A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | कांगे्रसमा महाधिवेशन जरुरी
15th August | 2020 | Saturday | 5:09:09 AM

कांगे्रसमा महाधिवेशन जरुरी

सुधीर नेपाल   POSTED ON : आश्विन १५, २०७६ (११:१९ AM)

कांगे्रसमा महाधिवेशन जरुरी

देशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अहिले दोस्रो जागरण अभियान सकिएको छ । पहिलो जागरण अभियानबाट अपेक्षित परिणम प्राप्त नभए तापनि दोस्रो जागरण अभियानले कार्यकर्ताहरूको मनोबल केही माथि उठाएको छ । कांग्रेसको भित्री तहमा भने यसलाई हात्तीको चपाउने दाँतको रूपमा हर्ने गरिएको छ । सधैँभरि आपसी द्वन्द्व र कलहमा लपेटिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस्ता समस्याबाट सहज पार पाउने सम्भावना क्षीण हुँदै गएको छ । देशमा प्रजातन्त्रको उदयसँगै सबैभन्दा बढी समय राष्ट्र हाँकेको र सबैभन्दा पुरानो दल अहिले निकै खुम्चिँदै गएको छ । 

यसको ज्वलन्त उदाहरण हो अहिले नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको सतहमा आएको आपसी राजनीतिक द्वन्द्व । नेपाली कांग्रेसमा छरपष्ट भएर बसेका युवाहरूको जमातलाई एकीकृत गर्ने उद्देश्य राखेर स्थापना गरिएको तरुण दलले धेरै नेताहरू जन्माइसकेको छ । तरुण दलको पूर्वअध्यक्ष बालकृष्ण खाँड अहिले प्रमुख प्रतिपक्षी दलको नेता छन् । यो त एउटा उदाहरणमात्र हो । नेकपाले युथ फोर्स खोलेर पुनस्र्थापित प्रजातन्त्रलाई नै बिथोल्न खोजेपछि युथ फोर्सको अराजकतालाई नियन्त्रण गर्न बराबरीको शक्तिका रूपमा तरुण दल पुस्र्थापित भएको थियो । 

विवादको घेरामा खासै नतानिने तरुण दलको भित्रभित्र पाकिरहेको खिचडी अहिले उम्लिएको छ र त्यो सतहसम्म पुगेर पोखिएको छ । यो तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीचको व्यक्तिगत र पक्षगत विवाद हो । एक आर्कालाई कारबाही गरेर जगत हँसाउने जुन काम गरिएको छ यो कांग्रेसका लागि हितकर छैन । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको नेता हुँदैदेखि विनाअधिवेशन बस्नेतलाई अध्यक्ष बनाएका थिए । माउ संगठन अर्थात् नेपाली कांग्रेसको विवाद एकातिर छँदैछ भने त्यसमा अब थपिएको छ तरुण दलको विवाद पनि । साप्रोमाथि पिँडो थप भनेझैँ तरुण दल त एउटा उदाहरणमात्र हो । नेपाली कांग्रेसको हरेक भ्रातृ संस्थाको हालत उस्तै छ, सबैमा विवाद छ र सबैमा दुई वा सोभन्दा बढी खेमा छन् ।

कम्युनिष्ट सरकारको गिर्दो लोकप्रियताको फाइदा लिनुपर्ने अवस्थामा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफैँ पार्टीगत विवादमा रुमलिन थालेको छ । चरम भ्रष्टाचारले आक्रान्त नेकपाको सरकार अलोकप्रियताको ओरालो लागेका बेलामा पनि फाइदा लिन नसक्नु नेपाली कांग्रेसका लागि विडम्बनै मान्नुपर्छ । माथिल्लो दर्जाका नेताहरूको व्यक्तिगत स्वार्थका मारमा पार्टीदेखि यसका भ्रातृ संगठनहरूसमेत परेका छन् । 

तेह्रौँ महाधिवेशनको साढे तीन वर्ष बितिसक्दा पनि पार्टीका विभिन्न विभागदेखि लिएर कुनै पनि निकायलाई पूर्णता दिइएको छैन । जुन पार्टी सभापति देउवाद्वारा देखाइएको अकर्मण्यता हो । देउवाले पार्टीको बागडोर सम्हालेयता कांग्रेस विवादमुक्त छैन । केन्द्रीय तहदेखि सुरु भएको विवादको प्रभाव देशका सम्पूर्ण जिल्लाहरूदेखि वडास्तरसम्ममा परेको छ । यसैगरी नेपाली कांग्रेसका शुुभेच्छु संस्था अन्य भ्रातृ संस्थाहरू जस्तै नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन अवस्थामा छ । नेपाल विद्यार्थी संघमा लगाइएको उमेर हदबन्दीले गर्दा विद्यार्थी संघलाई ठूलो मार परेको कुरा विद्यार्थी संघको राजनीतिमा लाग्नेहरूकै अभिव्यक्तिबाट सार्वजनिक हुँदै आएको छ । 

