युवती बसेकै लहरमा एक जना छालाको जुत्ता र ज्याकेट लगाएका नेपाली पुरुष’ र ‘दोस्रोमा एक भद्र देखिने कोरियन’ देख्दा त ऊ छक्क पर्छ । 

उसले ‘क्यामेरा रेडी कपी’ पन्ध्र दिन थन्क्याउन र त्यसपछि एकपटक धैर्यपूर्वक पढ्न सुझाब दिएको थियो । उसको सम्पर्कका लेखकलाई अक्सर ऊ यस्तै सुझाब दिने गर्छ । 

ऊ ढुक्क किन छ भने ससाना छिद्र खोज्ने ऊ र ऊजस्तालाई मात्रै कतै कतै खट्किने हो । अरू त कञ्चन ! पुस्तकमा जताततै नवराजसरको हास्यव्यङ्य र शृङ्गारिक चेत, प्रत्युत्पन्नमति र बहिर्मुखी व्यक्तित्व भव्य गोचर हुन्छ; बेजोड आनन्दका साथ । यति भएपछि नियात्राका नाममा बिहान उठेदेखि बेलुका सुत्दासम्मका पट्यारलाग्दा गन्थन किन पढ्नु परोस् !

छापावाल वा तेजाबी जे भए पनि सुन सुनै हो । 

उसले भनिसक्यो झोलाको बारमा उसको संलग्नता कति छ भनेर । अनुष्ठानमा उसले पाएको तीन मिनेट भरपूर उपयोग ग-यो अनि ‘झोलाको बार’ मा पाठकले देख्ने दोषको केही भागिदारी पनि स्वीकार ग-यो । 

बधाई छ नवराजसर ! 

ऊ अर्को कुनै ‘बार’ भत्काउने दिनको प्रतीक्षा गर्छ ।

Views: 1087

सम्बन्धित सामग्री: