A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | महामहिमको आगमन ऐतिहासिक
29th September | 2020 | Tuesday | 3:19:36 PM

महामहिमको आगमन ऐतिहासिक

कालिदासबहादुर राउत क्षेत्री   POSTED ON : आश्विन २८, २०७६ (१०:२६ AM)

महामहिमको आगमन ऐतिहासिक

नेपालमा बहुदलीय प्रणाली पुनस्र्थापना भएलगत्तै सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए । त्यतिबेला नेपालमा राजसंस्था जीवितै थियो । ई.२००७ मा नेपालबाट राजसंस्था सदा सदाका लागि अन्त्य भयो । गणतन्त्र स्थापनापश्चात् विश्वकै सर्वशक्तिमान् व्यक्तित्व तथा चीनका महामहिम राष्ट्रपति सी चिनफिङले राष्ट्रप्रमुखको हैसियतबाट नेपालको राजकीय भ्रमण हालै गर्नुले यो आगमनको ऐतिहासिक महŒव रहेको छ । अर्को संयोग कस्तो परेको छ भने चीनका राष्ट्रपति भारतको चेन्नई (तमलिनाडु) पुगिरहँदा बेइजिङबाट गन्तव्यतर्फ उडान हुनुपूर्व फिङलाई भेट्न पाकिस्तानका प्रधामन्त्री इमरान खान पनि चीन पुगे । 

नेपाल राष्ट्र पुनः एकीकरणका नायक पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगाबीचको तरुल भनेजस्तै दुई महाशक्तिबीचको तानातानमा पर्दै आएकोले नेपालले छिमेकीबीच बराबरको सन्तुलित सम्बन्ध परापूर्वकालदेखि राख्दै आएको छ । पञ्चशीलको सिद्धान्तको अतिरिक्त असंलग्न नीति पनि नेपालले अख्तियार ग¥यो । छिमेक सम्बन्धमा तथा वैदेशिक नीतिमा फ्रेन्च एवं अंग्रेज शासन कालमा बाहेक नेपाल सधैँ सफल छ । फिङले नेपालले भूपरिवेष्ठितको अनुभूति गर्नु पर्दैन भन्नाले पनि आगमन ऐतिहासिक बन्यो । चीनमा कम्युनिष्ट शासनका संस्थापक नेता माओत्से तुङपश्चात् चीनको आर्थिक समृद्धि तथा विकासको शिलान्यास नेता देङ स्याओ पिङको खुला नीति कार्यकालमा भएकोले यिनको नाम आउँछ । विश्वमा एक अर्कासँगको सम्बन्ध व्यापारसँग मुख्यतः जोडिएको परिप्रेक्ष्यमा चीन महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिरहेको कालखण्डमा बीआरआई जस्तो बृहत् आयोजना र वर्तमान आर्थिक विकासलाई मानिरहँदा आजीवन राष्ट्रपति सी चिन फिङको नाम अग्रस्थानमा आउँछ । कुनै पनि नीति विचारको परिणति के रहृयो भनेर मूल्यांकन गरिन्छ । चीनमा तुङ, पिङ र फिङको नाम प्रायः चर्चित छ । एकदलीय तथा नियन्त्रित व्यवस्था चलिरहँदा चीनमा मानव अधिकारमात्रै होइन पर्यावरण र सनातन संस्कृति प्रविधिको विनाश भएकाले त्यसको संवद्र्धन प्रवद्र्धनका निम्ति पनि सी विचारधारा चीनमा आधिकारिक रूपमा प्रयुक्त छ ।

क्यालोरीयुक्त खाना सन्तोषपूर्वक खान नपाउने चीनका विपन्न नागरिकले कडा मेहिनताका साथ चीनमा चमत्कारी विकास गरेअनुरूपको बेइजिङको तियानमेन टँुडिखेलमा कम्युनिष्ट शासन चीनमा स्थापनाको सत्तरीऔं वार्षिकोत्सव १६० हवाइजहाज आकाशमा एकसाथ उडाएर अनि लाखौँ सेनालाई परेडमा उतारेर अन्य चमत्कारी कार्यक्रमका साथ भव्यतापूर्वक सम्पन्न गरेको अवस्था पनि छ । काठमाडौंमा राष्ट्रपति फिङको आगमन कालमा पहिलो सुरक्षा घेरामा चिनियाँ सेना, दोस्रोमा नेपाली सेना, तेस्रोमा नेपाल प्रहरी र चौथोमा सशस्त्र प्रहरीले स्कर्टिङ गर्नुका अतिरिक्त सम्बन्धित निकायका गुप्तचर सञ्जाल सक्रियरूपमा सञ्चालन भएर उनको राजकीय भ्रमण सम्पन्न भएको छ ।