नेपाल विद्यार्थी संघको विवाद बाहिरी सतहमा नआए पनि भित्री रूपमा भुसको आगो जसरी धुवाइरहेको छ । अहिले यसको विवादले निकासा पाइरहेको छैन । विवादका कारण प्राय कलेजहरूमा विद्यार्थी संघले आफ्नो सक्रियतालाई प्रष्ट रूपमा बाहिर ल्याउन सकेको छैन । यसको असर कुन रूपा कसलाई पर्छ त्यो केन्द्रीय नेतृत्व अर्थात् यसको माउ पार्टीले सोच्नुपर्ने हो । तर, नेपाली कांग्रेसमा त्यो परिपाटीको विकास अहिलेसम्म हुन सकेको छैन । एउटा सिंगो पार्टीका रूपमा एक ढिक्का हुने परिपाटी र प्रवृत्ति यो पार्टीमा यसको स्थापनादेखि अहिलेसम्म पनि विकार हुन सकेको पाइँदैन । 

हाल आधा दर्जनभन्दा बढी शुभेच्छु संस्थाहरू नेपाली कांग्रेसको भ्रातृ संगठनको दाबी गरिरहेका छन् तर भइरहेका भ्रातृ संगठनहरूले समेत विधानले दिएको अधिकार प्रयोग गरेर अधिवेशन गर्न सकेका छैनन् । कांग्रेसको यो भद्रगोल अवस्थाका कारण कांग्रेसका शुभचिन्तकहरूमा चरम निरासाको बादल छाएको छ । तर नेतृत्व पंक्तिलाई यसको कुनै पर्वाह भइरहेको जस्तो देखिएको छैन । आफ्नो व्यक्तिगत स्वार्थमा रमेको नेतृत्व वर्गका कारण आज कांग्रेसले यो अवस्था झेल्नुपरेको छ । यो कुरा कांग्रेसका शुभचिन्तक र विश्लेषकहरूले बताउने गरेका छन् । दोस्रो चरणको जागरण अभियान सुरु भयो र समापन पनि भयो तर परिवर्तनको आभाष तल्लो तहका नेता र कार्यकर्तामा हुन सकेको पाइएको छैन । 

कांग्रेसको अहिलेको चाहना भनेको नेतृत्व परिवर्तनका लागि सक्दो छिटो महाधिवेशन हो । कांग्रेस विश्लेषकहरूको भनाइ अनुसार जबसम्म कांंग्रेसमा शुद्धीकरणको अभियान चलाइँदैन र पार्टीमा पुरानै नेतृत्व हावी भइरहन्छ नेपाली कांग्रेसले परिवर्तनको ढोका खोल्ला भन्नु अन्यथामात्र हुनेछ । जसरी तरुण दलको राजनीतिक कलह बाहिर आयो यो अवस्था अन्य भ्रातृ संघमा नआउला भन्न सकिँदैन् । त्यसैले कांग्रेसलाई साच्चै जीवित राख्ने हो भने आगामी महाधिवेशनका लागि ध्यान केन्द्रित गर्नुपर्ने अवस्था आइसकेको छ । 

यसका लागि कांग्रेसको विधान संशोधन पनि एकदमै जरुरी भइसक्यो । कांग्रेसमा देखिएको एकाधिकारवादी प्रथालाई हटाउनु पनि जरुरी देखिन्छ । संगठन चल्ने विधि विधानअनुसार हो । यही विधि विधानको भावनालाई अहिलेको नेतृत्वले बेवास्ता गरेका कारण नै यो अवस्था आएको हो । त्यसैले साच्चै कांग्रेसलाई जोगाउने हो र कांग्रेसका संगठित कार्यकर्ताको भावनाको कदर गर्दै कांग्रेसलाई पहिलेकै अवस्थामा ल्याउने हो भने नयाँ नेतृत्वको आवश्यकता भइसकेको छ । यही नेतृत्व हावी भइरहेको खण्डमा भोलिका दिनमा कांग्रेसको अवस्था नेपाल प्रजा परिषद्को जस्तै नहोला भन्न सकिँदैन ।


Views: 132

सम्बन्धित सामग्री:

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: site/single.php

Line Number: 81

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/views/frontend/site/single.php
Line: 81
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/core/MY_Controller.php
Line: 38
Function: view

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 87
Function: loadView

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once