विकसित देशले चीनसँग त्रास लिएको परिप्रेक्ष्यमा चाइना एण्ड वल्र्ड इन द न्यू इरा शीर्षकको स्वेतपत्रमा स्टेट काउन्सिल इनफर्मेसन अफिसले चीनको अन्तराष्ट्रिय दृष्टिकोणका सम्बन्धमा बोलेको छ । विगतको पुरानो चीन अविकसित तथा विपन्न थियो । सम्पूर्णरूपले चीन अब सर्वशक्तिमान भैसकेको छ । नयाँ सुधार प्रक्रियामा चीन जाँदैछ भन्ने सम्बन्धमा कम्युनिष्ट देशबाट पश्चिम मोडलतर्फ अघि बढ्दै छ कि भन्ने आशंका गरेका छन् तर चीनले कसैको नक्कल गर्दैन, आफ्ना चिनियाँ चरित्रको चिनियाँ मोडललाई नै निरन्तरता दिइरहन्छ । स्वेतपत्रले विश्वप्रतिको चीनका प्रतिबद्धताहरू झल्काएको छ । चीनको उदयका कारण सिर्जित भय र स्तब्धतालाई यसले निवारण गर्छ । गणतन्त्र चीन स्थापना पछिका ७० वर्षमा ३ वटा विषय मुख्यतः स्थापित भएका छन्, ती हुन् ः 

(१) आफ्नै स्वतन्त्र प्रयासले देश निर्माणका लागि कडा परिश्रम गर्नु । (२) आपसी फाइदा महसुस गरेर साझेदारी गर्नु । (३) सर्वोच्चताको खोजी कहिल्यै नगर्नु । 

यी तीनवटा कुरालाई हृदयांगम गरेकाले चीनले उन्नतिको शिखर चुम्यो । चीन जति शक्तिशाली बन्छ उसले विश्वमा शान्ति र विकासको प्रवद्र्धन गर्न उत्तिकै महŒवपूर्ण भूमिका निभाउँछ । तदनुरूप के विश्लेषण गर्न सकिन्छ भने भारत, चीन र रूसबीचको त्रिकोणात्मक सम्बन्ध विस्तार भयो भने अवश्य पनि संसारको राजनीति शक्तिकेन्द्र यसैको वरिपरि घुम्नेछ । संसारको राजनीतिक शक्तिको चक्र घुम्ने क्रममा फ्रान्सको राज्यक्रान्ति युरोपको औद्योगिक क्रान्ति, प्रथम र दोस्रो विश्वयुद्धले उपनिवेस र दासत्व युगलाई मानव युगमा बदल्यो । 

यसपछि सार्वभौम देशहरूको पुनर्जन्म भयो । सामन्तियुग मानवयुगमा रूपान्तरण भयो । विश्व युद्धपछि राजनीतिक आस्थाका आधारमा साम्यवाद र पुँजीवाद गरी दुई ध्रुवमा बाँडेर संसारलाई शीतयुद्ध कालीन अर्धसामन्ति अवस्थामा ढाले । धनी देशहरूले संसारलाई हतियार र बम हमलाको त्राशमा राखे । यसले कोरिया, भियतनाम, जर्मनी, भारत, मध्यपूर्व आफ्रिका, चीनलगायत देशलाई टुक्¥यायो । अमेरिका झन् शक्तिशाली बनेकाले सोभियत संघ खण्डहर भएर रूस नामक देशमात्र कायम रहृयो । एकल ध्रुवीय विश्व राजनीतिमा गिरावट आएजस्तो देखिनासाथ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाहरूले हमला गरेपछि संसारको राजनीतिमा दुई घटनाले स्थान लिएका छन् । 

पहिलो, विश्व आतंकवादमा नयाँ तरिकाले सुरुवात र दोस्रो अमेरिकी शक्तिको ह्रास । संसारमा आतंकवादको वृद्धि भयो । गैरसैनिक सामग्रीलाई सैनिक प्रयोगमा लगाई जनधनको क्षति गर्ने कलाको प्रयोग पनि परम्परागत तरिका र साधनले आतंकवादमा कुनै बन्देज राखेन । समकालीन दिनहरूमा राज्यविहीन शक्तिहरू र आन्तरिक द्वन्द्वको जगजगी हुनुमा ९ र ११ सेप्टेम्बर को नजिरले काम गरेको छ । अर्कोतर्फ अमेरिकाले वार एण्ड टेरर घोषण गरी अफगानिस्तान र इराक विरुद्ध हमला ग¥यो । सिरिया, लिबिया, टर्की, हाइटी, क्युवा, भेनेजुयला, उत्तरकोरिया, साउथ चाइना सी युक्रेनलगायत अमेरिकी रणनीतिले यसलाई एक्ल्याउँदै लगेको छ । एसिया र युरोपबाट आलोचित हुँदै अमेरिका विश्व राजनीतिबाट टापु बन्दै छ । 

चीनका राष्ट्रपतिको नेपालमा आगमनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीपी) बीच सम्पन्न प्रशिक्षणसँगै भएका सम्झौताले मुलुकको राजनीतिलाई तरंगित बनायो । भारत र पश्चिमा मुलुक पनि सशंकित भएका छन् । असंलग्न परराष्ट्र नीतिविपरीत नेपाल अब चीनतिर ढल्कियो भन्ने फरेब अनुशिक्षण लिएकाले गरेका छन् । २३ प्रतिशत नेपाली निरपेक्ष गरिबीको रेखामुनि छन् । नेपाली कांग्रेसले नेपालमा पुँजी उत्पादनको स्रोत फेरियो, समाजको सोच फेरियो, कम्युनिष्ट नेता आफैँ फेरिए तर उनीहरूको दस्ताबेज फेरिएन भन्ने आरोप छ । सी विचार धारा नेपालमा लागू गरियो भने नेपाल खतरा उन्मुख हुन्छ भन्ने प्रतिक्रिया छ ।

चिनियाँ कम्युनिष्ट पार्टीसँग ६ बँुदे यस्तो समझदारी भएको छ । (१) उच्च स्तरीय भ्रमण (२) कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि (३) पार्टी पार्टीमा अनुभव आधारित सहयोग आदान प्रदान (४) युवा र स्थानीय मुखियाहरूबीच भ्रमण आदान प्रदान (५) जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था र सञ्चारमाध्यम) अभिवृद्धि (६) विचार, सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन आदि ।

राष्ट्रपति सी चीन फिङले चीन र नेपालको सम्बन्ध झन् प्रगाढ हुने उद्घोष गरेका छन् । हिमाल, पहाड, तराई र नदीले जोडिएको समस्यारहित युगौँ पुरानो सम्बन्ध इतिहास, भूगोल, धर्म र संस्कृतिको जगमा उभिएको सम्बन्ध छ । भारतले ठूल्दाइ र सानोभाइको जस्तो सम्बन्ध भनेको ठाउँमा चीनले असल दाजुभाइको जस्तो सम्बन्ध भनेको छ । चीनमा नियन्त्रणमुखी कम्युनिष्ट शासन छ, नेपालमा भने आवाधिक निर्वाचित कम्युनिष्ट शासन छ, यसर्थ सिद्धान्त र नाम मिले पनि चाहेजस्तो राजनीतिक स्थायित्व आएको छ । एमाले माओवादी एकता भएर एउटै पार्टी बनोस् भन्ने चाहनाले मूर्तरूप लिएको अवस्था छ । व्यक्तिगत सम्बन्ध झन् प्रगाढ बन्ने देखिन्छ । कुनै कारणवश काठमाडौंमा राजनीतिक नेतृत्व फेरिए तापनि नीतिगत निरन्तरता कायम रहनेमा बेइजिङले विश्वास लिएको छ । यस्तो अवस्थामा राष्ट्रपतीय तहबाट गरिने सम्झौताको कार्यान्वयन दुर्घटनामा नपर्ने बेइजिङको अपेक्षा छ । नेपालका अगुवा कम्युनिष्टलाई सी विचारधारबाट समेत प्रशिक्षित गराइसकेको छ । राष्ट्रपति सीको काठमाडौंमा आगमन नेपालको राजनीतिक अनुकूलताको कारणमात्र नभई भूराजनीतिक आवश्यकताबाट समेत निर्देशित छ । अमेरिकाले इन्डोप्यासिफिक स्टाटेजी ल्याएपछि नेपाल त्यसतर्फ ढल्केला कि भन्नेमा चिनियाँहरूको चासो छ । त्यसैले त्यस्तो हुन नदिन चीनले पहल गर्नुपर्नेमा उनीहरू सचेत छन् । 

चीनले आफ्नो आर्र्थिक एवं सामरिक महŒवकांक्षालाई वेल्ट एण्ड रोड इनिसिएटिभ (वी आर आई) को रूपमा संगठित गरेको छ । यो आईपीएसलाई लिएर चीन र अमेरिकाबीच खटपट सुरु भएको छ । राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चारवटा प्राथमिकता सूत्रबद्ध गरेका छन् । ती हुन् ः रणनीतिक सम्बन्ध प्रगाढ बनाउने, आर्थिक सहकार्य बढाउने, जनस्तरीय सम्पर्क विस्तार गर्ने र सुरक्षा क्षेत्रमा सहयोग सुदृढ पार्ने । यसका निम्ति छुट्टाछुट्टै विस्तारित प्रयत्न भइरहेका छन् । अनुदानमा विभिन्न १८ वटा सम्झौता सहमति भएका छन् जसमा रेलमार्ग र सुरुङहरूसमेत परेका छन् । यी सबै कारणबाट महामहिम राष्ट्रपतिको आगमनलाई ऐतिहासिक मान्नुपर्छ ।


Views: 179

सम्बन्धित सामग्री: